Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ७ जेठ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशमा यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने सम्भावना धेरै रहेको जनाएको छ । लुम्बिनी प्रदेशका साथै देशभर यस मनसुनको अवधिमा कम वर्षा भइ लामो समयसम्म खडेरी लाग्दा एक्कासी वर्षा भएर बाढी पहिरो आउने जोखिम पनि कायमै रहेको विभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले बताइन् । उनका अनुसार, मौसम पूर्वानुमानलाई थप प्रविधियुक्त बनाइएकाले बढि प्रभावकारी हुँदै गएकोले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ। यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेस प्रदेशका पूर्वी भू-भाग…

Read More

भारत । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तले एक मुद्दाको सुनुवाइका क्रममा गरेको विवादास्पद टिप्पणीका कारण त्यहाँ ‘कक्रोच जनता पार्टी’ ट्रेडिङमा छ। प्रधानन्यायाधीशले देशका बेरोजगार युवाको तुलना कथित रुपमा ‘कक्रोच’ सँग गरेको भन्दै विरोधमा त्यहाँ ‘कक्रोच जनता पार्टी’ गठन गरिएको छ। शुक्रबार, प्रधानन्यायाधीश सूर्य कान्तले खुला अदालतमा सुनुवाइका क्रममा ‘परजीवीहरू’ ले प्रणालीमाथि आक्रमण गरिरहेको बताएका थिए र युवाहरूलाई ‘रोजगारी नपाउने र कुनै पेसामा स्थान नभएका’ कक्रोचसँग तुलना गरेका छन्। उनले भनेका छन्, ‘केही युवाहरू कक्रोच जस्तै छन्, जसले न त रोजगारी पाउँछन् न त कुनै पेसामा नै स्थान पाउँछन्। उनीहरूमध्ये कोही मिडियाकर्मी, कोही सामाजिक सञ्जाल प्रयोगकर्ता, कोही सूचनाको हक सम्बन्धी…

Read More

भैरहवा, ७ जेठ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराको सिमरामा रहेको डाबर नेपाल प्रालिद्वारा उत्पादित मह (हनी) गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । बजार अनुगमनको क्रममा उद्योगद्वारा उत्पादित महको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको विभागले जनाएको छ विभागका अनुसार, उद्योगबाट उत्पादित ५०० ग्रामको (ब्याच नं. एनबी००४७७) ‘हनी’ परीक्षणको क्रममा न्यूनस्तरको पाइएको छ । उत्पादित मह न्यूनस्तरको पाइएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउनका साथै बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ। त्यस्तै केही दिन अघि अनुगमनको क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा…

Read More

भैरहवा,६ जेठ। रुपन्देहीको एक जना व्यक्तिलाई काठमाडौंमा कुटपिट गरी ज्यानमार्ने धम्की दिएर फिरौती असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषा मिथिला नगरपालिका–८ का ४३ वर्षीय रविन कोइराला रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सार्वजनिक गरेको घटना विवरण अनुसार, पक्राउ परेकाहरुले सोमबार काठमाडौंको पिंगलास्थानस्थित डिजिटल स्टुडियोमा संचालन गर्दै आएका रुपन्देहीको सियारी गाउँपालिका–५ का ६० वर्षीय विष्णु न्यौपानेलाई कुटपिट गरी पसलमा रहेको २ लाख रुपैयाँ लुटपाट गरेका थिए । रकमसँगै न्यौपानेलाई बागमती करिडोरस्थित निलोपुलमा लगेर आफन्तसँग फिरौती माग्दै नदिए ज्यान मार्ने धम्की दिएर थप ५०…

Read More

महोत्तरी,६ जेठ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र देखिएका मतभेद समाधान गर्दै संगठनलाई एकताबद्ध रुपमा अघि बढाउन आवश्यक सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताएका छन् । महोत्तरीको बर्दिबासमा बुधबार आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीभित्रका असन्तुष्ट पक्षका भावना सम्बोधन गर्दै संगठनलाई एकढिक्का बनाएर अघि बढाउने प्रयास जारी रहने बताए । यस क्रममा उनले संस्थापनइतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा अवरोध नगर्न आग्रह गरे। सदस्यता व्यवस्थापन पार्टी सुदृढीकरणका लागि महत्वपूर्ण भएकाले यसलाई विवादको विषय नबनाउन उनले बताए । क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति…

