Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २६ मंसिर । पश्चिम नेपाल बस व्यवसायी समितिद्धारा संचालित रोयल स्टार कम्पनीले बेलहिया–काठमाडौं–बेलहिया एसी बस सेवा सुरु गरेको छ । विगत एक वर्षदेखि बेलहिया बेलहिया–काठमाडौं–बेलहिया रात्रीकालिन सेवा दिदै आएको कम्पनीले मंगलबारदेखि सोही रुटमा दिवासेवा पनि सुरु गरेको हो । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यसको प्रवेशद्धारको रुपमा रहेको भैरहवालाई काठमाडौंसँग जोड्नका लागि उक्त रुटमा एसी बस सेवा गरिएको कम्पनीका संचालक सितल घर्तीले बताए । ‘सबै पर्यटक हवाई यात्रा पनि गदैनन् र यो दुवै पर्यटकीय स्थल पनि हो’,उनले भने, ‘भैरहवा–लुम्बिनीका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पनि हामीले रात्री र बिहानको सेवा थालेका हौं ।’ यसले यस क्षेत्रको पर्यटन…

Read More

भैरहवा, २५ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीद्धारा आयोजित लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परिक्षण गर्न सुरु गरिएको छ । महोत्सवस्थलमा मंसिर २७ गतेसम्म निःशुल्क माटो परिक्षण हुने बताइएको छ । हाल खेतबारीमा बढ्दो रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । जसकारण कृषि उब्जनीसँगै विभिन्न समस्याबाट कृषकहरु ग्रसित छन् । ‘कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगले उब्जनीको कमीले किसानहरुले चाहेको जति उब्जनी बढाउन सकेका छैनन्’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अब के गर्ने? कसरी गर्ने? भन्ने विषयको पनि केहीलाई जानकारी छैन । जसकारण पनि हामीले महोत्सवमा माटो परीक्षण शिविर संचालनमा ल्याएका हौँ ।’ सबै किसानहरुको…

Read More

भैरहवा, २५ मंसिर । नेपाली कांग्रेस रुपन्देहीले सय दिने विषेश राष्ट्रिय अभियानका लागि जिल्लाका सबै वडामा प्रतिनिधि खटाएको छ । जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय पालिका र वडा सभापति तथा कार्यसमितिसँग समन्वय र परामर्श गरी प्रतिवेदन तयार पार्न प्रतिनिधि खटाउने निर्देशन बमोजिम जिल्लामा पनि प्रतिनिधि खटाइएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार आगामी पुस ७ गते भित्र प्रतिवेदन ल्याउने गरी जिल्लाका १ सय ५५ बटै वडामा प्रतिनिधि खटाइएको छ । महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति र जिल्ला सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाइएको नेपाली कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए । प्रतिनिधिहरुले…

Read More

भैरहवा, २५ मंसिर । भैरहवाको पक्लिहवास्थित पक्लिहवा कृषि क्याम्पसमा ‘युवा रेडक्रस सर्कल’ को साधरणसभा तथा अधिवेश सम्पन्न भएको छ । सर्कलको साधरणसभा तथा अधिवेशनबाट सूचना थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा रणसिंह सुवेदी, सचिवमा भुवन ओढ, सह-सचिवमा कस्मिला राना, कोषाध्यक्षमा दिपक कुमार कान्दु, सह–कोषाध्यक्षमा सुदिप कुमार चौधरी र सदस्यहरुमा अस्मिता के.सी., शान्ति बोगटी, रामचन्द्र पन्त, तृप्ती भण्डारी र अपेक्षा प्रधान रहेका भएका छन् । ‘युवा रेडक्रस सर्कल’ पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष नरेश उपाध्यायको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख आतिथ्यता नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी…

Read More

भैरहवा, २५ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ सुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ भोलि (बुधबार) देखि भैरहवाको पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा खेलकुद महोत्सव सुरु हुने भएको हो । परिवारको यो खेलकुद महोत्सव २३ औं संस्करण हो । सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष बसन्त पाण्डेले विद्यार्थीहरुको शारिरीक र मानसिक विकासका लागि तथा उत्कृष्ट विद्यार्थीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउनका लागि यो खेलकुद महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवमा १ हजार ३ सय विद्यार्थी सहभागी हुनेछन् । ३० जना कर्मचारीको रुपमा परिचालन गरिएको…

