


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,७असोज। मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई मंगलबार जनही ८ वर्ष १ महिना कैद हुने सजाय निर्धारण गरेको हो। विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । सोमबार उक्त फैसलामा सजाय निर्धारण गरेको हो । निर्माण र परामर्शदाता तीन कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनालाई अभियोगबाट सफाइ दिएको थियो । पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका थिए । अदालतका अध्यक्ष टेकनारायण कुँवर…
भैरहवा,७ असोज। नेपाल प्रहरीका दुई डीआईजीको सरुवा भएको छ । निमित्त आईजिपी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजीद्वय अर्जुन चन्द ठकुरी र जनक भट्टराईको सरुवा गरिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा गरिएको छ। मदिरा सेवन गरेर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा उनलाई कर्णाली प्रदेशबाट विभागमा सरुवा गरिएको बताइएको छ। त्यस्तै कर्णाली प्रदेशमा डीआईजी जनक भट्टराईलाई पठाइएको छ।
भैरहवा,७असोज। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले फेरी नियमित सेवा दिने भएका छ। यस अघि पनि हप्ता तीन दिन उडान देखि दैनिक उडान सेवा दिएको जजिराको बीच सेवा रोकिन पुगेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरा एयरवेजसँग विमानस्थल सञ्चालन हुने समय भित्र सेवा प्रदानका लागि उडान तालिका माग गरेका थियो । जसअनुसार जजिराले जाडोयामको सेवा प्रदानका गर्नका लागि तालिका सहितको पत्र पठाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनका अनुसार जजिराले ६ः२५ मा विमानस्थलमा आएर ७ः३० मा उडान गर्ने गरी अनुमतिका लागि पत्र पठाएको छ । पत्र स्वीकृत पश्चात जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा फेरी नियमित उडान सेवा प्रदान गर्नेछ। विमानस्थल बन्द…
भैरहवा,७ असोज। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन्। ग्रीसको यूएस ड्रग इन्फ्रोसमेन्ट एडमिन्सिट्रेसनको आयोजनामा हुने ३८औं अन्तर्राष्ट्रिय ड्रग इन्फ्रोसमेन्ट सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीका अनुसार असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय ड्रग इन्फ्रोसमेन्ट सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर ग्रीस गएका हुन्। सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्यसमेत सहभागी हुनेछन्। उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू वरिष्ठ प्रहरी अधिकृतहरु लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विदाइ गरेका छन्। प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई नेपाल…
भैरहवा,७ असोज। चाडपर्व लक्षित सुपथ मूल्य पसल रुपन्देहीको भैरहवामा पनि सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाले दसैं,तिहार, नेपाल सम्वत, छठ् पर्वको अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उपभोक्ता बाबुराम घिमिरेलाई चामल हस्तान्तरण गर्दै उक्त पसलको उद्घाटन गरे। आयोजित समारोहलाई सम्बोधन गर्दै अधिकारी अर्यालले आर्थिक रुपमा विपन्न व्यक्तिहरुलाई लक्षित गरेर सूपथ मूल्य पसल सञ्चालन गरिएको बताए । उनले भने,‘लक्षित वर्गको पहिचान गरी ती वर्गसम्म पुग्नुपर्छ । यसको उद्देश्य अनुसार लक्षित वर्षसम्म पुगोस् । पाउनु पर्नेले नपाउने र नपाउनु पर्नेले पाउने नहोस् ।’ खाद्य व्यवस्था तथा व्यापार…
भैरहवा,७असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० सय रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी तोलाको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला चाँदी सोही रकममा खरिदबिक्री भएको महासंघले जनाएको छ।
भैरहवा,७असोज। नेपाली कांग्रेस क्षेत्र नंम्बर ३, रूपन्देहीले पार्टीका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ । भैरहवामा भएको कार्यक्रममा नेता खाणले वर्तमान गठबन्धन सरकार निर्माणको औचित्य र चुनौतिहरु, शान्ति प्रक्रिया, अन्य राजनैतिक दलका गतिविधिहरु, कांग्रेसका नेता–कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विकासका गतिविधिहरुबारे भनाइ राखेका थिए । उनले कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले आगामी कार्तिक ३० देखि मंसिर १ गतेसम्म आयोजना गर्न लागेको प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको दुईदिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम आफैमा महत्वपूर्ण र रुपन्देही जिल्लाको लागि नै गौरवको विषय भएको बताए । उनले यो कार्यक्रमलाई सफल बनाउन सबैजना लाग्नुपर्नेमा जोड…
धनुषा,७ असोज। धनुषा प्रहरीको हिरासतबाट नौ जना थुनुवाहरु फरार भएका छन्। हिरासत कक्षको भेन्टिलेसन तोडेर एका बिहानै नौ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन्। हिरासतबाट कुल ९ जना फरार भएकोमा एक जना सत्यम झालाई पक्राउ गरिएको डिएसपी अवाले बताए। फरार भएका अन्य आठ जनाको खोजी भइरहको धनुषा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा दुईतले हिरासत…
भैरहवा,७असोज। नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दर्जाका अधिकृतहरुको सरुवाको गृहकार्य थालिएको छ ।एक वर्ष अवधि पुगेको र कार्यक्षमता कमजोर देखिएका एसपीहरुको सरुवाको गृहकार्य थालिएको हो। कपिलवस्तु, दाङ, बाँके, कास्की, सुनसरी, सप्तरी, मकवानपुर, पूर्वीनवलपरासी लगायत जिल्लाका एसपीहरुको अवधि पुगिसकेको छ भने धनुषा, सर्लाही, बारा, सिरहा लगायत जिल्लाका एसपीहरुको कमाण्ड कन्ट्रोल प्रभावकारी र आर्थिक पारदर्शीता नदेखिएकोले उनीहरुको पनि सरुवा गर्न गृहकार्य थालिएको छ। दस जिल्लाका लागि २५ भन्दा बढी एसपीको दौडधूप भइरहेको छ। एसपीहरु ढकेन्द्र खतिवडा, कोमल शाह, अर्जुन तिमल्सिना, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे आर्कषक जिल्लामा जानका लागि दौडधुपमा लागेको बुझिएको…
भैरहवा,६असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधको आरोपमा प्रहरी आइतबार प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित उनको निवासबाट पक्राउ गरेको थियो।साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।