


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२८ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याएर दोस्रो दिन पनि जारी छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा दिउँसो एक बजेदेखि सुरु गरिएको बयान साँझ भएपछि बुधवार बिहान देखि पुनः बयान सुरु गरिएको प्रहरीले जनाएको छ । मंगलबार साँझ बयान स्थगित पश्चात बाहिरने क्रममा लामिछानेले समर्थक र संचारकर्मीलाई देखेर ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएपछि प्रहरीले बुधवार थप सतर्कता अपनाउँदै प्रहरी घेराभित्र सरकारी वकिल कार्यालयमा पुरएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहितका न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थितीमा दोस्रो दिनको बयान सुरु गरिएको जिल्ला सरकारी…
भैरहवा, २७ कार्तिक । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुद्ध क्रिकेट क्लबलाई पराजित गर्दै लुम्बिनी शाक्यन क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनीले बुद्धलाई २५ रनले पराजित गर्दै जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ४६ रन बनायो । उसका लागि विष्णु थापाले ३२, जावेद खानले २९, अजमत अलीले २३ र संजय राजभरले १३ रन जोडे । बलिङमा बुद्धका अजित यादव र अजय त्रिपाठीले ३–३ तथा अमित अग्रहरीले २, अनुज चौहान र प्रवेज अन्सारीले १–१…
भैरहवा,२७ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याएर थालिएको बयानमा उनले आफुमाथी लागेको आरोप अस्विकार गरेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही प्रहरीले मंगलबार रुपन्देही ल्याएर बयान थालेको छ ।पोखराबाट विमानमार्फत भैरहवा ल्याएलग्त्तै जिल्ला सरकारी वकिाल कार्यालयमा बयान सुरु गरिएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थिती मंगलबार पाँच घण्टा बयान लिएर बुधवार बिहानसम्मका लागि स्थगित गरिएको छ । रविसगँ दिउँसो १ बजेदेखि सुरु गरिएको बयान साँझ…
भैरहवा, २७ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको रकम ठगी, संगठित अपराधसम्बन्धि कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याइएपछि सुप्रिम सहकारी पीडितहरुले भैरहवा विरोध प्रदर्शन गरेका छन् । सुप्रिम सहकारी पीडित समूहको नामको ब्यानरसहित उनीहरुले आफुहरुलाई न्याय दिनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । मंगलबार नयाँ सडकमा जम्मा भएका पीडितहरुले जिल्ला अदालत प्रवेश गर्ने चोकमा जम्मा भएर आफुहरुले न्याय पाउनुपर्ने माग गरे । राजनीतिक संरक्षणमा कसैलाई उन्मुक्ति दिन नहुने उनीहरुको माग छ । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष बिजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाए । ‘हामीलाई न्याय चाहिएको हो, कसैको विरोध…
भैरहवा, २६ कार्तिक ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० बाट व्यवसायिक उडान सुरु गरेको छ । मंगलबार दोहाबाट भैरहवा विमानस्थलमा अवतरण भएको कतार एयरवेजलाई वाटर स्यालुट दिइएको छ । दोहाबाट ३३ जना यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको विमानबाट एक जना प्राविधिक भैरहवामा ओर्लिएपछि ३२ यात्रुसहित पुनः उक्त विमान यहाँबाट काठमाडौं प्रस्थानको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । उनले कतार एयरवेजले दैनिक दोहा-भैरहवा-काठमाडौं-दोहा रुटमा एउटा उडान गर्ने बताए । उनका अनुसार नियमित तालिका अनुसार उक्त विमान दिउँसो २ः४५ बजे भैरहवा अवतरण गर्ने र यहाँबाट ४ः४५ बजे काठमाडौं प्रस्थान गर्ने तालिका…
भैरहवा, २७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई घुससहित कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको स्रोतले बतायो । अख्तियारले आफु निर्वाचित वडा क्षेत्रबाट अदालतका दुई जना कर्मचारीलाई पक्राउ गरेको कपिलवस्तु नगरपालिका वडा नम्बर एकका वडाअध्यक्ष मोहम्मद जाहिद खाँले पुष्टि गरे । दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया थालिएको बुझिएको छ ।
भैरहवा, २६ कार्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको आरोपमा भैरहवा ल्याएलग्तै जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा भैरहवा ल्याइएको हो । कार्यालयमा प्रहरी पुराएलग्त्तै बयान सुरु गरिएको स्रोतले बतायो । ‘बयान लिनका लागि जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ताहरु छन्’,स्रोतले भन्यो,‘बयान सुरु भइसकेको छ । प्रहरीका डीएसपीसहितका अधिकारीहरु पनि उपस्थित छन् ।’
भैरहवा, २६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रुपन्देही ल्याइएको हो । भैरहवा ल्याइएका रविलाई हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिने र त्यसपछि बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिने तयारी रहेको प्रहरी स्रोतले बतायो । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपा नेता, कार्यकर्ता भैरहवा विमानस्थल बाहिर जम्मा भएका छन् । रास्वपाले सभापति लामिछाने पक्राउको विरोधमा भैरहवामा विरोधका कार्यक्रम गर्न लागेको छ । उक्त संकेत पाएपछि…
भैरहवा, २७ कार्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याईदैँछ । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याउन लागिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानलाई मंगलबार बयानका लागि रुपन्देही ल्याउन लागिएको हो । पोखराबाट बिहान ७:४५ बजेको बुद्ध एयरको फ्लाईटमा रुपन्देही ल्याउने तालिका भएपनि मौसमका कारण भैरहवा विमानस्थल बन्द रहेकोले पोखराबाट विमानले उडान भरेको छैन । रविलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लैजाने र त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लैजाने तालिका रहेको प्रहरी स्रोतले जनाएको छ । भैरहवा विमानस्थल बाहिर रास्वपाका नेता, कार्यकर्ता जम्मा भएका छन् । सुरक्षा…
बुटवल,२५ कार्तिक । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्वमन्त्री अमरसिंह पुनले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताएका छन्। उनले सरकारले स्वास्थ्य बिमालाई ब्यापक बनाउनुका साथै नीजि क्षेत्रका अस्पतालहरुलाई पनि समेटे धेरै नागरिकले यसको लाभ लिन सक्ने बताए। बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै पुर्वमन्त्री पुनले बिमाका नाममा सरकारी अस्पतालहरुबाट सेवा लिन बिरामीलाई निकै कष्ट भएको गुनासो आएकोले सरकारले विमामा नीजि स्वास्थ्य संस्थाहरुलाई पनि समेटेर अघि बढ्नुपर्ने बताए। उनले नीजि क्षेत्रले बनाएका सुविधा सम्पन्न अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिने सक्ने बाताबरण बनाउन तिनै तहका सरकारलाई सुझाव दिए । उनले बुटवलमा बिरामी आएपछि भारतीय शहर देखि राजधानी काठमाडौं जान…