Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २० असोज । रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । रोहिणी गाउँपालिका-३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । आइतबार रोहिणी गाउँपालिका र नापी कार्यालय रुपन्देहीद्वारा रोहिणी–३ धकधईस्थित श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित समारोहमा लालपूर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १६ जनालाई लालपूर्जा वितरण गरेका थिए । बाँकी लालपूर्जा आयोजकले वितरण गरेका थिए । उक्त अवसरमा बोल्दै मन्त्री अधिकारीले वर्षौदेखि लालपूर्जा नपाएका जनतालाई लालपूर्जा दिन योजनाबद्ध तरिकाले लागिपरेको बताए । उनले लालपूर्जाबिहीन जनताले…

Read More

भैरहवा,२०असोज। सरकारले बुटवल उपमहानगरपालिकालाई उजीरसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । त्यस्तै असोज १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ०७८ चैत २४ गतेको निर्णयले नेपाल राष्ट्र बैंकका गभर्नर उपर छानबिन गर्न गठित जाँजबुझ समिति रद्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। यस्तै बैठकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी कानूनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयकउपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिने लगायत २१ वटा निर्णय गरेको छ । के-के भए निर्णय ?…

Read More

भैरहवा,२०असोज । बढ्दो प्रविधिको प्रयोगसँगै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले पनि रक्तसञ्चार सेवालाई प्रविधिमैत्री बनाएको छ। सोसाइटीले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर रक्तसञ्चार सेवालाई अत्याधुनिक, व्यवस्थित, मितव्यायी, जवाफदेहिता, पारदर्शी र डिजिटल रुपमा सञ्चालन गर्नका लागि ‘ब्लड बैंक सफ्टवेयर र ‘मोबाईल एप’ संचालनमा ल्याइएको जनाएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष शुशिल गुरुङका अनुसार संचालनमा ल्याइएको सफ्टवेयर अन्तरगत सम्पुर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्मदिनमा शुभकामना सहित एसएमएस नोटिफिकेसन, स्वचालित विलिङ सिस्टम र प्रिन्टेड बिल, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याव रिर्पोट, डोनर कार्ड, सर्टिफिकेट र नगद भौचर ईमेल मार्फत पठाउन मिल्नेछ । त्यस्तै रगतको म्याद गुज्रिएको अर्लाम प्रणाली, अनलाईन एक्सेस,…

Read More

भैरहवा,१८ असोज। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका सामुदायिक कुकुरहरु बन्ध्याकरण एवं रेबिज भ्याक्सिनेसन कार्यक्रम सुरु गरेको छ। सामुदायमा रहेका छाडा कुकुरको टोकाईबाट लाग्ने रेबिज रोगबाट नगरवासीलाई जोगाउन र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रम सचांलन गरिएको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ बताए। विगत तीन वर्ष देखि सिद्धार्थनगरले सामुदायिक कुकरको बन्ध्याकरण र रेबिज भ्याक्सिनेसन कार्यक्रम संचालन गर्दै आएको छ। ६ दिनसम्म सचांलन हुने उक्त कार्यक्रममा नगरका टोल टोलमा खटिएर कुकुरहरुलाई नियन्त्रणमा लिएर बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाइने सिद्धार्थनगर नगरपालिकाका कृषी तथा पशुपन्छी शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले बताए। उनका अनुसार पहिलो दिन आईतवार ५५ बटा कुकुरलाई बन्ध्याकरण गरी रेबिज भ्याक्सिन…

Read More

भैरहवा,१८असोज। नेपाल प्रहरीले सार्वजनिक यातायातमा यात्रा गर्दा साबिक दर भन्दा बढी भाडा लिएमा १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। चाडपर्व नजिकएसँगै सार्वजनिक यातायातमा यात्रा गर्दा चालक, सह-चालकहरुले साबिक दर भन्दा बढी भाडा लिने गरेका छन् । जसकारण प्रहरीले सामाजिक संजाल फेसबुकमा एक सूचना जारी गर्दै बढी भाडा लिएमा सम्पर्क गर्न आग्रह गरेको हो। साथै, प्रहरीले चाडपर्वको क्रममा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष समेत स्थापना गरिएको जनाएको छ। प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘साबिक भाडादर भन्दा बढी भाडा लिएको भनी गुनासो आएको हुदाँ यस प्रकारका गुनासा तथा समस्याहरु भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय सहायता कक्ष…

