


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानूनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । दाङको लमहीमा प्रदेश स्तरीय अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्ने गरी भूमिका निर्वाह गरिरहेको बताए । उनले प्रदेश सरकारले संक्रमणकालिन न्यायको परिपूर्ति गर्न परिपुरणको योजना अघि बढाएको समेत बताए । द्वन्द्व र द्वन्द्वपश्चातको शान्ति प्रक्रिया, नीति निर्माणमा महिलाको सहभागीता, महिला र बालिकाहरुको सबै प्रकारका अधिकारहरुको संरक्षणका लागि प्रदेश सरकारले नीगित सुधार गरेर ध्यान दिएको समेत उनले बताए । ‘संक्रमणकालिन न्यायलाई अन्तिम टुंगोमा…
दाङ,१२ कार्तिक। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर मृत अवस्थामा भेटिएका छन् । गत असोज २४ गते पिङ खेल्न आएको नाबालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धान गर्नका लागि प्रहरी नियन्त्रणमा लिइएको थियो। आफैंले लगाएको कपडाको पासो लगाएर शौचालयमा भेन्टिलेसनमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसी जानकारी दिए। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
सलमान खानभैरहवा, १२ कार्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्र्तगत सिद्धार्थ राजमार्गमा लगाइएका फुल तथा बोटविरुवाहरु भाँच्ने, उखाल्ने लगायत गतिविधि भएपछि सिद्धार्थनगरले त्यस्ता गतिविधी गर्ने व्यक्तिबारे सूचना दिए पुरस्कारको प्रदान गर्ने जनाएको छ। सिद्धार्थनगर नगरपालिकाको मेयरमा इश्तियाक अहमद खाँ निर्वाचित भएपछि उनले नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’को रुपमा विकास गर्नका लागि विभिन्न योजना अघि बढाएका छन् । जसअन्र्तगत राजमार्गसहित नगर क्षेत्रमा विभिन्न प्रजातिका फुल, बोटविरुवा लगाइएको छ । लगाइएका फुलहरु फुलेपछि नगर क्षेत्र सुन्दर देखिन थालेको छ भने रुखका विरुवा हुर्किदा हरियाली भएको छ। तर, केही दिनदेखि रातीको समयमा अज्ञात व्यक्तिद्धारा लगाइएका फुल तथा बोटविरुवा भाँच्ने, जरैबाट उखालेर फाल्ने जस्ता…
भैरहवा, १२ कार्तिक। रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा सञ्चालित मिसेज लुम्बिनी प्रदेशको अडिसन राउण्ड सम्पन्न भएको छ । मिसेज लुम्बिनी प्रदेशका लागि शनिवार भैरहवामा अडिसन भएको क्लबका अध्यक्ष ओम जैसीले बताए । अडिसनमा रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा र गुल्मीबाट गरी ४७ जनाको सहभागीता थियो । जसमध्ये ३० जना छनौट भएको अध्यक्ष जैसीले बताए। अडिसनमा निर्णायक उकेश मान ज्ञवाली (मिस्टर लुम्बिनी–२०१८), आमिसा थापा (मिस पश्चिमाञ्चल–२०२१) तथा कोरियोग्राफर, मुना राना (फेशन डिजाईनर), लिटिल एन्जल्स स्कूलका प्राचार्य सुमन गोपाल र गायिका देबिका बन्दनाको उपस्थिति थियो। महिला सशक्तिकरण र क्लबको उचाईलाई अझ माथि पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लब अफ लुम्बिनी…
भैरहवा, १० कार्तिक । गत ०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर २ र १३ मा वडाअध्यक्ष पदका उम्मेदवारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। वडा नम्बर २ मा वडाअध्यक्षको उम्मेदवारी दिएका सुनिल कुमार पुन र वडा नम्बर १३ मा उम्मेदवारी दिएका नितेश जालन्धर कांग्रेसमा प्रवेश गरेका हुन् । निर्वाचनमा पुन ७ मतले पराजित भएका थिए भने जालन्धरले चौथो स्थानमा थिए। नेपाली कांग्रेस सिद्धार्थनगर समितिले शनिबार भैरहवामा आयोजना गरेको क्रियाशील भेला तथा दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले टिका, माला लगाएर पार्टीको सदस्यता…
