Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

पाल्पा, ३० माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा पाल्पाको रानीमहलमा आयोजना भएको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्बोधन गर्दै उनले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताएका हुन्। ‘लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरु अघि बढेका छन् । तर, केही योजनाहरु अपेक्षित रुपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ’,उनले भने,‘ यी समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ।’ बुटवल–नारायणघाट सडकखण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरु छिटो सम्पन्न गर्न प्रदेश तहबाट पहल…

Read More

धनुषा, ३० माघ । धनुषामा कुटपिटबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकनन्दनी गाउँपालिका-५ को ६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्याको आरोपमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई पक्राउ गरिएको छ । मंगलबार राति घरायसी विवादको क्रममा झगडा हुँदा बुहारीले सासुलाई कुटपिट गरेको आरोप छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

Read More

काठमाडौ, २९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख (मेयर) मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मेयर बस्नतेले आठ करोड ६९ लाख ८७ हजार एक सय पाँच रुपैयाँको भ्रष्टाचार गरेको भन्दै अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्वको बस्नेतको परिवारका सदस्यका नाममा विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारी संस्थामा रहेका खातामा सुरु मौज्दात बापतको रकम, पारिश्रमिक, दैनिक भ्रमण भत्ता लगायत निजका एकाघर परिवारका सदस्यको कुल आय १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ रहेको छ। आयोगका अनुसार बस्नेतको सोही…

Read More

काठमाडौं, २९ माघ । काठमाडौंस्थित धरहरा अवलोकनको समय एक घण्टा थप गरिएको छ । पुनर्निर्माण पश्चात् गत मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो। माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत एक करोड ५२ लाख राजस्व संकलन भएको छ । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४…

Read More

काठमाडौ, २९ माघ । काठमाडौको कमलपोखरीस्थित सान्दार मःम पसलमा आगलागीमा घाइते भएका दुई कामदारको मृत्यु भएको छ। सोमबार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा रबिन राईको र मंगलबार विहान भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत बिहीबार ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

Read More

कैलाली, २९ माघ । प्रहरीको चितुवाको छालासहित युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३ मेल्टाका २६ वर्षीय नरेश साउद रहेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोली गएराति धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित मिलनसार होटेलको कोठाबाट चितुवाको छालासहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट एक थान चितुवाको छाला बरामद भएको र उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Read More

कपिलवस्तु, २९ माघ । घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । गत कार्तिक २७ गते अख्तियारको बुटवल टोलीले जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुलाई दोषी ठहर गर्दै कैद र जरिवना सजाएको फैसला गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले क्लिक लुम्बिनीलाई बताए । उनका अनुसार इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर…

Read More

वासिङटन डिसी, २९ माघ। अतिवादी समूह हमासले बन्धकहरुको रिहाइ रोक्ने घोषणासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरुलाई रिहा नगरे युद्धविरामको सम्झौता रद्ध गर्ने बताएका छन् । ट्रम्पले शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई गर्नका लागि समयसीमा तोकेका छन् । तर समयसीमा शनिबार दिउँसो १२ बजेको हो कि मध्यरात १२ बजेको भन्ने विषयमा स्पष्ट छैन। ट्रम्पले गाजा युद्धविरामको लागि आफ्नो तर्फबाट समयसीमा तोक्दै भने, ‘यदि शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने सम्झौता रद्द गरिनेछ। सबै बाटोहरू बन्द हुनेछन्। विनाश सिर्जना हुनेछ।’ समयसीमामा बन्धक रिहाइ नगरे के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै राष्ट्रपति ट्रम्पले भने,‘तपाईंले थाहा पाउनुहुनेछ र तिनीहरूले पनि थाहा…

Read More

बझाङ, २९ माघ। नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि आक्रमण गरिएको छ । पीडितका अनुसार गएराति विनोद कठायतको समूहले देविस्थान नामक होटलमा चक्कु प्रहार गरेर घाइते बनाएको हुन् । चक्कु प्रहारले सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

Read More

भैरहवा, २८ माघ । सिद्धार्थनगर नगरपालिकाको हिउँदे सभाको १७ औं अधिवेसनबाट दुईवटा विधेयक पारित भएको छ । पालिकाको अधिवेसनबाट प्राविधिक कर्मचारी व्यवस्थापन विधेयक र नगरको शिक्षा ऐन २०७४ लाई प्रथम संसोधन विधेयक पारित भएको हो । सोमबार भैरहवा स्थित गणतान्त्रिक सभागृहमा भएको सभामा सभाअध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रगति विवरण सहित दुइवटा विधेयक सभामा प्रस्तुत गरेका थिए । छलफल पछि विधेयक पारित भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । विधेयक पारित भएसँगै सिद्धार्थनगरलाई प्राविधीक कर्मचारी करारमा राख्न बाटो खुलेको छ । विधेयकमा करार तर्फ ईन्जिनियरिङ्ग, कृषी, पशु, स्वास्थ्य तथा प्राविधीक तर्फ अन्य…

Read More