


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २९ कार्तिक। नेकपा एमालेका सचिव छविलाल बिश्वकर्माले सरकारले आर्थिक सुधारको प्रयास गरिरहेको बताएका छन् । रुपन्देहीको देवदह प्रेस क्लबको तेस्रो साधारणसभा वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गरिरहेको दाबी गरेका हुन । पूर्वपश्चिम लोकमार्ग निर्माणमा भइरहेको ढिलाइले जनताले सास्ती खेप्नु परेको उल्लेख गर्दै उनले लोकमार्ग निर्माण छिटो सम्पन्न गर्न पहल गरिरहेको जानकारी दिए ।नेता बिश्वकर्माले सकारात्मक सोँचका साथ प्रयास गरे सफल हुन सकिने धारणा राख्दै देवदह क्षेत्रको सडक, सञ्चार र पर्यटनको विकासका लागि सबै क्षेत्रसंग सहकार्य गरिरहेको बताए । संविधान सभा सदस्य नेत्र पन्थीले अर्कालाई पराजित गरेर विजय बन्न सकिन्छ भन्ने भ्रम त्याग्न आग्रह गरे । वेलुन फुटाउने प्रतियोगिताको उदाहरण…
सलमान खानभैरहवा, २९ कार्तिक । नेपाल प्रहरी प्रधान कार्यालयले बुधवार तीन जना डीएसपीहरुको काज सरुवा गरेको छ । प्रधान कार्यालयले बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी लक्ष्मी खनाललाई प्रहरी हेडक्वाटरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डीएसपी दिपक भारतीको प्रहरी हेडक्वाटरको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा भएको छ भने हेडक्वाटरको सुपरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत डीएसपी किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सामा ट्वाइसी बनाइएको छ । रुपन्देहीबाट डीएसपी सरुवा गर्दा उक्त स्थानमा अर्को कुनै डीएसपीलाई काजमा पठाइएको छैन । त्यसो त जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी दर्जाको दरबन्दी…
भैरहवा,२९ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी रकम ठगीको आरोपमा रुपन्देहीमा तीन दिन देखि लिईदै आएको बयान बिहीवार सकिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही ल्याईएको थियो । सुप्रिम बचता तथा ऋण सहकारी संस्थाको रकम ठगीको आरोमा लामिछानेसँग मंगलबार, बुधवार र बिहिवार गरी साढे २३ घण्टा बयान लिईएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए । उनले उक्त समयावधीमा लामिछानेसँग कसुरसगँ सम्बन्धित ७४ वटा प्रश्नहरु गरिएको बताए । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थितीमा बिहीवारमात्रै लामिछानेसँग साढे आठ घण्टा बयान लिइएको जिल्ला सरकारी…
भैरहवा, २९ कार्तिक । चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राखेका छन् । देयाङ नगरको अवलोकन भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणको लागि निम्तो समेत दिए । साथै, उक्त नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरुको बीचमा मितेरी सम्बन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राखेको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । ‘सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपछि भएको छलफलमा मुख्यमन्त्रीले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गरे भने…
भैरहवा, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारीको रकम ठगीको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । बिहीवार बिहान १०:४० बजेदेखि लामिछानेको बयान सुरु भएको हो । लामिछानेसँग बयान लिन थालेको आज बिहीवार तेस्रो दिन हो । मंगलबार बयान दिएर साँझ कार्यालय बाहिर निस्किने क्रममा आफ्ना समर्थक र संचारकर्मीलाई ‘खोरमा बाघ थुन्दैमा स्याल हुँदैन’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएपश्चात थप सतर्कता अपनाउँदै प्रहरीघेरामा उनलाई वकिल कार्यालयमा प्रवेश गराउने र निकाल्न थालिएको छ । सभापति लामिछानेसगँ जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता, प्रहरी अधिकारीहरुको उपस्थितीमा मंगलबार पाँच घण्टा र बुधवार करिब दश…
भैरहवा,२८ कार्तिक । सहकारीको रकम ठगीको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसगँ बुधवार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा करिब दश घण्टा बयान लिइएको छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगीको आरोपमा रुपन्देही प्रहरीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई भैरहवा ल्याएर बयान लिएको हो । सभापति लामिछानेसगँ जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता, प्रहरी अधिकारीहरुको उपस्थितीमा मंगलबार पाँच घण्टा र बुधवार करिब दश घण्टा गरी करिब १५ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । बुधवार बयान लिदै गर्दा रातपरेपछि बिहीवार बिहानसम्मका लागि बयान स्थगित गरिएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका…
भैरहवा, २८ कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’को बुधबारको खेलमा बुटवल–११ क्रिकेट क्लबले सफलता हात पारेको छ । उसले साई ग्लोबल एकेडेमीमाथि ६ विकेटको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा ३० ओभर १ बल खेल्दै ८४ रनमै आलआउट भयो । उसका लागि अभिषेक सुनारले १८, अजय चाईले १३, प्रयाश गैरेले ११ र आह्वान घिमिरेले १० रन बनाए पनि अन्य ब्याटरले दोहोर अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो । बलिङमा उसलाई न्युन स्कोरमा रोक्न बुटवल–११ का विभेष…
भैरहवा, २८ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई उन्नत गहुँको बीउ बितरण सुरु गरेको छ । नगरपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई उन्नत गहुँको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउबिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धि गर्ने उद्देश्यले बिउ बितरण गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । बजारमा पाइने कमसल खालका बिउ लगाउँदा दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षित गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरिएको उनले बताए । कृषकको कृषियोग्य जमिनको आधारमा कम्तिमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ…
भैरहवा, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा भैरहवामा आज पनि पार्टीले प्रर्दशन गरेको छ । सहकारी ठगी र संगठित अपराध आरोपको कसुरमा कास्कीबाट रुपन्देही ल्याएर बयान थालिएपछि पार्टीले प्रर्दशन गरेको हो । वास्तविक सहकारी ठगको छानबिन गर, सहकारी पीडितलको बचत फिर्ता गर भन्दै सहकारी पीडितलाई न्याय दे, प्रतिवेदन के भन्छ, ८७ अर्ब ले भन्छ लगायत लिखित प्लेड कार्डसहित रास्वपाका नेता, कार्यकर्ताले बुधवार पनि प्रर्दशन जारी राखेका छन् । सभापति लामिछानेसगँ जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइँदैछ । मंगलबार बयान लिदै गर्दा साँझ भएपछि बुधवार बिहानदेखि पुनः बयान सुरु गरिएको छ ।
दाङ, २८ कार्तिक । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकारबीच पर्यटन प्रबद्र्धनमा सहकार्य गरिने बताएका छन् । भगिनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशकाबीचमा सहयोग आदानप्रदानलाई तिब्रता दिइने उनले बताए । छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनको छेन्दुबाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिँदै चीनले पर्यटनको क्षेत्रमा हाँसिल गरेको उपलब्धि र सिकाइलाइ अनुसरण गरिने, पर्यटन प्रवद्र्धनमा सहकार्य हुने बताए । ‘हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रको व्यवस्थापनमा चिनियाँ अनुभव र…