भैरहवा,१०कार्तिक। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको विद्युत लाइन काटेपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लाल आयोगको प्रतिवेदन नै समस्याको समाधानको रहेको जनाएको छ । प्राधिकरणले विद्युत महशुल भुक्तानी नगरेको भन्दै डेडिकेटेड तथा ट्रंक लाइन विवादमा रहेका ३४ वटा उद्योगको बिहीवार राति लाइन काटेको छ। ‘विवादका कारण बारम्बार उद्योगहरुको बिजुलीको लाइन काटिदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परि गलत सन्देश जाने देखिन्छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो विवाद समाधानका लागि लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्धारा सबैपक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको महासंघको ठहर छ ।’ महासंघले विभिन्न समयमा विभिन्न प्रक्रिया बिजुली उपलब्ध…
भैरहवा,१० कार्तिक। नेपाल विद्युत प्राधिकरणले रुपन्देहीका १८ वटा उद्योगहरुको विद्युत लाइन काटेको छ। प्राधिकरणले विद्युत महशुल भुक्तानी नगरेको भन्दै डेडिकेटेड तथा ट्रंक लाइन विवादमा रहेका रुपन्देहीका १८ वटा उद्योगहरुको बिहीवार राति विद्युत लाइन काटेको हो। मुलुकमा उद्योगहरुको लाइन काटिएको मध्ये सबैभन्दा धेरै रुपन्देही जिल्लाका उद्योगहरुको लाइन काटिएको छ। माग र प्रयोग नगरेको डेडिकेटेड तथा ट्रंक लाइनको नाममा पठाइएको बिलको आफुहरुले भुक्तानी गर्न नसक्ने उद्योगीहरुले बताउँदै आएका छन्। नेपाल विद्युत प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले मुलुकभरिमा लाइन काटिएका ३४ वटा उद्योगमध्ये २३ वटा लुम्बिनी प्रदेशका रहेको बताए । उनका अनुसार विद्युत लाइन काटिनेमा रुपन्देही जिल्लाका १८ वटा छन् ।…
उदयपुर,९ कार्तिक। कौडा खेल्दै गरेको ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिकाका राजु कार्की, बिजय राई, रबिन्द्र राई, बसन्त राई, गेशराज राउत, पदम राई, रौतामाई गाउँपालिकाका कमल तामाङ, मनोज मगर र जयकुमार राई रहेको प्रहरीले जनाएको छ। उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुन माथानेटोल स्थित कुखुराको फार्म हाउसमा जुवा खेलिरहेको अवस्थामा नगद चार लाख १४ हजार बढी रुपैयाँ र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको उदयपुरका एसपी हरीहरनाथ योगीले बताए । पक्राउ परेकाहरु उपर जुवा ऐन अन्र्तगत कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मर्चवार, ९ कार्तिक । मर्चवार आदर्श बहुमुखी क्याम्पसको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोटहीमाई–५ मझगावाँ स्थित उक्त क्याम्पसले एक कार्यक्रमका बिच आर्थिक वर्ष २०८०/०८१ को खर्च-आम्दानी सहित गरिएको विभिन्न गतिविधि प्रस्तुत गर्दै सभा सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा रुपन्देही जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीले मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारको शैक्षिक धरोहरको रुपमा रहेको बताए । मर्चवार क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसलाई संरक्षण गर्न सबैलाई आग्रह गरेका थिए । उनले भने ‘अन्य लक्षित कार्यक्रम जस्तो होइन मर्चवार आदर्श बहुमुखी क्याम्पसले प्रभावकारी…
भैरहवा,८ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको छ । बिहीवार जिल्ला अदालत रुपन्देहीका न्यायधिश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले क्लिक लुम्बिनीलाई जानकारी दिए। उनका अनुसार सभापति लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा अपचलन भएको संसदीय छानबिन समितिले ठहर गरेको थियो । अदालतको अनुमित दिएसँगै कास्की प्रहरीको नियन्त्रणमा रहेका सभापति लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ ।…