


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, कार्तिक २५ । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट युनिटले भैरहवाले विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबार देवदह क्रिकेट युनिट र साई ग्लोबल क्रिकेट एकेडेमीबीच भएको खेलामा देवदह ७ विकेटले विजयी भएको हो । जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा ७० रन बनाउँदै सहजै जित हात पर्यो । उसको जितमा दीपक डुम्रेले २४ र संकेत भट्टराईले २३ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका आकाश केवट र मोहम्मद मोइनले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा २८…
काठमाडौं,२५ कार्तिक। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं लगिएको छ । अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। जसकारण उनले मन्त्री पदबाट राजीनामा समेत दिएका थिए। साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरेको छ । अधिकारी केहिदिन अघि कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ। उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लान…
धनगढी,२५ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ परेपछि रास्वपाले गरेको सडक आन्दोलनको कुनै तुक नभएको बताएका छन् । आइतबार धनगडी विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले अदालतप्रति विश्वास गर्नुपर्ने बताए । ‘हाम्रो पार्टीका नेताहरुमाथी पनि छानबिन भएको थियो।पक्राउ परेका थिए’,उनले भने, ‘हामीले कहिले हो-हल्ला गरेनौं । रास्वपाले पनि अदालतलाई विश्वास गर्नु पर्यो नि।’ साथै उनले सत्ता गठबन्धमा कुनै असमझदारी र समस्या नरहेको भन्दै ०८४ सालसम्म गठबन्धन टिक्ने बताए ।
भैरहवा, २४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । विमानस्थल संचालनपछि मलेसिया उडान थालेर उडान स्थगित गरेको नेपाल एयरलाइन्सले पुनः शनिवार देखि काठमाडौं-भैरहवा-दुबई-काठमाडौं उडान सुरु गरेको हो । शनिवार राति काठमाडौंबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा अवतरण गरेको नेपाल एयरलाइन्स केही समयपछि यहाँबाट दुबई प्रस्थान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । एयरलाइन्स भैरहवा विमानस्थलमा अवतरण गरेपछि पानीको फोहोराले स्वागत गरिएको थियो । उक्त विमानमा भैरहवाबाट जाने यात्रुहरु नरहेको विमानस्थल कार्यालयले जनाएको छ । उनका अनुसार नेपाल एयरलाइन्सले उक्त रुटमा साताको चार दिन…
बुटवल, २४ कार्तिक । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले रुपन्देहीको बुटवल स्वास्थ्यको हब बन्दै गएको बताएका छन् । उनले शिक्षासँगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हब बन्दै गएको बताएका हुन् । बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै उनले अब बुटवलवाट बिरामी अन्यत्र जान नपर्ने बताए । निजी क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि.सबै हिसाबले उपयुक्त बनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नुपर्ने उनले बताए । उनले बुटवल हस्पिटल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताए । बुटवलवाट रिफर भएर भारत तथा काठमाडौं जाने बिरामीहरुले धेरै दुःख र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उनको भनाइ छ । उक्त…
भैरहवा,२४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पनि उडानको सुरुवात गरेको छ । शनिवार दिउँसो २:३५ बजे १५९ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको फ्लाई दुबलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो । १५९ मध्ये १० जना भैरहवा ओर्लिएको र पुन बाँकी १४९ यात्रुसहित उक्त विमान भैरहवाबाट काठमाडौं प्रस्थान गरेको र त्यहाँबाट दुबई जाने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । फ्लाई दुबईको उडान भोली आईतबारको भएतापनि एकदिन अघि शनिवार नै उडान गर्दा विमानले भैरहवाबाट यात्रु नपाएको बताईएको छ । विमानस्थलबाट शनिवारदेखि एकैदिन नेपाल एयरलाइन्स, जजिरा एयरवेज र…
भैरहवा, २४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पनि उडानको सुरुवात गरेको छ । विमानस्थल संचालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेर प्राविधिक कारण देखाउँदै उडान स्थागित गरेको जजिराले शनिवार देखि पुनः कुवेत–भैरहवा सिधा उडान सुरु गरेको छ । शनिवार बिहान ७ः४० बजे एक सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १ सय ६८ लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । विमानस्थलमा अवतरण भएको जजिराको पानीको फोहोराले स्वागत गरिएको थियो । जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३०…
भैरहवा, २३ कार्तिक । थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एशियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंक–भैरहवा–बैंकक दोस्रो पटक सिधा उडान गरेको छ । एयर एशियाको यो नियमित उडान हो । यस अघि कार्तिक १८ गते सर्वसाधरण यात्रु बिहिन आएर गएको उक्त विमान शुक्रवार यात्रु सहित आएको र गएको छ । शुक्रवार दिउँसोमा १२ः३० बजेमा सात यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट ३२ जना यात्रु लिएर १ः१० बजे बैंकक प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले बताए । उनका अनुसार विमानमा आएका सात जना विदेशी र यहाँबाट जाने ३२ जना नेपाली नागरिक थिए । थाई एयर एशियाले भैरहवा विमानस्थलबाट सातामा…
दाङ, २३ कार्तिक । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् । प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको छ । प्रदेशको आर्थिक विकासलाई नयाँ उचाईमा पुर्याउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ। स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ । ‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तीव्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौं’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवका साथ अघि बढाएको छ ।’ स्वास्थ्य…
भैरहवा,२३ कार्तिक ।रुपन्देहीमा भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएको चिनी बरामद भएपछि सशस्त्र प्रहरी र कर्मचारी माथी ढुंगामुढा भएको छ । ढुंगामुढाले सशस्त्र प्रहरीका दुई जना घाइते भएका छन् । बिहीवार राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल राजस्व प्रहरी ईकाई बुटवलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझाना गाउँको ३२ वर्षीय दिलिप लोधको घरमा अवैध रुपमा भण्डारण गरिएको १ सय १२ बोरा चिनी बरामद गरेको थियो । चिनी बरामद गरेर फर्किने क्रममा करिब २०० जना स्थानीयहरुले बाटो अवरोध गरेर चिनी लुटपाट गर्नका लागि सशस्त्र प्रहरी र कर्मचारीमाथी ढुंगामुढा गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वाटर…