Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १५ भदौ । भैरहवा भन्सार कार्यालयले सक्रियता बढाएपछि भन्सार छलेर भित्राइएको साम्रगीहरु धमाधम बरामद हुन थालेको छ । कार्यालयले एक हप्ताको अन्तरालमा भन्सार छलेर भित्राइएको चिनीले भरिएको तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । एक हप्तामा मात्रै ठूलो परिमाणमा कार्यालयले ३३ हजार किलो (३३ टन) चिनी बरामद गरेको छ । तस्करहरुले भारतबाट मोटरसाइकलमा चिनी ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने गर्दछन् । त्यसपछि ठूलो परिमाणमा ट्रकमा लोड गरेर देशका विभिन्न क्षेत्रमा पुर्याउने गरेका छन् । शुक्रवार राति लु २ ख ५३०५ नम्बरको ट्रकमा साढे दश टन चिनी (२१० बोरा) लोड गरेर अन्यत्र लैजान लागेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मधुवन क्षेत्रबाट ७…

Read More

बुटवल, १५ भदौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारीहरुलाई सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । शनिवार अस्पतालको स्तरोन्नतीका लागि १२ तले भवनको शिलान्यास पश्चात अस्पतालका विभागीय प्रमुखहरुसँग छलफल गर्दै उनले बुटवललाई आर्थिक राजधानी बनाउने विषयसँग अस्पताल जोडिएकोले सबैजना एक भएर लाग्नु पर्नेमा जोड दिए । अस्पतालको स्तरोन्नती पश्चात यस क्षेत्र स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने भन्दै उनले सरकारको तर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत गरे । अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभई दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको व्यवस्थापन पनि महत्वपूण रहेको उल्लेख…

Read More

बुटवल, १५ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १२ तले सुविधा सम्पन्न भवनमा स्तरोन्नती हुन लागेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशवासीका लागि गौरवको विषय भएको बताए । शनिवार लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रदेश सरकार दृढ रहेको बताए । ‘यो आयोजनालाइ उच्च प्राथमिकमा राखेर प्रदेश सरकारले चालु आर्थिक बर्षमा १ अर्ब ८० करोडको बजेट विनियोजन गरेको छ’,उनले भने, ‘प्रदेश सरकारले २४ अर्ब पुजिगत बजेटमा अस्पताल बाहेक ५ अर्ब ६५ करोड रुपैयाँ बजेट रुपन्देही जिल्लामा बिनियोजन गरेको छ । अब बजेटको सही कार्यान्वयन आवश्यकता छ । बजेटको सही कार्यान्वयनका लागि…

Read More

बुटवल, १५ भदौ। लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न र एक हजार दुई सय शय्या रहने भवनको शिलान्यास गरिएको छ । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो । प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयोजनाको रुपमा रहेको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले भवनको शिलान्यास गरेका हुन्। प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजना अनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ । पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ…

Read More

भैरहवा। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो। गत भदौ ६ गते न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । गत भदौ ६ गते न्यायाधीश हरि फुयालको इजलासले दिएको अन्तरिम आदेश रद्द गर्न माग गर्दै गृह मन्त्रालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो। शुक्रवार सोही निवेदनको सुनुवाई गर्दै निवेदनको माग बमोजिम सर्वोच्चले शुक्रबार भदौ ६ मा प्रहरीको सेवासम्बन्धी जारी भएको अन्तरिम आदेश खारेज गरिदिएको हो। अन्तरिम आदेश…

Read More

भैरहवा, १४ भदौ। संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्धको जन्मस्थल लुम्बिनी नै गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल चल्ने आधार रहेको बताएका छन् । विमानस्थल संचालनका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा उनी मन्त्री भएपछि पहिलो पटक विमानस्थलको शुक्रवार निरीक्षण गरेका छन् । निरीक्षणपछि सञ्चारकर्मीसगँ बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अघि बढेको बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुट सहित हवाई कम्पनीहरुलाई आर्कषित गराउन खोजिएको बताए । उनले गौतमबुद्ध विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउँदै यसैलाई अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बन्ने बताए ।…

Read More

भैरहवा, १४ भदौ। रुपन्देहीको कोटिहवामा लिस्नु कप फुटबल प्रतियोगिताको २२ औं संस्करण आगामी भदौ २२ गते देखि संचालन हुने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित लिस्नु युवा क्लबको आयोजनामा संचालन हुने उक्त प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिमध्येमा पर्दछ । तिलोत्तमाको कोटिहवा स्थित पशुपति उच्च माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुने प्रतियोगितामा १२ वटा टीमले प्रतिष्पर्धा गर्ने क्लबले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका कोषाअध्यक्ष प्रकाश पाण्डे क्षेत्री प्रतियोगिताको उपाधि विजेता टीमलाई ३ लाख २५ हजार रुपैयाँ नगद, शिल्ड र उपविजेता टीमलाई १ लाख ६५ हजार रुपैयाँ नगद र ट्रफी पुरस्कार रहेको बताए । हरेक विधाका उत्कृष्ट खेलाडीलाई ११…

Read More

भैरहवा, १४ भदौ । नवलपरासीको टेन प्लास्ट इण्डस्ट्रिजका उत्पादनको ब्राण्ड एम्बेसडरमा नेपाल क्रिकेट टिमका खेलाडी सोमपाल कामी अनुबन्धित भएका छन् । शुक्रबार एक कार्यक्रमका बिच टेन प्लास्टका प्रबन्ध निर्देशक धिरज अग्रवालले उद्योगद्धारा उत्पादित प्लम्बिङ पाइप हस्तान्तरण गर्दै एम्बेसडरमा अनुबन्धित भएको सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै सोमपालले विगत दश वर्ष देखि क्रिकेट खेलिरहेको भए पनि अहिले टेन समूहमा जोडिन पाउदा आफु भावुक भएको बताए । ‘मैले क्रिकेट खेलेको दश बर्ष भएको छ, मेरो जर्सी नम्बर पनि दश रहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा आफु टेन नामक कम्पनीको परिवार भएको छु । यसले मलाई हर्षित बनाएको छ ।’ सानै देखि भारतीय…

Read More

विराटनगर, १४ भदौ । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । गत साउन ११ गते समर्थन कायमै राख्दै माओवादी सरकारबाट बाहिरिएको थियो । माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्रले दल र सांसदको तर्फबाट समर्थन फिर्ता लिएको बताए । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की माओवादीकै समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस र एमालेको गठबन्धन…

Read More

दाङ, १४ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताएका छन् । ६० बर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा नआउदा ज्येष्ठ नागरिकहरु समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयन संगै ८० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनको भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गरिने बताए । ९२ बर्षिय ज्येष्ठ नागरिक जुद्धप्रसाद भट्टराई…

Read More