Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ३ असार । काठमाण्डौँबाट ६ किलो सुन र ४८ लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले आइतबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने शेरब ग्याल्मो भनिने सोनाम गुरुङलाई सुन र नगद सहित पक्राउ गरेको हो । पक्राउ परेका गुरुङले आफु चिनियाँ नागरिक रहेको बताएका छन् । तर, उनको साथबाट एक थान नेपाली नागरिकताको प्रमाण पत्र फेला भएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । उनका अनुसार पक्राउ परेका गुरुङको डेरामा खानतलासी गर्दा ९९९.९ किलो लेखिएको ६ थान सुनको विस्कुट, नगद र तीन थान मोबाइल बरामद भएको हो…

Read More

भैरहवा, ३ असार । ईस्लाम धर्माबलम्वीहरूले आज बकर ईद (ईद-उल-अजहा) पर्वमा धुमधामका साथ मनाउँदैछन् । एकाबिहानै उठी नुहाएर शुद्ध भई नजिकैको मस्जिद वा ईदगाहमा सामुहिक नमाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई कुर्बानी (बलिदान) गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । धार्मिक मान्यताअनुसार अल्लाहले परिक्षण्का लागि नवी (दूत) इब्राहिम अलि सलामलाई आफ्नो सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानीको स्थानमा मानिसको नभई त्यही…

Read More

काठमाण्डौं, ३ असार । नेपाली फिचर फिल्म ‘अ प्लेस अन्डर द सन’ मा समावेश गीत बाचुन्जेल जिन्दगी सार्वजनिक भएको छ । मोबाइल (आइफोनं १४ प्रो म्याक्स) बाट छांयांकन गरिएको उक्त चलचित्रको गीतमा राजीव थापाको स्वर र मिलन घलानको शब्द संगित रहेको छ । ‘बाचुन्जेल जिन्दगी ओईरो र धोईरो, मरेपछि हो खरानी र कुईरो’ शिर्ष गितमा मिन घलान, मिरा गुरुङ, अंशु शर्मा, विप्लव गौली, प्रजन पौडेल, रिदन श्रेष्ठ, प्रवेश एम.सी. तोसित बताने, रुपेश पन्थी, सदन श्रेष्ठ र बसन्त लाको अभिनय रहेको छ । वन स्क्वाड फिल्म्सले निर्माण गरेको उक्त फिल्मको छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिए पनि अन्य कुनै क्यामेरा…

Read More

भैरहवा, २ असार। मुलुकको मध्य तथा पश्चिम तराईमा अझै केही दिनसम्म अत्याधिक गर्मी हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै मध्य तथा पश्चिम तराईका भू-भागहरुमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । आगामी चार दिन (असार ३ गतेदेखि ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी…

Read More

भैरहवा, १ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घटेको हो। मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ । त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र…

Read More

भैरहवा, १ असार । लुम्बिनी प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८१/०८२ को लागि ३९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । शनिवार लुम्बिनी प्रदेश सभाको चौँथो अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्दै ३८ अर्ब ९७ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् । चालु तर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार (२८ दशमलव ८७ प्रतिशत) र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख (६३ दशमलव ०९ प्रतिशत) बजेट विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार रुपैयाँ (८ दशमलव ०६ प्रतिशत) अनुमान गरिएको छ ।…

Read More

भैरहवा,३२ जेठ। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ को कार्यालयले शाररिक रुपमा अशक्त (अपांग) भएका व्यक्तिहरुलई पंखा र झुल वितरण गरेको छ । प्रतिकुल मौसमका कारण शाररिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई सहज जीवनयापनमा समस्या भएपछि वडाका ३७ जनाहरुलाई झुल र पंखा वितरण गरिएको हो । अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । अगामी तीन दिन पश्चिम तराईमा अत्याधिक गर्मी हुने भएकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुराध गरेको छ । उक्त सामग्री गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी र वडाअध्यक्ष सितल जिटीले हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष यादवले शाररिक रुपमा अशक्त भएका ब्यक्तिलाई स्वरोजगार…

Read More

भैरहवा, ३२ जेठ। सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) मा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिने जनाएको हो।  गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा )का दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो ।

Read More

भैरहवा,३१ जेठ । मुलुकमा शुक्रवार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

भैरहवा, ३१ जेठ । नेपाल प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरीक्षकहरु (एसपी) को सरुवा तथा पदस्थापन गरेको छ । बिहिवार प्रधान कार्यालयले डिएसपीबाट एसपी बढुवा भएका चार एसपीहरुको पदस्पथापनसहित सात एसपीहरुको सरुवा गरेको हो । कार्यालयका अनुसार पश्चिम नवलपरासीमा रहेका एसपी काजी कुमार आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामाबाट एसपी ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ । मानव बेचविखन अनुसन्धान शाखामा एसपी एकनारायण कोइरालाको सरुवा भएको छ । उनी नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालय कार्य परिचलन शाखामा कार्यरत थिए । त्यस्तै अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन…

Read More