Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २४ मंसिर । स्थानीय उत्पादनको प्रबद्र्धन, एकअर्काबीच अनुभव आदानप्रदान, लगानीको वातावरण सिर्जना र पर्यटकीय विकास तथा प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी सम्बन्ध कायम गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा भैरहवामा आयोजित ९औं लुम्बिनी राष्ट्रिय महोत्सवको अवसरमा निजी क्षेत्रका प्रभावशाली दुई संस्थाबीच मितेरी साइनो गाँसिएको हो । यसले दुबै जिल्ला र प्रदेशका उद्योगी–व्यवसायीहरुका साथै सर्वसाधरणलाई समेत फाइदा पुग्ने अपेक्षा राखिएको छ । सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षसहितको टोली महोत्सव अवलोकनको लागि भैरहवा आएको अवसरमा मितेरी साइनो गाँसिएको थियो । रुपन्दही र सुर्खेतको प्रवद्र्धन र आत्मियता बढाउनका लागि समेत यसले…

Read More

काठमाडौ, २४ मंसिर । नेपाली कांग्रेसले बीआरआई अन्तर्गतको सहमति अन्तर्गत परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने बताएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको ठहर गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङमा भनेर सहमति भएको भन्दै त्यसअन्र्तगत पनि अनुदानबाट परियोजना सञ्चालन गर्न सकिने बताए । ‘बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ भनेर सहमति भयो भन्ने कुरा आएको छ’, डा.महतले भने, ‘त्यसभित्र पनि अनुदान हुन्छ…

Read More

काठमाडौं, २४ मंसिर । राजस्व चुहावट तथा कर छलीलाई न्यूनीकरण गर्न बजार अनुगमन र गस्ती परिचालनमा जोड दिएर नक्कली/झूटो कारोबारलाई नियन्त्रण गरिने भएको छ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच भएको अन्तर विभागीय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो। आन्तरिक राजस्व विभागमा भएको उक्त बैठकले राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विविध विषयमा गम्भीर छलफलसँगै उक्त निर्णय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरेको छ। जसअनुरुप अब उक्त निर्णय कार्यान्वयन भएमा नक्कली तथा झूटो कारोबारलाई नियन्त्रणमा आउने भएका छन्। विभागका अनुसार सामान्य तथा आर्थिक रुपमा कमजोर मानिसलाई प्रलोभनमा पारी उनका नाममा व्यवसाय दर्ता गरी कारोबार गर्ने र…

Read More

भैरहवा, २४ मंसिर । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवाप्रदान गर्दै आएका तीन विदेश वायुसेवा कम्पनीहरुले उडान स्थगन गर्ने तयारीमा छन् । भैरहवामा बाक्लो हुस्सुसहितको खराब मौसमका कारण देखाउँदै विमानस्थलबाट सेवा प्रदान गर्दै आएको जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान स्थगनको तयारी गरेका हुन् । यी तीनसहित कतार एयरवेज र नेपाल एयरलाइन्सले पनि विमानस्थलबाट सेवा दिदै आएकोमा गत मंसिर १५ गतेसम्ममात्र उडान अनुमति लिएको कतार एयरवेजले पनि पुनः उडान अनुमति नलिदाँ उसको सेवा रोकिन पुगेको छ । यहाँबाट भैरहवा–कुबेत उडान गरिरहेको जजिरा, दुबई उडान गरिरहेको फ्लाई दुबई र थाइल्याण्ड उडान गरिरहेको थाई एयर एशियाले खराब मौसमलाई कारण देखाएका…

Read More

दाङ, २४ मंसिर । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहरुले गाउँ समाजमा आफूहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन्। उनीहरुले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनको लागि १७ बुँदे मागपत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन । मुख्यमन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उनले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुर्‍याउने गरी कार्यक्रम बनाएको जानकारी दिए । समुदाय केन्द्रित जनजागरण अभियानहरुलाई तीव्रता…

