


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १असोज। भारतको राजधानी अर्थात दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना बन्ने भएकी छिन्। मुख्यमन्त्री अरबिन्द केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। भारतीय संचारमाध्यम आजतकका अनुसार मंगलबार बसेको आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन्। जसमा उनलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो। मुख्यमन्त्री केजरीवाल जमानतमा जेलबाट बाहिरएपछि मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । उनले आजै अपराह्न राजीनामा दिने बताइएको छ । ४३ वर्षीया आतिशी हाल दिल्ली सरकारमा शिक्षा मन्त्री छिन् ।
काठमाडौं,१ असोज। नेपालमा नौलो प्रविधिको विकास गरिएको छ। हाल नेपालको बजारमा पेट्रोल, डिजेल र ग्याँसबाट बढी गाडी संचालनमा छन् । पछिल्लो समय ब्याट्रीबाट चल्ने गाडीको माग पनि बजार बढेको छ। यी इन्धनहरुबाट गाडी चलिरहेपनि नेपालमा अब ‘डुअल मोडल’ अर्थात पेट्रोल र हाइड्रोेजन दुबै इन्धनबाट चल्ने इन्जिनको विकास गरिएको छ। काठमाडौं थापागाउँस्थित रिन्यु जेन रिसोर्सेस नेपालले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र बेलायतको एक विश्वविद्यालयसँग सहकार्य गरी पेट्रोल र हाइड्रोेजन दुबै इन्धनबाट चल्ने कारको इन्जिन विकास गरेको हो । उक्त प्रविधिलाई ‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ नाम दिइएको छ । ‘डुअल मोडल’ इन्जिन विकसित मुलुकहरुमा सफल परिक्षण भएर व्यापारिक प्रयोजनमा समेत गइरहेको…
भैरहवा,३१भदौ। इजाजत (लाइसेन्स) प्राप्त हतियारको निषेधित क्षेत्र तोकिएको छ। गृह मन्त्रालयले लाइसेन्सप्राप्त हतियारको निषेधित क्षेत्रबारे उल्लेख गर्दै सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको छ। प्रकाशित सूचना अनुसार सूचनामा हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ल दिएको अधिकार प्रयोग गरी लिएको हतियार दफा ३ बमोजिम राख्न वा लिएर हिड्न पाउने उल्लेख गरिएको छ । तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र लिए पनि इजाजत यात्रा अनुमति नलिएका हतियारहरु घर बाहिर लैजान नमिल्ने उल्लेख गरिएको छ । सूचनामा भनिएको छ–‘यात्रा इजाजतपत्र प्राप्त गरेका हातहतियार समेत न्यायिक निकाय, संसद भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने…
दाङ,३१भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको उज्जवल भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरुलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिएका छन्। प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधनगर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकांक्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिए। ‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ। अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौं’उनले भने,‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरुको भूमिका प्रदेशले चाहेको छ ।’ नव नियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल र सदस्यहरु डा.सुदन कुमार वली, भुवन चौधरी र…
दाङ,३१ भदौ। लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ। प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गरेको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । प्रदेश सभाको गत शुक्रवार बसेको बैठकमा पेश भएको संशोधन विधेकमा ५ वटा संशोधन परेका थिए । परेका संशोधनलाई शुक्रवारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो । प्रदेश मामिला तथा कानुन समितीका सभापति दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितीले दफावार छलफल पछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक…
