Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ९ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान ९डीडीसी०लाई थप ६० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार मन्त्रालयद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा किसानहरुको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने बताएका हुन् । मन्त्रालयका अनुसार डीडीसीले किसानलाई करिब १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । डीडीसीले २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । किसानलाई दसैं अघि नै भुक्तानी हुने गरी रकम निकासा हुने बताइएको छ । उनले किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको जनाए ।

Read More

काठमाडौं, ९ भदौ । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनल खेलका लागि नेपालले आफ्नो स्थान सुनिश्चित गरेको छ । आइतबार काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल र भुटानबीच भएको फुटबल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले हराउँदै फाइनल खेलका लागि आफ्नो स्थान सुनिश्चित गरेको हो । त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

Read More

महोत्तरी ९ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाअध्यक्ष मुकेशकुमार यादव मृत अवस्थामा फेला परेका छन् । जलेश्वर-बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित आइतबार बिहान उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं सन्तुलाल जयसवारले जानकारी दिए । लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा छ । ‘मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिन्छ’, उनले भने, ‘तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान भइरहेको छ ।’

Read More

कपिलवस्तु, ८ भदौ । जनता समाजवादी पार्टी (जसपा) को कपिलवस्तुको अध्यक्षमा ईरफान खाँ चयन भएका छन् । शनिवार कपिलवस्तुको जिल्ला कार्यसमिति घोषणा सभामा खाँ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष खाँको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रुपमा घोषणा गरिएको छ । समितको सदस्यहरुमा उदयभान यादव, कबुतारा कहार, सहाबुद्दीन मुसलमान, परशुराम यादव, ईन्द्रराम यादव, बृजराज चौधरी, बिजय सिंह चौहान, अब्दुल कलाम खाँ, सुनिता तेली र जगमोहन बरई रहेका छन । यस्तै नसिम पठान, ज्ञानमति भर, नारायण चौधरी, साजन ठाकुर, रिजवान खाँ, बिनय चौबे, झगरु थारु, बिसाल यादव, हेम बहादुर असलमी मगर र बिन्देश्वरी यादव सदस्यमा सर्वसम्मत चयन भएको…

Read More

पाल्पा, ८ भदौ । पाल्पा-बुटवल सडकखण्ड अन्र्तगत पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी संचालनमा आएको छ । शनिवार दिउँसो ठूला ढुंंगासहितको सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जसकारण सवारी साधन आवगमन रोकिन पुगेको थियो । प्रहरीका अनुसार पहिरो पन्छाएर सडक एकतर्फी खुलेको हो। सुरुङ मार्ग बनाइरहेको ठेकेदार कम्पनीले पहिरो पूर्ण रुपमा हटाउने काम गरिरहेको छ।

Read More

भैरहवा, ८ भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिका-२ मा रहेको युथ क्लब अफ पडसरीले डेंगु रोगविरुद्ध अभियान संचालन गरेको छ । क्लबले पडसरी स्वास्थ्य चौकीको सहकार्यमा संचालन गरेको अभियान अन्र्तगत गाउँटोलहरुमा पुगेर विभिन्न वस्तुमा जम्मा भएको पानी फाल्ने देखि लिएर सर्वसाधरणलाई डेंगुरोग र त्यसबाट जोगिने उपायहरुबारे जानकारी गराउने गरेको छ । अभियान अन्र्तगत क्लबले शनिवार ओमसतिया- २ को पडसरी, केवटलिया, कर्वलहा, कर्मडाँडा, तेनुहवा, विरनगर, बर्दिहवा र जितपुर गाउँमा मोटरसाइकल र्याली निकालेर सर्वसाधरणहरुलाई डेंगुरोग र त्यसबाट जोगिने उपायहरुबारे जानकारी गराइएको युथ क्लब अफ पडसरीका अध्यक्ष सुरज मिश्राले बताए । ‘अझै पनि सर्वसाधरणहरु डेंगुरोगबाट बच्ने उपायहरुबारे जानकार नहुदाँ समाजकै विकासका लागि स्थापना भएको…

Read More

भैरहवा, ८ भदौ । भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा भित्राइएको आशंकामा ९ लाख बढी मूल्य बराबरको चिनी र कपडासहित ट्रक नियन्त्रणमा लिएको छ । शनिवार भन्सार कार्यालयले सशस्त्र प्रहरीको सहकार्यमा एकाबिहानै २ बजेदेखि ५ बजेसम्म चलाएको अपरेशनमा चिनी र कपडा बरामद भएको जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार भैरहवा लुम्बिनी सडकखण्डको रमवापुरबाट ७ लाख २० हजार रुपैयाँ बराबरको दुई सय चालिस बोरा चिनी र दुई लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो । चिनी ढुवानीका लागि प्रयोग गरिएको ग २ ख १२९० नम्बरको ट्रक समेत नियन्त्रणमा लिइएको उनले जनाए । चिनी ट्रकमा लोड गरेर ढुवानी…

Read More

पाल्पा, ८ भदौ । पाल्पा-बुटवल सडकखण्ड अन्र्तगत पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जसकारण दुवै तर्फ सवारीसाधनको आवगमन रोकिन पुगेको छ । पहिरो हटाउन सुरु गरिएपनि ठूला ढुंगासहित पहिरो खसेकोले केही समय लाग्ने पाल्पा प्रहरीले जनाएको छ । स-साना ढुङ्गा खस्ने क्रम जारी रहेको पहिरो हटाउन समस्या भइरहेको बताइएको छ ।

Read More

तनहुँ, ७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारा नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रवार पोखराबाट काठमाण्डौँतर्फ जादै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको थियो । चालक दलबाहेक बसमा सवार सबै भारतको महाराष्ट्र प्रदेशका हुन् । उनीहरु नेपाल भ्रमणका लागि बसको आठ दिनको भन्सार गराएर भदौ ४ गते भैरहवा नाका हुदै मुलुकमा प्रवेश गरेका थिए । बसमा ४३ जना सवार थिए । ४३ जनामध्ये २७ जनाको मृत्यु भएको र १६ जना गम्भिर घाइतेहरुको उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौँ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिए । नेपालस्थित भारतीय दूतावासले शुक्रवार…

Read More

भैरहवा, ७ भदौ । नेपाल भ्रमणमा आएका भारतीय पर्यटक सवार यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएपछि नेपाल स्थित भारतीय दूतावासले आपतकालिन सहायता लागि सम्पर्क नम्बर जारी गरेको छ । दूतावासले शुक्रवार सामाजिक संजाल फेसबुकमा घटनाबारे जानकारी गराउँदै राहत र उद्धार लागि समन्वय भईरहेको जनाएको छ । साथै, घटनासँग सम्बन्धित सरोकारवालाहरुले दूतावासको आपतकालीन सहायता(राहत) सम्पर्क नम्बर +९७७-९८५११०७०२१ मा सम्पर्क गर्ने सकिने जनाएको छ । शुक्रवार पोखराबाट काठमाडौंतर्फ जादैँ गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक नदीमा खस्दा मृतकको संख्या २७ पुगेको छ । घाईतेहरुको विभिन्न अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सबै…

Read More