Read More

भैरहवा, २४ मंसिर । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको हो । रायमाझी लुम्बिनी खबरको सम्पादक हुन् । क्लबको दुई उपाध्यक्ष मदतानबाट चयन गरिएको हो भने अन्य पदमा सर्वसम्मत समिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उपाध्यक्षमा दीपक घिमिरेले २६ र दीपेन्द्र बडुवालले २३ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनीहरुका प्रतिस्पर्धी शंकरप्रसाद पाण्डेले १४ र माधब न्यौपानेले ९ मत पाए । बडुवाल कान्तिपुर दैनिकको लुम्बिनी प्रदेश ब्यूरो…

Read More

भैरहवा, २४ मंसिर । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण (युसीएमएस) अस्पतालले विश्व रेडियोग्राफी दिवसको अवसरमा ‘रेडियो क्विज’ (हाजिरीजवाफ प्रतियोगिता) २०२४ गरेको छ । अस्पतालको ‘रेडियो डायग्नोसिस तथा मेडिकल इमेजिङ्ग विभाग’को आयोजनामा भएको रेडियो क्विजमा अन्तर्राष्ट्रिय रुपमा रेडियोलोजी अन्तर्गत विकास भएका प्रविधि सम्बन्धमा छलफल, सिकाइ, बढी भन्दा बढी बिरामी मैत्री र रोगको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीकृत रहेको थियो । चिक्तिसकहरुको समूहलाई विभाजन गरी प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा डा.स्वेता गुप्ता, डा. सम्रक्ष लम्साल, डा. सम्झना मेहता, हिमेश्वरी लता चौधरी, मोहनन्द मेहता, राजकुमार ठाकुर र नारायणी अधिकारीको समूह ‘ग’ प्रथम भएको छ। त्यस्तै डा.दृष्टि लामिछाने, डा.अग्नी…

Read More

भैरहवा, २२ मंसिर । रुपन्देहीको युथ क्लब अफ पडसरीको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।०७९ सालमा स्थापना भएको क्लबले छोटो अवधीमा सामाजिक क्षेत्रमा अधिक काम गरेको छ । तिलोत्तमा नगरपालिकाको हरियाली पार्कमा आयोजित साधारण सभामा क्लबमा अध्यक्ष सुरज मिश्रले क्लबले गरेका वार्षिक कार्यहरु र कोषाध्यक्ष कपिल जि.टी. ले कोषसम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, क्लबका संस्थापक अध्यक्ष एंव विधान संसोधन उपसमितिका संयोजक गुमानसिंह (कुमार) घर्तीले क्लबको विधानमा आवश्यक संसोधनका लागि पेश गरेका विषयहरु उपर पनि छलफल गरेर सभाले संसोधनका लागि सर्वसम्मतले अनुमोदन पश्चात पारित गरेको युथ क्लब अफ पडसरीको सचिव सुष्मा भुजेलले बताईन् । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष…

Read More

भैरहवा, २१ मंसिर । भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको कपडासहितका सामग्री प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपलिका-८ अंचलपुरमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याइएको चार लाख ५० हजार बढी मूल्य बराबरको कपडा लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीक अनुसार चेकजाँचको क्रममा साडी ७८ थान, सुट १६३ थान, बेल्ट ७२ थान, कस्मेटिक लगायतका साम्रगीहरु बरामद भएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Read More

भैरहवा, २१ मंसिर । सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा क्यूआर कोड मार्फत राजस्व भुक्तानी गर्न सकिने भएको छ । राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीति अनुरुप कार्यालयले बिहीवार देखि क्यूआर कोड मार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । कार्यालयले जारी गरेको सूचना अनुसार नगरापलिका कार्यालयको अन्र्तगत राजस्व प्रशासन शाखा, घरनक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुहरु क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ । ‘प्रविधिको युगमा सेवाग्राहीहरु समय खर्चिदै कार्यालयमा आएर राजस्व बुझाउनु त्यती उपयुक्त होइन’, सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले भने, ‘जसकारण यसै वर्षदेखि राजस्व संकलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरुप क्यूआर…

Read More