भैरहवा,३१भदौ। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको १४९९ औँ जयन्तीको अवसरमा भैरहवामा आयोजित र्याली कार्यक्रममा भएको फोहोर सहभागी युवाहरुले आफै उठाएर सरसफाई गरेका छन्। हजारौँको संख्यामा र्यालीमा सहभागी सर्वसाधरणलाई पानी, मिठाई बिस्कुट वितरण गरिएको थियो । जसक्रममा विभिन्न स्थानमा फोहोर भएको थियो । र्याली पश्चात स्थानीय मेराज खानको नेतृत्वमा र्यालीमा सहभागी युवाहरुले मिलन चोक, बुद्ध चोक, बैंक रोड लगायतस्थानमा यत्रतत्र फालिएका पानीका बोतल, मिठाइका डब्बा लगायत भएका फोहोर उठाएर सफा गरेका हुन् । कार्यक्रमको क्रममा बजारमा फोहोर भएपछि नगरवासीको कर्तव्य बोध गर्दै आफु युवाहरुले मिलेर फोहोर उठाएको युवा खानले बताए । ‘सहर सफा रहनपर्छ । कार्यक्रममा हामीहरुबाटै फोहोर…
भैरहवा,३१ भदौ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको १४९९ औँ जन्मोत्सव (मोहम्मद जयन्ती) मुलुकभरका साथै भैरहवामा पनि हर्षोल्लासका साथ मनाइँदैछ । भैरहवा क्षेत्रवासीले मुलुकको सम्वृद्धिको कामना गर्दै मोहम्मद जयन्ती हर्षोल्लासका साथ मनाइरहेका छन् । जयन्तीको अवसरमा यस क्षेत्रमा सोमबार विशाल र्याली निकालिएको छ । मुस्लिम सामुदायको विभिन्न संघसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा मिलन चोकबाट सुरु भएको र्याली नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैंक रोड लगायतका स्थानमामा परिक्रमा गरिएको थियो । हजारौँको संख्यामा निकालिएको र्यालीमा सिद्धार्थनगर नगरपालिका (भैरहवा) का मेयर इश्तियाक अहमद खाँ, प्रदेश सांसद सन्तोष पाण्डेय, मौलाना फैजुल्लाह मुसलमान, समाजसेवी फकरुद्दीन खान, रोहिणी गाउँपालिका–१ का वडाअध्यक्ष…
भैरहवा,३०भदौ। सरकारले सोमबार (भोली) सार्वजनिक बिदा दिएको छ । मोहम्मद जयन्ती(दिवस) को अवसरमा सरकारले इस्लाम धर्मावलम्बीहरुलाई सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको सन्दर्भमा मुस्लिम आयोगबाट मोहम्मद जयन्ती (मोहम्मद दिवस) मिति २०८१।५।३१ गते सोमबार पर्ने भएको भनी जानकारी प्राप्त भएको हुँदा मिति २०८१।५।३१ गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ हेर्नुहोस् मन्त्रालयले जारी गरेको सूचनाः
भैरहवा,३०भदौ। नेपाली नागरिकहरुमा भएका ज्ञान र सीप समृद्ध देश निर्माणका लागि उपयोग गर्न अभियान चलाइने भएको छ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले नेपाली नागरिकहरुमा ज्ञान र सीप भएपनि समृद्ध देश बनाउनका लागि राज्यले पहिचान र उपयोग गर्न नसकेको बताए । ‘हामी नेपालीहरुमा धेरै बुद्धि, ज्ञान र सीप छ । क्षमतावान छौँ तर राज्यले सदुपयोग गर्न सकेको छैन, पहिचान नै गर्न सकेको छैन’, नेपाल-चीन मैत्री समाज लुम्बिनीद्धारा भैरहवामा आयोजित भेटघाट कार्यक्रममा उनले भने,‘अब नेपालका विभिन्न क्षेत्रका विद्धानहरुलाई एकिकृत गरी उनीहरुको बुद्धि, सीप र ज्ञानलाई देश निर्माणमा लगाउने गरी अभियान चलाउने छौँ।’ नेपाल बार एशोसिएसनका पुर्वकेन्द्रीय अध्यक्ष समेत रहेका भण्डारीले रोजगारी र…
भैरहवा,३०भदौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाइएको हो । यससँगै भलवारी डिपो अन्र्तगतका रुपन्देही सहितका जिल्लामा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ पचास पैसा, डिजेल र मट्टितेल १४६ रुपैयाँ पचास पैसा कामय भएको छ। उक्त मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ। हेर्नुहोस् निगमले जारी गरेको विज्ञप्तीः