Read More

भैरहवा, २५ मंसिर । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले छनोट गरेका प्रहरीहरु दीक्षित भएका छन् । स्थानीय सरकार संचालन ऐन अन्तर्गतका कानुन कार्यान्वयनका लागि नगरपालिकाको कार्यालयले भर्ना अह्वान गरी एक प्रहरी सहायक निरीक्षक र १४ जना जवान गरी छनौट गरेको १५ जना प्रहरीहरु दीक्षित भएका हुन् । छनौट भएका प्रहरीलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे. क्वा., रुपन्देहीले काम, कर्तव्य र अधिकार, अग्नी नियन्त्रण, आपतकालिन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सभा समारोह व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, बडिगार्ड ड्रिल लगायतको एक महिना आधरभूत तालिम प्रदान गरेको छ । जसपश्चात मंगलबार उनीहरु दीक्षित भएका हुन् । त्यसअघि उनीहरुले…

Read More

भैरहवा, २४ मंसिर । स्थानीय उत्पादनको प्रबद्र्धन, एकअर्काबीच अनुभव आदानप्रदान, लगानीको वातावरण सिर्जना र पर्यटकीय विकास तथा प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी सम्बन्ध कायम गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा भैरहवामा आयोजित ९औं लुम्बिनी राष्ट्रिय महोत्सवको अवसरमा निजी क्षेत्रका प्रभावशाली दुई संस्थाबीच मितेरी साइनो गाँसिएको हो । यसले दुबै जिल्ला र प्रदेशका उद्योगी–व्यवसायीहरुका साथै सर्वसाधरणलाई समेत फाइदा पुग्ने अपेक्षा राखिएको छ । सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षसहितको टोली महोत्सव अवलोकनको लागि भैरहवा आएको अवसरमा मितेरी साइनो गाँसिएको थियो । रुपन्दही र सुर्खेतको प्रवद्र्धन र आत्मियता बढाउनका लागि समेत यसले…

Read More

काठमाडौ, २४ मंसिर । नेपाली कांग्रेसले बीआरआई अन्तर्गतको सहमति अन्तर्गत परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने बताएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको ठहर गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङमा भनेर सहमति भएको भन्दै त्यसअन्र्तगत पनि अनुदानबाट परियोजना सञ्चालन गर्न सकिने बताए । ‘बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ भनेर सहमति भयो भन्ने कुरा आएको छ’, डा.महतले भने, ‘त्यसभित्र पनि अनुदान हुन्छ…

Read More

काठमाडौं, २४ मंसिर । राजस्व चुहावट तथा कर छलीलाई न्यूनीकरण गर्न बजार अनुगमन र गस्ती परिचालनमा जोड दिएर नक्कली/झूटो कारोबारलाई नियन्त्रण गरिने भएको छ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच भएको अन्तर विभागीय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो। आन्तरिक राजस्व विभागमा भएको उक्त बैठकले राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विविध विषयमा गम्भीर छलफलसँगै उक्त निर्णय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरेको छ। जसअनुरुप अब उक्त निर्णय कार्यान्वयन भएमा नक्कली तथा झूटो कारोबारलाई नियन्त्रणमा आउने भएका छन्। विभागका अनुसार सामान्य तथा आर्थिक रुपमा कमजोर मानिसलाई प्रलोभनमा पारी उनका नाममा व्यवसाय दर्ता गरी कारोबार गर्ने र…

Read More

भैरहवा, २४ मंसिर । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवाप्रदान गर्दै आएका तीन विदेश वायुसेवा कम्पनीहरुले उडान स्थगन गर्ने तयारीमा छन् । भैरहवामा बाक्लो हुस्सुसहितको खराब मौसमका कारण देखाउँदै विमानस्थलबाट सेवा प्रदान गर्दै आएको जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान स्थगनको तयारी गरेका हुन् । यी तीनसहित कतार एयरवेज र नेपाल एयरलाइन्सले पनि विमानस्थलबाट सेवा दिदै आएकोमा गत मंसिर १५ गतेसम्ममात्र उडान अनुमति लिएको कतार एयरवेजले पनि पुनः उडान अनुमति नलिदाँ उसको सेवा रोकिन पुगेको छ । यहाँबाट भैरहवा–कुबेत उडान गरिरहेको जजिरा, दुबई उडान गरिरहेको फ्लाई दुबई र थाइल्याण्ड उडान गरिरहेको थाई एयर एशियाले खराब मौसमलाई कारण देखाएका…

Read More