


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,३असोज। भैरहवा भन्सार कार्यालयका नव आगन्तुक प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले राज्यलाई फाईदा हुने कामको लागि स्थानीयहरुसंग हातेमालो गरेर अघि बढ्ने बताएका छन्। नेपाल भारत मैत्री संघ, बेलहिया उपशाखा र सोसाईटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स नेपाल लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा भैरहवामा आयोजित संविधान दिवस तथा स्वागत कार्यक्रममा बोल्दै भन्सार अधिकृत रेग्मीले सकारात्मक र देशको हितमा हुने काम गर्न आफु तत्पर रहेको बताए। राज्यलाई फाईदा तथा हितमा हुने काम गर्न तयार रहेको र राज्यलाई घाटा हुने काममा भने आफु सधै निर्मम हुने उनले बताए । उनले सीमामा आवातजावत सहज भए यसै क्षेत्रको पर्यटन बढ्ने र आफु यसको लागि सधै…
हृदयराम गुप्तामर्चवार,३ असोज । संविधान दिवसको अवसरमा रुपन्देहीको कोटहीमाई गाउँपालिकामा आयोजिता वक्तृत्वकला प्रतियोगितामा श्री बोगडी माध्यमिक विद्यालयका अरुन यादव प्रथम भएका छन्। पालिकाले दिवसको अवसरमा सामुदायिक विद्यालयका माध्यमिक स्तरबाट अन्तर विद्यालय स्तरीय प्रतियोगिता आयोेजना गरेको थियो। ‘संविधान र समावेशिता’ विषयक भएको उक्त प्रतियोगतामा सहभागी पालिका भित्रका ७ वटा विद्यालयबाट १४ जना विद्यार्थीहरु मध्ये १३ जनालाई पछि पार्दै कक्षा ९ मा अध्यनरत यादवले प्रथम भएको प्रतियोगिता मुल्यांकन समिति संयोजक जगदिश्वर यादवले बताए । उनका अनुसार उक्त प्रतियोगितामा श्री लालविहारी माध्यमिक विद्यालयको छात्रा रिया कुमारी नाउ दित्तीय, श्री बोगडी माध्यमिक विद्यालयको छात्रा लक्ष्मी प्रजापति तृतीय र श्री मर्यादपुर माध्यमिक विद्यालयका छात्र नारायण…
भैरहवा, ३ असोज । रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनाइएको छ। दिवसको अवसरमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विभिन्न प्रतियोगिता, सम्मान, शैक्षिक बहस एवं पुरस्कार वितरण गरेको छ । रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकहरुबीच मैत्रीपूर्ण ज्ञान आदानप्रदान, माध्यमिक तहका विद्यार्थीहरुबीच प्रतिष्र्धात्मक हाजिरीजवाफ प्रतियोगिता, विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगिता र माध्यमिक तह विद्यार्थीस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । जसअन्तर्गत माध्यमिक विद्यालयस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगितामा बगहा माध्यमिक विद्यालय प्रथम, बुद्ध त्रिवेणी पब्लिक हाई स्कूल द्वितीय र श्री छिपागढ माध्यमिक विद्यालय तृतीय…
भैरहवा,२असोज । भारतबाट भन्सार छलेर अवैध रुपमा भित्राइएको कपडा प्रहरीले बरामद गरेको छ। वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ शिवमन्दिर स्थित लु ३ च ६५१९ नम्बरको गाडी (छोटा हात्ती) चेकजाँच गर्ने क्रममा कपडा बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार नियन्त्रणमा लिइएको उक्त गाडीबाट ७ लाख ३२ मूल्य बराबरको ३६४ थान कुर्था सुरुवाल, ७९२ थान टप्स, कढाई कुर्ता सुरुवाल १४८ थान बरामद भएको हो। साथै भन्सार छलेर भित्राइएको कपडा ढुवानीमा प्रयोग भएको गाडीका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ का कुञ्जलापुरका ३२ वर्षीय साजन विकलाई पक्राउ गरिएको उनले जनाए। पक्राउ परेका…
