


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, १० मंसिर । ललितपुरको जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीका एसपी कमल थापाविरुद्ध थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ । ‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालयले सोमबार थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो। केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा प्रहरी निरीक्षक बिनु शाहीसहित आइतबार जिल्ला अदालत ललितपुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। यो घटनामा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आपराधिक लाभ र संगठित अपराधको कसुरमा ६ जनालाई प्रतिवादी बनाएको हो । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले एसपी थापा माथि अनुसन्धान भइरहेको र अनुसन्धान सकिए पश्चात आर्कषित हुने…
उदयपुर, १० मंसिर । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भीमामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मदन भण्डारी लोक मार्ग हुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ च १३८६ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ४५ बर्षिय कमलादेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा स्थानीय २७ बर्षिया पनावती चौधरी, कार चालक सप्तरीको फत्तेपुरका अमर दियाली र कारमा सवार सावन खाती घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको छ । घुमाउरो सडकमा तीव्र गतिमा आएको कार अनियन्त्रित भई रुखमा ठोक्किएर कार उछिट्टिँदा सडक छेउको फलैचामा बसेका स्थानीयहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी…
सलमान खानभैरहवा, १० मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ विपी पथ स्थित संचालनमा रहेको मायादेवी फलफुल तथा तरकारी बजार (कान्छी बजार/पुतली बजार) मा फलफुल र तरकारी महँगीन सक्ने देखिएको छ । उक्त संचालित बजारको जग्गा हाल श्री नारायणस्थान मन्दिरको नाममा कायम रहेकोले श्री नारायणस्थान (मन्दिर संचालन समिति) ले २२ लाख २० हजारमा कम नहुने गरी गत कार्तिक ९ गते बजार संचालनका लागि जग्गा तथा उक्त जग्गामा बनेको संरचना भाडामा दिनका लागि बढाबढको शिलबन्दी बोलपत्रको आह्वान गरेको थियो । पाँच वर्षका लागि आह्वान गरिएको सूचना अनुसार २९ जना व्यक्ति/निर्माण व्यवसायीहरुले शिलबन्दी बोलपत्र दर्ता गराएका थिए । जग्गामा बनेको संरचना भाडामा लिनका लागि…
हृदयराम गुप्ता मर्चवार, १० मंसिर । रुपन्देहीको ईलाका प्रशासन कार्यालय मझगाँवामा कार्यालय प्रमुख नहुँदा विभिन्न सेवा रोकिन पुगेको छ । गत असोज १० गते कार्यालय प्रमुख शोभा पाण्डेयको सरुवा भएपछि उनको स्थानमा कसैलाई जिम्मेवारी प्रदान नगर्दा कार्यालयबाट प्रवाह हुने गरेको सेवाहरु रोकिन पुगेको हो । मर्चवारको कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाबासीहरुले उक्त कार्यालयबाट नागरिकतासहित सेवा लिदै आएको थिए । तर, कार्यालय प्रमुख नहुदाँ उनीहरुले सास्ती खेप्नु परेको छ । कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा बन्द भएपछि कार्यालयका कम्प्युटर अपरेटर विजय कुमार यादव समेत जिल्ला प्रशासन कार्यालयमा पुगेर कार्य थालेका छन् । ईलाका प्रशासन कार्यालय मझगावाँमा हाल १ जना नायब सुब्बा,…
दाङ, ९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन्। भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक समाज मन्च प्यूठानको प्रतिनिधि मण्डलसंग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ रहेको बताएका हुन्। प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न पाँच बर्षे रणनीतिक योजना कार्यान्वयनमा लगेको, मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आचारसंहिता लागु गरेको, मन्त्रालय र निकायका लागि जारी १४ बुदे निर्देशन जारी गरिसकेको छ। नागरिक तहमा बढ्दो निरासालाई आशामा बदल्नेगरी सरकारले योजनाबद्ध काम अघि बढाएको र त्यसको सफल कार्यान्वयनकोलागि नागरिक तहको साथ आवश्यक रहेको…
पोखरा, ९ मंसिर । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले १५ दिनको म्याद थप गरेको छ । अदालतका न्यायधिश भीमलाल बेल्बासेको इजलासले सभापति लामिछानेलाई १५ दिन हिरासतमा राखेर अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो । गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लाछिानेमाथी पछिल्लो पटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो ।
पोखरा,९ मंसिर। सहकारीको रकम अपचलनको अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। प्रहरीले गत कात्तिक २५ गते सभापति लामिछानेलाई १३ दिन हिरासतमा राख्ने अनुमति पाएको थियो। प्राप्त म्याद सकिएपछि पुनः २५ दिनको म्याद थपका लागि प्रहरीले आइतबार उनलाई अदालतमा उपस्थित गराएको बताइएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए । रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ…
काठमाडौं,९ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे चासो लिएका छन् । उनले आइतबार संचालन रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग ब्रिफिङ लिन लागेका हुन् । राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा सडक, सिँचाइ, जलविद्यूत, सुरुङमार्गहरु लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रुपमा संचालनमा छन् । यसैबीच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ । बालुवाटार स्थित पुरानो सचिवालयमा बस्ने उक्त बैठकमा पनि प्रधानमन्त्री ओली सहभागिता हुने उनको सचिवालयले जनाएको छ ।
काठमाडौं, ९ मंसिर। ०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएको धरहराको पुननिर्माण गरी आजदेखि सर्वसाधरणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको छ । जसमा चढ्नका लागि नेपाली नागरिकका लागि दुई सय रुपैयाँ शुल्क लाग्ने जनाइएको छ । विद्यार्थी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दामुनिका बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट अर्थात् १ सय रुपैयाँमा धरहरा चढ्न पाउनेछन् । यसअघि संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट केही दिनका लागि परीक्षणका रुपमा निःशुल्क धरहरा खुला गरिएको थियो । सार्क राष्ट्रका नागरिक लागि ५ सय शुल्क तोकिएको छ । सार्कबाहेकका विदेशी नागरिकले १ हजार शुल्क तिर्नुपर्नेछ । व्यावसायिक बाहेक राष्ट्रिय महत्वका विज्ञापन शुल्क…
काठमाडौ,९ मंसिर। आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । उपनिर्वाचन हुने केही जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री समेत पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ४१ पदका लागि ३७६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । उपनिर्वाचन हुने क्षेत्रहरुमा २ लाख २६ हजार ७९९ मतदाता छन् । उपनिर्वाचनका लागि मतपत्रको नमूना समेत आयोगको वेवसाइटमा राखिएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले २ लाख ५९ हजार मतपत्र छापिएको जानकारी दिइन्। उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न…