


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
मर्चवार, २० भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा शव फेला परेको छ । मायादेवी गाउँपालिका-५ लुकठहवा क्षेत्रको तिनाउ नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । शवको पहिचान हुन सकेको छैन । उनका अनुसार थारु समुदायको जस्तो हुलिया भएको करिब ३५ वर्षको उमेरको पुरुषको शव बुधबार दिउँसो फेला परेको हो । फेला परेको उक्त शवलाई पोष्टमार्टमको लागि भिम अस्पताल भैरहवामा पठाइएको प्रहरीले जनाएको छ ।
दाङ, १९ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिहरुलाई असर गर्नेगरी विकृती भित्रिन थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय तीज पर्वमा भित्रिन खोजेको विकृती विसंगती रोक्ने जिम्मेवारी सबैको भएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा तीज पर्वको अवसरमा बुधवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उनले तीज संस्कृतिको जगेर्ना गरेर अघि बढ्नु सबैको कर्तब्य भएको बताए । मौलिक कला,संस्कृतीको जगेर्ना गर्दै भित्रिन खोजेको विकृती विसंगतिलाई रोक्नेगरी पर्व मनाउन उनले आग्रह गरे । ‘तीजलाइ भड्किलो बनाउन खोजिएको छ । विकृतिले घेर्न थालेको छ’उनले भने,‘भड्किलो तीजलाई निरुत्साहित गर्ने जिम्मेवारी सबैको हो ।…
भैरहवा, १९ भदौ। लुम्बिनी प्रदेश सरकारले आइतबार ६ जिल्लामा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले बड्का अत्तवारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक विदा दिएको हो । मन्त्रालयको भदौ १९ गतको निर्णय अनुसार बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी (ब.सु.प) मा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । थारू समुदायहरुले मनाउने बड्का अत्तवारी पर्व यस बर्ष भदौ २३ गते आइतबार मनाइनेछ । हेर्नुहोस् सूचनाः
भैरहवा, १९ भदौ। लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । हरितालिका (तीज) को ब्रतको अवसरमा भदौ २१ गते लुम्बिनी सरकारले प्रदेशमा बिदा दिएको हो । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीद्वारा जारी सूचनामा भनिएको छ- ‘लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को ०८० चैत २० गतेको निणर्यानुसार भदौ २१ गते शुक्रवारका दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य भएको…।’ हेर्नुहोस् सूचना:
विराटगनर, १९ भदौ। विराटनगरमा सवारी दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ। दुर्घटनामा विराटनगर–१ का २० वर्षीय सुशील कामतको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टीमोडबाट भारतको जोगवनीतर्फ जाँदै गरेको को २१ प ८९६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रानीस्थित ३ नम्बर ढाटमा ठोक्किएर दुर्घटना हुदाँ चालक कामतको उपचारको क्रममा मृत्यु भएको विराटनगर प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । शवको पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, १८ भदौ। नेकपा (माओवादी केन्द्र) ले सरकारविरुद्ध सङ्घर्ष गर्ने तयारी भइरहेको बताएको छ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र सडक दुवै ठाउँबाट सङ्घर्ष गर्ने तयारीमा आफूहरू रहेको बताएका हुन । मंगलबार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत बढेको भन्दै पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए । सरकार राष्ट्रियताको सवालमा पनि गम्भीर नभएको आरोप लगाउँदै उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले…
काठमाडौं, १८ भदौ । अफ्रिकी मुलुक कंगोको एक कारागारमा भागदौड मच्चिदा १२९ जनाको मृत्यु भएको छ । ७ वर्षअघि ४ हजार कैदीबन्दीलाई राख्न सकिने गरी निर्माण भएको कंगोको सबैभन्दा ठुलो कारागारमा चेतावनीस्वरुप गोली चलाउँदा भएको भागदौडमा उक्त घटना भएको बताइएको छ ।किन्शासाको मकाला जेलबाट भाग्न खोज्ने २४ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । अन्य सबैको भाग्ने क्रममा लडेर, निसास्सिएर मृत्यु भएको हो । कंगोका आन्तरिक मन्त्री ज्याकमिन शाबानीका अनुसार घटनामा ५९ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त कारागारमा करिब १२ हजार कैदीबन्दी रहेको बताइएको छ । भागदौडपछिको असहज अवस्थामा कारागारभित्र रहेका…
भैरहवा, १८ भदौ । मुलुकमा बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको…
काठमाडौँ, १८ भदौ। काठमाडौँ महानगरका मेयर बालेन साह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरि आक्रामक भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बालेनले आफु गलत भए पक्राउ गर्न चेतावनी दिदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका छन् । बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोस्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन् । यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोस्ट् कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ । यसै प्रसंगमा बालेनले पोस्ट् उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गरेका हुन् । उनले स्ट्याटस लेख्दै भनेका…
भैरहवा, १८ भदौ। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँच तारे टाइगर प्यालेस रिर्सोटले आफ्नो तीनवटा उद्देश्य सार्वजनिक गरेको छ । नयाँ व्यवस्थापनले संचालन गरेको वर्ष दिनको पुगेको अवसरमा रिसोर्टले कार्यक्रम आयोजना गरी उद्देश्य सार्वजनिक गरेको हो । आगामी दिनमा आफ्ना सेवालाई नयाँ दिशा प्रदान गरेर अन्तराष्ट्रिय स्तरको ख्याती प्राप्त रिर्सोट बनाउन यस्ता उद्देश्य सार्वजनिक गरिएको जनाएको छ । पहिलोवर्ष रिर्सोटलाई पूर्ण सञ्चालनका लागि आवश्यक तयारीमा बिताएको व्यवस्थापनले व्यवस्थापन, कर्मचारी र समुदायको सहकार्यमा आगामी वर्ष उपलब्धीपूर्ण बनाउने जनाएको छ । त्यसकालागि कर्मचारीलाई उत्साहित तुल्याएर समुदायसित सहकार्य गरिने व्यवस्थापनले जनाएको छ । नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको एक वर्ष पुगेको उपलक्ष्यमा सोमबार ‘सेलिब्रेटिङ आवर…