भैरहवा,२असोज। प्रहरीले लागुऔषधसहित तीन जना युवाहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका-१ का २६ वर्षीय शैलेश कुमार सहानी, कोटहीमाई गाउँपालिका-२ का २१ वर्षीय रामकरण हरिजन र भारत, महाराजगंज जिल्लाका नौतनवा बरवाभुज-१३ का ३० वर्षीय सुरज कुम्हाल रहेको प्रहरीले जनाएको छ। लागुऔषधको कारोबार भइरहेको विषयमा प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रणमा ब्यूरो शाखा भैरहवाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई भैरहवाको लुम्बिनी रोडबाट पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेकाहरुका साथबाट फेनरागन, डाईजेपाम, टालजेसिक एक हजार २ सय एम्फुल र लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ…
भैरहवा,२असोज। लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या समाधानका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई निर्देशन दिने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनका लागि लुम्बिनी आएको संसदीय समितिको टोलीसंग शिक्षा दिवसको अवसरमा बुधबार भएको छलफलमा विश्वविद्यालयका समस्या समाधान लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग छलफल गरी सरकारलाई निर्देशन दिने जनाएको हो । समितीले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले अन्तराष्ट्रिय पहिचान बनाउँदै विदेशी विद्यार्थी ल्याउन सक्ने निष्कर्ष निकालेको छ। संसदीय समितिको अध्ययन टोलीले विशिष्टिकृत विश्वविद्यालयका रुपमा स्थापित विश्वविद्यालयलाई सोही रुपमा सरकारले ध्यान दिनुपर्ने बताएको छ । ‘हामी विश्वविद्यालयका समस्या समाधान तथा उच्च शिक्षाका नीतिका सन्दर्भमा मन्त्रालयसंग छलफल…
भैरहवा,२असोज। स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ। बुधवार अयोगले विज्ञप्ति जारी गर्दै स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने दलले असोज १० गते देखि १६ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ। यस्तै असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ। त्यस्तै कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गते निर्वाचन कार्यक्रम सञ्चाल गर्ने विज्ञप्तिमा उल्लेख छ। सरकारले…
भैरहवा,२असोज। गृह मन्त्रालयले १२ जना सीडिओसहित मातहतका ३६ जना कर्मचारीहरुको सरुवा र पदस्पथान गरेको छ। बुधबार बसेको बैठकले उनीहरूको सरुवा र पदस्थापन गरेको हो। मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ । हेर्नुहोस् सूची, कसको सरुवा कहाँ?
दाङ,२ असोज। उमेरले ६० वर्ष पुगे सुर्खेतका दिलबहादुर शाही । दसैं पर्व आउन लागेकोमा नागरिकमा खुशीयाली छ। सबै खर्चको जोहोमा छन् । तर, दसैं नजिकिदै गएसँगै शाहीलाई पर्वको खर्चको सताउन थाल्यो। त्यसपछि उनले प्रदेश सरकारका मुख्यमन्त्रीलाई भेट्ने सोच बनाए। र, शिरमा ढाका टोपी ढल्काएर र खुट्टामा प्लाष्टिकको चप्पल लगाएर पिठ्यूमा भारी बोकी उनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीका लागि हिडे। बुधवार उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गरे। र, घरबाटै ल्याएको हातले बनाएको काठको कोसीले उनले मुख्यमन्त्रीलाई कोसेलीको रुपमा दिए। ‘यो काठको कोसी हो । हातैले बनाएको हो। यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’उनले भने ,‘मुख्यमन्त्री ज्यू, दसैं आईहाल्यो त ।…
काठमाडौं,२असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसनधान गर्नका लागि जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्नका लागि प्रहरीले अदालतबाट अनुमति माग गरेको थियो। जसअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले प्रसाईंसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गर्नका लागि पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले बताए।