Read More

दशैं आइसक्यो। खाउँदा,पिउँला भन्ने सबैलाई रहर हुन्छ । साथीभाई आफन्तसँग भेटमा घरमा बनेका मीठा-मीठा परिकार खाने गरिन्छ । त्यही मीठा परिकारमा मासु नहुने कुरै भएन । तर, दशैंमा धेरै मासु खाँदा अपचको समस्या भई स्वास्थ्यमा समस्या समेत निम्तिन सक्छ । किन हुन्छ समस्या ? एउटा काम नसक्दै अर्को काम थुपार्दा त्यसलाई सम्पन्न गर्न गाह्रो हुन्छ । त्यस्तै दशैंको बेला धेरै मासु खाँदा पेट र कलेजोमा त्यस्तै भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचन प्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन । जसकारण अपच भएर…

Read More

भैरहवा,१८असोज । यात्रुहरुबाट बढी भाडा लिने सवारी साधनका चालक र सह-चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट पोखरा, तनहुँ र लमजुङ जान लागेको हाइस गाडीमा यात्रुहरुबाट बढी भाडा लिइएपछि तीन जना चालक र तीन जना सह-चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि पक्राउ गरिएको हो। काठमाडौं-पोखराको भाडा ७५० रुपैयाँ तोकिएकोमा उनीहरुले एक हजार पाँच सय रुपैयाँसम्म लिएका थिए।

Read More

भैरहवा,१८असोज। चाडपर्वको अवसरमा भैरहवाका व्यावसायिक प्रतिष्ठानहरुमा साम्रगी खरिदमा छुट सहितसुविधा उपलब्ध गराउन थालिएको छ। पर्व नजिकिएसँगै चेम्बर अफ कमर्श, (उद्योग व्यापार संगठन) रुपन्देही को पहलमा भैरहवाका आठ वटा पसलहरुमा ‘दसैं विशेष छुट अफर’ सुविधा उपलब्ध गराउन थालिएको हो। दसैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा बिहिबारदेखि उपभोक्तालाई विभिन्न छुट सुविधा उपलब्ध गराउनका लागि उक्त अफर सुरु भएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । ‘मुलुकको अर्थतन्त्र सकंटमा छ। उपभोक्ताको क्रय शक्ति पनि घट्दो अवस्थामा छ । दुई–चारवटा घरमा मात्र दसैं आएर हुँदैन । सबैको घरमा दसैं आउनुपर्छ’, उनले भने, ‘उपभोक्ताहरुलाई सुविधा दिने उद्देश्यका साथ चाडपर्वमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने प्रयासस्वरुप यो…

Read More

कपिलवस्तु,१७असोज। कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर संचालनमा ल्याइएको छ। रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौला सम्बन्धी रोगका विरामीहरुलाई सेवा प्रदान गर्नका लागि सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो । सेन्टर संचालनमा आएसँगै डायलाइसिस सेवाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । पाँच करोड लागतमा स्थापना भएको सेन्टरमा दैनिक ६० जना बिरामीलाई सेवा दिने सक्ने उद्देश्यले दश वटा डायलाइसिस मेसिन राखिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । बिहिवार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाणगंगा–१ स्थित रहेको उक्त सेन्टरको उद्घाटन गर्दै स्वास्थ्य सेवामा सुधारका लागि…

Read More

कपिलवस्तु, १७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधारका लागि सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्ने बताएका छन्। कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरको उद्घाटन गर्दै नागरिकलाई निरोगी बनाउनका लागि स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्ने बताएका हुन् । ‘नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्न तयार छ’उनले भने,‘समुदायलाई निरोगी बनाउनु छ, नसर्ने रोगको समस्या बढ्दो छ। निरोगी बन्न हाम्रो जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ ।’ स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई पनि प्रभावकारी बनाउँदै लगिने उनले बताए । लुम्बिनी प्रदेशभित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको…

Read More