Read More

भैरहवा, ६ जेठ। नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममार्फत फैलाइएका भ्रामक विज्ञापनप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। ब्यूरोका अनुसार पछिल्लो समय ‘विश्वकप २०२६’ तथा ‘लाइभ टिभी’ हेर्ने प्रलोभन देखाउँदै प्रयोगकर्तालाई शंकास्पद एपीके फाइल डाउनलोड गराउने र त्यसमार्फत मोबाइल बैंकिङ एप ह्याक गरी आर्थिक ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ। साइबर ब्यूरोले सार्वजनिक गरेको सूचनामा स्पोन्सर्ड विज्ञापनमार्फत विभिन्न लिंक पठाई अनधिकृत एप डाउनलोड गराउन खोजिएको उल्लेख गरिएको छ। यस्ता फाइल डाउनलोड गर्दा मोबाइलमा रहेको व्यक्तिगत विवरण, बैंकिङ सूचना तथा गोप्य डेटा जोखिममा पर्न सक्ने चेतावनी ब्यूरोले दिएको छ। ब्यूरोले प्ले स्टोर वा अन्य माध्यमबाट एप्लिकेसन इन्स्टल…

Read More

काठमाडौं,६ जेठ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदप्रति जिम्मेवार र उत्तरदायी नबन्दासम्म आफ्नो पार्टीले संसदमा विरोध जारी राख्ने बताएका छन् । बुधवार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सरकारको आलोचना गर्दै संसदप्रति जवाफदेही बनाउन खोज्दा निलम्बन गरिए पनि आफूहरु तयार रहेको बताए। सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरुको विरोध रहेको उनले बताए। उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे। सुकुमबासी, लिपुलेक, विदेशी ऋण लगायत आफूहरुका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए। उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्यांकन जनताले गर्ने…

Read More

भैरहवा,६ जेठ। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’मा लिग चरणका खेलहरु सकिएका छन् । लिग चरणको ‘ए’ डिभिजनको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लब पराजित भएसँगै ‘बी’ डिभिजनमा घटुवा भएको छ । बुधबारको खेलमा बुद्धलाई १ सय १० रनले पराजित गर्दै नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले जित निकालेको छ । हारसँगै बुद्ध रेलिगेशनमा परेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १७ रन बनाउन सफल भयो । जसका लागि प्रतीक भट्टराईले ६२, लक्ष्मण कुमालले ३२, अमन बोहराले २७, मौसम ढकालले २३, कुशल ढकालले १८ र…

Read More

भैरहवा, ६ जेठ। लुम्बिनी प्रदेशमा पछिल्लो महिनामा मात्रै १ सय ३४ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको बैशाख महिनाको विवरण अनुसार, १६ वर्षमुनी देखि ६० वर्षमाथी उमेरसमूहका१ सय ३४ जनाले आत्महत्या गरेका हुन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं एसएसपी शारदा प्रसाद चौधरीका अनुसार, १२१ जना जनाले झुण्डी, १० जनाले विष सेवन गरी, हामफालेर, आगो लगाएर र औजार तथा हातहतियारको प्रयोग गरेर १ १ जनाले आत्महत्या गरेका हुन् । जसमध्ये ६६ जना पुरुष र ६८ जना महिला रहेका छन् । आत्महत्या गर्नेमा १६ वर्षमुनिको १८ जना, १६ देखि २५ वर्ष उमेरसमूहका…

Read More

भैरहवा,५ जेठ। गृह मन्त्रालयले ६ जना सहसचिव र २ जना उपसचिवहरुको सरुवा गरेको छ। पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न जिल्लामा खटाइएको छ । त्यस्तै २ जना उपसचिवमध्ये एक जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। सरुवासूची अनुसार, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई करिब ७ महिनामै कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ। पछिल्लो समयमा रुपन्देहीका सीडीओहरुलाई कार्यकाल अवधि पुरा नहुँदै हटाउने गरिएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङका सीडीओ विश्वप्रकाश अर्याललाई रुपन्देही सीडीओको जिम्मेवारी दिइएको छ भने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयमा कार्यरत निश्चलराज पाण्डेलाई दाङको सीडीओ बनाइएको छ । को–कहाँ पुगे ? हेर्नुहोस् सूची :

Read More