


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौँ, २४ साउन । नेपाली सेनाका वरिष्ठ रथी अशोकराज सिग्देलले कायममुकायम (कामु) प्रधान सेनापतिको जिम्मेवारी पाएका छन् । गत साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । जसअनुसार प्रधान सेनापति प्रभुराम शर्माले बिहिवार सिग्देललाई कार्यभार बुझबुझारथ गरेको बुझिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबारबाट बिदामा बस्दै छन् । तीन वर्षको कार्यकाल भदौ २४ मा पूरा हुनुभन्दा १ महिनाअघि उनी बिदामा बस्न लागेका हुन् । सैनिक सेवा नियमावली-२०६९ को दफा ९८ मा भएको व्यवस्थाबमोजिम प्रधानसेनापति पदावधि सकिनुभन्दा एक महिनाअघिबाट बिदामा बस्ने र कायममुकायम प्रधान सेनापतिलाई कमान्ड बुझबुझारथ गर्ने प्रचलन रहेको छ ।
२४ साउन, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा लागुऔषध कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । हवाइमार्ग हुँदै नेपाल भित्रिएको ती विदेशी नागरिको साथबाट ६ किलो कोकिन बरामद भएको छ ।६ किलो कोकिनसहित बिहिवार विदेशी नागरिक पक्राउ परेका हुन् । घटना विवरणबारे बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने लागुऔषध ब्यूरोले जनाएको छ ।
काठमाडौं, २४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ । प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए । मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेङ्गी डेस्क’ स्थापना गरी सम्पर्क…
काठमाडौं, २४ साउन । वैदेशिक रोजगारीका लागि दुबई (यूएई) गएका नेपालीहरुले त्यहाँ रक्सी सेवन गरेर होहल्ला-झैझगडा गर्न थालेपछि दुबईस्थित नेपाली राजदूतावासले दुबई कानुनको पालना गर्न अनुरोध गरेको छ । नेपाली दूतावास अवुधावीले एक विज्ञप्ति जारी गर्दै यूएई सरकारले आफूहरूलाई उक्त कुराको जानकारी दिएको भन्दै सचेत गराएको छ। यसअघि पनि दूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने, दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने काम भएको बताएको छ । दूतावासका सुरक्षाकर्मीलाई अपदशब्द प्रयोग गर्ने गरेको यूएई सरकारका तर्फबाट डयुटीमा खटिएका सुरक्षाकर्मीका सूचनाका आधारमा यूएई प्रहरीले कारबाही गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । सबै…
रौतहट, २४ साउन । रौतहट प्रहरीले प्रहरीको नाममा रकम असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका १ का २४ वर्षीय रमेश साह रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहले आफु सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै सर्वसाधरणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएकोले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् । प्रहरी बनेर रकम असुली गरिरहेको सूचना प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका ९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार साहले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको…
काठमाडौं, २४ साउन । नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । बुधवार १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहिवार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १७१० रुपैयाँ रहेको चाँदी बिहिवार १६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं,२३ साउन । सरकाले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न जाँझबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँझबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । जसको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन्। आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने उनले बताए । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको नाइएन-एजेडी कलसाइन हेलिकोप्टर बुधबार नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट अरुण मल्ला र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको थियो। मृत्यु हुने चिनियाँ नागरिकमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी…
काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका ७ ७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधवार एयर डाइनेस्टीको नाइएन एजेडी कलसाइन भएको हेलिकोप्टर काठमाडौंबाट रसुवा स्याफ्रुवेशीका लागि उडान भरेको तीन मिनेटमा नै टावरसँग सम्पर्कविच्छेद भएको थियो । हेलिकप्टर दुर्घटना भएलग्त्तै आगलागी भएको देखिएको छ । नेपाल प्रहरीले दुर्घटनास्थलको सार्वजनिक गरेको तस्वीर अनुसार हेलिकप्टर टुक्राटुक्रा भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार हेलिकोप्टरको क्याप्टेनसहित सवार ५ जनाको मृत्यु भएको छ । उनका अनुसार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट अरुण मल्ल, ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय…
काठमाडौं, २३ साउन । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधवार एयर डाइनेस्टीको नाइएन एजेडी कलसाइन भएको हेलिकोप्टर काठमाडौंबाट रसुवा स्याफ्रुवेशीका लागि उडान भरेको केही मिनेटमै नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटना भएको हो। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार हेलिकोप्टरको क्याप्टेनसहित सवार ५ जनाको मृत्यु भएको छ । उनका अनुसार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट अरुण मल्ल, ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीया वु यीयाओ रहेका छन्। पाइलेट बाहेक अन्य चार जना चिनियाँ नागरिक हुन् । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै…
काठमाडौं, २३ साउन । भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन् । एमाले-कांग्रेसको संयुक्त सरकार बनेपछि भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशसचिव मिश्री अर्को साता काठमाडौं आउने छन्। भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई भेटघाट गर्ने बताइएको छ । साथै, समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको छ । यद्यपी, नेपाल भ्रमणबारे नेपाल र भारतका सरकारी अधिकारीहरूले औपचारिक रुपमा केही भनेका छैनन् । उनी गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका…