


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२ मंसिर । ट्राभल व्यवसायीहरुको साझा संस्था नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र बहादुर थापा निर्वाचित भएका छन् ।संस्थाको १५ औँ साधारसभा तथा अधिवेसनबाट थापा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार प्रदेशको बरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पान्डे, द्धितीय उपाध्यक्षमा गोबिन्द सिंह, तृतिय उपाध्यक्षमा अन्जन कुमार श्रेष्ठ, महासचिवमा सिता बसेल, सचिवमा अंकित जैसवाल, कोषाध्यक्षमा प्रदीप कुमार पोखरेल र सहकोषाध्यक्षमा बिराट श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा बरुण ज्ञवाली, जिवनाथ पौडेल, गणेश भट्टराई, टंक काफ्ले, गौरब पाण्डे, भुवन पाण्डे, प्रदीपप्रसाद उदय र मित्र शरण शर्मा चयन भएका निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं, २ मंसिर। गृहमन्त्री रमेश लेखक र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बल नेपाल र एसएसबीले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ । भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणमा सहकार्य गर्न जोड दिए । गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल-भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने…
दाङ, २ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी प्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । पोख्रेल परिवारको निवास दाङको घोराही उपमहानगरपालिका-१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेलप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन पोख्रेलले खेलेको भूमिका र पुर्याउनु भएको योगदानलाई पार्टी पंक्तिले सधैं सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन् । ‘दाङ जिल्लाको मात्र नभएर सिंगो देशको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन उहाँले खेलेको भूमिका सधैं स्मरणीय रहनेछ’उनले भनेका छन्,‘समाज रुपान्तरण र परिवर्तनका लागि महत्वपूर्ण भूमिका रहेको छ…
झापा, २ मंसिर । झापामा हात्तीको आक्रमणबाट आइतबार एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार हात्तीले छिमेकीको घर भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा हात्तीको आक्रमण्ले भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौ,२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा बढाए वायुसेवा कम्पनीहरुलाई कारवाही गरिने चेतावनी दिएका छन् । वायुसेवा कम्पनीहरुले यात्रुहरुसगँ एकैदिन र एकैसमयको उडानमा फरक भाडा लिदै आएका छन् । काठमाडौं विमानस्थलको ट्याक्सी वे मर्मत सम्भारका कारण दैनिक १० घण्टा विमानस्थल भइरहेकोले वायुसेवा कम्पनीहरुले त्यसको फाइदा उठाउँदै मनपरी भाडा बढाएको भन्दै यात्रुहरुको गुनासो छ । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई उनले निर्देशन दिए। उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए। तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल…
भैरहवा,२ मंसिर। मुलुकका विभिन्न क्षेत्रमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबारबाट निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र आचारसंहिता लागू हुने जनाएको छ । आयोगका अनुसार सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको जनाएको छ । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।…
भैरहवा, ३० कार्तिक । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारको खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । बुटवल–११ क्रिकेट क्लबलाई ले ९५ रनले पराजित गर्दै देवदह विजयी भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि दीपक भण्डारीले नआउट ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै, अर्जुन रायमाझीले ३१, संकेत भट्टराईले २७ र कृतिमान ढकालले १५ रनको योगदान गरे । बलिङमा बुटवल ११ का दिवेश खातीले ३, सुदन श्रेष्ठ,…
भैरहवा, ३० कार्तिक । थारु समुदायहरुको राष्ट्रिय साझा संस्था थारु कल्याणकारिणी सभाको २३ औँ राष्ट्रिय महाधिवेशन भैरहवामा हुने भएको छ । सभाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १ देखि ३ गतेसम्म भैरहवास्थित पटवा बैंक्वेटमा महाधिवेशन हुने जनाएको छ । ‘थारुहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ शनिबार (भोली) देखि सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको सभाका कार्यवाहक अध्यक्ष देवीप्रसाद चौधरीले बताए । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने बताइएको छ । महाधिवेशनमा थरुहट तराईको पश्चिम जिल्ला कञ्चनपुरदेखि पूर्व झापा, कास्की, काठमाडौं, उपत्यकासहित २६ जिल्ला र…
भैरहवा, ३० कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी कसुरको आरोपमा बयानका लागि कार्तिक २७ गते रुपन्देही ल्याइएको थियो । भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा ७४ प्रश्नको सवाल जवाफको बयानपश्चात उनलाई शुक्रवार पोखरा लगिएको हो । लामिछानेसगँ तीन दिनमा साढे २३ घण्टा बयान लिइएको थियो । कसुरसगँ सम्बन्धित अन्यको बयान गर्दा वा थप कागज–प्रमाणपत्र फेला परेमा थप बयान लिए अवस्था देखिए पुनः लामिछानेसगँ बयान लिने जिल्ला सरकारी वकिल कार्यालयका…
भैरहवा, ३० कार्तिक । नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले शुक्रवार सूचना जारी गर्दै रिक्त पदमा आवेदन मागेको हो । आवदेन दिने म्याद कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ । योग्यता पुगेका आवेदकले नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दस्तुरसहित आवेदन दिन सकिने जनाइएको छ । हेर्नुहोस् सूचना: