Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१५ बैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र इन्धन दुरुपयोग आरोपको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएकी छन्। जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा मन्त्रालयका कर्मचारीहरुले इन्धन लिने गरेको आरोप पश्चात मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । गठित समितिले इन्धन दुरुपयोग भए/नभएको विषयमा छानबिन गर्ने बताइएको छ। घटनाका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गरी जलेका सवारीसाधनको नाममा इन्धनको दुरुपयोग नभएको व्यहोरा सार्वजनिक गरेकोले प्रकाशित समाचारमा भएको त्रुटि सम्पादन गरी सच्याइएको छ–सं. जलेका गाडीका नाममा इन्धनको दुरुपयोग भएको छैन: स्वास्थ्य मन्त्रालय

Read More

काठमाडौं,१५ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा दुवैविरुद्ध विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार, झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यको मिलेमतोमा करिब १ करोड रुपैयाँ बराबरको अनियमितता गरेका छन्। आरोपपत्रमा उल्लेख भएअनुसार नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी बिल भर्पाइ तयार गरी प्रधानाध्यापक र लेखापालले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएका छन्। त्यसैगरी, विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५२१ रुपैयाँ नगद हिनामिना गरिएको र…

Read More

काठमाडौं,१५ वैशाख। मुलुकमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिए पनि प्रतिव्यक्ति आयमा उल्लेख्य सुधार देखिएको छैन। प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकै अवस्थामा चालु आर्थिक वर्ष २०८२र८३ मा पनि सोही स्तर १ हजार ५३५ अमेरिकी डलरमै कायम रहने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भने बढ्ने भएको छ। आर्थिक वर्षको अन्त्यसम्म यस्तो उत्पादन २ हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान छ, जुन गत आर्थिक वर्षको १ हजार ९९४ अमेरिकी डलरको तुलनामा वृद्धि हो। यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आयमा…

Read More

काठमाडौं,१५ बैशाख। जल तथा मौसम विज्ञान विभाग मंगलबार र बुधवार केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। दुई दिन सातै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेकोले विभागको आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै…

Read More

कैलाली,१४ बैशाख । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका २ का ३१ वर्षीय सुरेश अवस्थीलाई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, २० वर्षीया युवतीले धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा जबरजस्ती करणी गरेको भन्दै दिएको जाहेरीको आधारमा सुरेशलाई पक्राउ गरिएको हो । आरोपीलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,१४ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेताका रुपमा चयन गर्ने निर्णय गरेको छ। बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेता बनाउने निर्णय गरेको हो। उक्त निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक रुपमा अनुमोदन गर्ने तयारी गरिएको छ। २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक सर्वसम्मत रुपमा दलको नेता चयन गर्न लागेको हो । आङ्देम्बे नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद हुन्।

Read More

कपिलवस्तु,१४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले कपिलवस्तु क्षेत्र नम्बर ३ को समस्याबारे जानकारी लिएकी छन्। प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नजितेको क्षेत्रको समस्या र मागहरुको सहज सम्बोधन गर्ने उद्देश्यले रास्वपाले ४० जना समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकेको थियो । जसअनुसार अग्रवाललाई कपिलवस्तु क्षेत्र नम्बर ३ को जिम्मेवारी दिइएको थियो । जिम्मेवारी अनुसार अग्रवालले क्षेत्रको कृष्णनगर नगरपालिकामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले जनप्रतिनिधि, सुरक्षा अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय बासिन्दाहरुसँग क्षेत्रगत समस्याबारे जानकारी लिएकी हुन् । उनले सरकारको मुख्य उद्देश्य नै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र जनचाहना अनुसार विकास गर्ने रहेको…

Read More

भैरहवा,१४ बैशाख । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट थप ८३ जनालाई नियन्त्रणमा लिएको छ । यसअघि प्रहरीले शनिवार जिल्लामा विशेष स्वीप अपरेशन चलाएर शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै दुई घण्टामा १०३ जनालाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटका अनुसार, आईतबार बेलुका ६ बजेदेखि राती १० बजेसम्म (४ घण्टा) चलाइएको स्वीप अपरेशन अन्र्तगत जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा ८३ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ८३ जनाहरुले पनि शान्ति सुरक्षामा खलल पुर्याएको रुपन्देही प्रहरीको दावी छ । शनिवार र आईतबार गरी नियन्त्रणमा लिइएका १८६ जनाको नाम, थर, वतन भने प्रहरीले सार्वजनिक गरेको छैन । नियन्त्रणमा…

Read More

भैरहवा,१४ बैशाख । रुपन्देही प्रहरीले बुवाको हत्याको आरोपमा छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, गत बैशाख ११ गते कञ्चन गाउँपालिका–४ बेलडाँडामा पक्राउ परेका छोरा २४ वर्षीय सुनिल थारुले ५८ वर्षीय बुवा जंगबहादुर थारुको घाँटी अठ्याएर बेहोस भएपछि फरार भएका थिए । बेहोस भएका जंगबहादुरलाई उपचारका लागि कपिलवस्तुको पिपर अस्पतालमा पुर्याउँदा चिक्तिसकले मृत घोषणा गरेका थिए । घटना पश्चात फरार छोरालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Read More

लुम्बिनी,१४ बैशाख । रुपन्देही प्रहरीले कर्तव्य ज्यान (हत्या) मुद्दाको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । गत चैत २२ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ निपनिया स्थित आफ्नै घरमा १४ वर्षीय सुरज चाई मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार, घटनाको अनुसन्धानका क्रममा सुरज चाईको हत्या गरी शव झुण्ड्याइएको खुलेपछि इलाका प्रहरी कार्यालय लुम्बिनीले घटनामा संग्लन दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जनाको नाम,थर, वतन प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप…

Read More