Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

रौतहट, २४ साउन । रौतहट प्रहरीले प्रहरीको नाममा रकम असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका १ का २४ वर्षीय रमेश साह रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहले आफु सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै सर्वसाधरणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएकोले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् । प्रहरी बनेर रकम असुली गरिरहेको सूचना प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका ९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार साहले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको…

Read More

काठमाडौं, २४ साउन । नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । बुधवार १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहिवार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १७१० रुपैयाँ रहेको चाँदी बिहिवार १६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं,२३ साउन । सरकाले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न जाँझबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँझबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । जसको सदस्यमा विष्णु  बस्नेत र तनुजा पोखरेल रहेका छन्। आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने उनले बताए । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको नाइएन-एजेडी कलसाइन हेलिकोप्टर बुधबार नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट अरुण मल्ला र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको थियो। मृत्यु हुने चिनियाँ नागरिकमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी…

Read More

काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका ७ ७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधवार एयर डाइनेस्टीको नाइएन एजेडी कलसाइन भएको हेलिकोप्टर काठमाडौंबाट रसुवा स्याफ्रुवेशीका लागि उडान भरेको तीन मिनेटमा नै टावरसँग सम्पर्कविच्छेद भएको थियो । हेलिकप्टर दुर्घटना भएलग्त्तै आगलागी भएको देखिएको छ । नेपाल प्रहरीले दुर्घटनास्थलको सार्वजनिक गरेको तस्वीर अनुसार हेलिकप्टर टुक्राटुक्रा भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार हेलिकोप्टरको क्याप्टेनसहित सवार ५ जनाको मृत्यु भएको छ । उनका अनुसार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट अरुण मल्ल, ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय…

Read More

काठमाडौं, २३ साउन । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधवार एयर डाइनेस्टीको नाइएन एजेडी कलसाइन भएको हेलिकोप्टर काठमाडौंबाट रसुवा स्याफ्रुवेशीका लागि उडान भरेको केही मिनेटमै नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटना भएको हो। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार हेलिकोप्टरको क्याप्टेनसहित सवार ५ जनाको मृत्यु भएको छ । उनका अनुसार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट अरुण मल्ल, ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीया वु यीयाओ रहेका छन्। पाइलेट बाहेक अन्य चार जना चिनियाँ नागरिक हुन् । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै…

Read More

काठमाडौं, २३ साउन । भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन् । एमाले-कांग्रेसको संयुक्त सरकार बनेपछि भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशसचिव मिश्री अर्को साता काठमाडौं आउने छन्। भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई भेटघाट गर्ने बताइएको छ । साथै, समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको छ । यद्यपी, नेपाल भ्रमणबारे नेपाल र भारतका सरकारी अधिकारीहरूले औपचारिक रुपमा केही भनेका छैनन् । उनी गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका…

Read More

काठमाडौं, २३ साउन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात किलो लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ल्याटिभियन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका भाल्टर्स दोहाबाट कतार एयरवेज मार्फत मंगलबार राति नेपाल आएका थिए । भाल्टर्सका साथमा रहेको ह्याण्डब्यागभित्र राखिएको सिरानीमा शंका लागेपछि चेकजाँच गर्दा पहेँलो रंगको चकलेट आकारभित्र ७ केजी ६६५ ग्राम कोकिन पाउडर बरामद भएको हो । थप अनुसन्धानका लागि विमानस्थलबाट उनलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर लगिएको छ।

Read More

काठमाडौं, २३ साउन। राष्ट्रिय किताबखाना (शिक्षक) को वेबसाइट ह्याक भएको छ । कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले बताए । ‘दुई तीनदेखि साइट ह्याक भएको रहेछ प्राविधिकहरुले हेरिरहनुभएको छ,’ उनले भने । राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइट ह्याक भएको हो ।

Read More

भैरहवा, २३ साउन । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमा सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालयसगँ भएको कार्यसम्पादन सम्झौता अनुसार देशभरका ७६ जिल्ला प्रशासन कार्यालयलाई उन्छिदै रुपन्देही पहिलो भएको हो । गत आर्थिक वर्ष २०८०/०८१ को साउन पहिलो हप्तामा गृह सचिव र प्रमुख जिल्ला अधिकारीहरुबीच भएको कार्यसम्पादन सम्झौता भएको थियो । जसअनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उक्त आर्थिक वर्षमा सेवा प्रवाहमा सहजता, जिल्लामा शान्ति-सुरक्षा कायम लगायत उत्कृष्ट कार्य गरेको थियो । कार्यसम्पादन सम्झौता अनुसार भएको मुल्याङनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरमा पहिलो बनेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये…

Read More

काठमाण्डौँ, २२ साउन । नेपाली दूतावासले बेलायतको विभिन्न सहरहरूमा भइरहेको प्रदर्शनमा सहभागी नहुन नेपाली नागरिकहरूलाई अपील गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर प्रदर्शन र हुलदंगा भइरहेका स्थानमा भ्रमण नगर्न र सहभागीसमेत नहुन अपील गरेको हो। दूतावासले बेलायतको वर्तमान परिस्थितिलाई नजिकबाट नियालीरहेको र नेपाली नागरिकको सुरक्षा नै प्राथमकिता रहेको जानकारी दिएको छ। ‘केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन हुलदंगा चलिरहेको हुँदा बेलायतमा रहनुभएका एवं बेलायत भ्रमण गर्न लाग्नुभएका सम्पूर्ण नेपाली नागरिकलाई यस्तो हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिन्छ। यस राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियाली रहेको छ। यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं…

Read More