


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१७ जेठ । नेपालको स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। सरकारले सुनको भन्सार दर बढाएपछि आइतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेको हो। सुनको भन्सार महशुल दर १० प्रतिशत रहेकोमा सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटमा बढाएर २० प्रतिशत पुर्याएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनप्रति तोला ३ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। गत शुक्रबार ५ हजार ४० रुपैयाँ प्रतितोला चाँदी आज ५ हजार ३४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
भैरहवा, १६ जेठ । भारतमा अलपत्र परेका ४ सय ५३ जना नेपाली नागरिकहरुको उद्दार गरेर भैरहवा ल्याइएको छ। रोजगारीको प्रलोभनमा परी भारतको कुशीनगर जिल्लामा अलपत्रमा परेका उनीहलाई भारतस्थित नेपाली राजदूतावास र भारतीय प्रहरीको समन्वयमा उद्दार गरी शनिवार भैरहवा ल्याइएको प्रहरीले जनाएको छ । उद्दार गरिएका ल्याइएका नेपाली नागरिकहरु विभिन्न जिल्लाका हुन् । प्रहरीका अनुसार, उद्दार गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका उनीहरुलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ । नेटवर्किंङ व्यवसायमा राम्रो आम्दानीको प्रलोभनमा उनीहरु भारत पुगेका थिए ।
काठमाडौं,१३ जेठ। राष्ट्रिय मानवअधिकार आयोगले ०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न सिफारिस गरेको छ। ‘गत २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लंघनका सम्बन्धमा आयोगको मिति २०८३ जेठ १२ गतेको बैठकले निर्णयरसिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ,’ आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कानुनी दायित्व पूरा नगरेको भन्दै कारबाही गर्न सिफारिस गरेको छ…
काठमाडौं,१३ जेठ। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीदेखि युट्युबरसम्मलाई सुक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले गत भदौ २३ र २४ गतेको घटनाको प्रतिवेदन सार्वजनिक गर्दै जेनजी अभियन्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कन्टेन्ट क्रियटरहरुमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले ४९ जना व्यक्तिहरुमाथि अनुसन्धान गर्न र दोषी देखिए कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको हो। अनुसन्धानको घेरामा तानिनेमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की,डा.तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुड, अमनप्रताप अधिकारी, विवेक थपलिया,…
काठमाडौं,१३ जेठ। स्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिँदै आएको स्वास्थ्य बिमा कार्यक्रम जेठ १६ गतेदेखि स्थगित गर्ने निर्णय गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले बढ्दो वित्तीय सङ्कटलाई ध्यानमा राख्दै अर्को निर्णय नभएसम्मका लागि आकस्मिक सेवाबाहेक निजी अस्पतालमार्फत प्रदान गरिने स्वास्थ्य बिमासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिइन्। यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं स्वास्थ्य संस्था, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार हाल बोर्डमा ३६ निजी अस्पताल आबद्ध छन्।…
काठमाडौं,१३ जेठ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको बताएकी छिन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई बिक्री गरिसकिएको बताइन् । सरकारले लागत साझेदारीका आधारमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मन्त्री चौधरीले गोदाममा भण्डारण र नेपालमा आयात हुँदै गरेको हाल १ लाख ४० हजार ५८५ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिइन्। मन्त्री चौधरीले गोदाममा मल मौज्दात रहेको संसद्मा जानकारी गराएपनि किसानहरुले खेतीको समयमा नै मल नपाइएको गुनासो गरेका छन्।…
हृदयराम गुप्ता मर्चवार,१३ जेठ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ स्थित श्री लालबिहारी माध्यमिक विद्यालयमा आँखा तथा दाँत परीक्षण शिविर गरिएको छ। रोटरी क्लब मेडिको फ्युजन, रोटरी क्लब अफ सेन्ट्रल बुटवल तथा रोटरी क्लब अफ तिनाउ बुटवलको संयुक्त आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा र आले डेन्टल क्लिनिक, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा करिब ३ सय विद्यार्थीहरुको स्वास्थ्य परीक्षण भएको कार्यक्रम संयोजक बाबुराम भट्टराईले जानकारी दिए। ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको आधारभूत स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको रोटरी क्लबका अध्यक्ष पुरनबहादुर ज्ञवालीले बताए।उनका अनुसार, आँखा परीक्षण गरिएका करिब १ सय विद्यार्थीमध्ये करिब १० प्रतिशतमा र दाँत परीक्षण…
काठमाडौं,१२ जेठ । प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्ला लहान नगरपालिका–१५ का १९ वर्षीय सुरज राई रहेका रहेको प्रहरीले जनाएको छ। ललितपुर महानगरपालिका–१२, लगनखेल बसपार्क नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय लगनखेल खटिएको टोलीले नक्कली नोटसहित राईलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ परेका राईको साथबाट ५०० दरका १६ थान नक्कली नेपाली नोट बरामद भएको छ। बरामद सबै नोटहरुमा ज/१३ ६८६४२७ नम्बर उल्लेख रहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज,१२ जेठ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार, अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश गरेको हो । गत जेठ ४ गते वीरगञ्जको एक होटलबाट पक्राउ परेका प्रसाईँलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो।
भारत । भारतको तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजय चन्द्रशेखरले सहकारी बैंकहरुबाट सीमान्त किसानले लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्। उनले सहकारी बैंकहरुबाट बाली ऋण लिएका ठूला किसानले पनि ५ हजार रुपैयाँ राहत पाउने जानकारी आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत सार्वजनिक गरेका हुन्। मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा आयोजित समीक्षा बैठकपछि उक्त घोषणा गरिएको हो। बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी.गान्धीराज, वित्त मन्त्री एन.मेरी विल्सन तथा वरिष्ठ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो। तमिलनाडु सरकारका अनुसार, उक्त निर्णयबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन् भने यसका लागि सरकारलाई थप २,०४४.४६ करोड रुपैयाँ खर्च हुने…