


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
विराटगनर, १९ भदौ। विराटनगरमा सवारी दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ। दुर्घटनामा विराटनगर–१ का २० वर्षीय सुशील कामतको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टीमोडबाट भारतको जोगवनीतर्फ जाँदै गरेको को २१ प ८९६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रानीस्थित ३ नम्बर ढाटमा ठोक्किएर दुर्घटना हुदाँ चालक कामतको उपचारको क्रममा मृत्यु भएको विराटनगर प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । शवको पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, १८ भदौ। नेकपा (माओवादी केन्द्र) ले सरकारविरुद्ध सङ्घर्ष गर्ने तयारी भइरहेको बताएको छ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र सडक दुवै ठाउँबाट सङ्घर्ष गर्ने तयारीमा आफूहरू रहेको बताएका हुन । मंगलबार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत बढेको भन्दै पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए । सरकार राष्ट्रियताको सवालमा पनि गम्भीर नभएको आरोप लगाउँदै उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले…
काठमाडौं, १८ भदौ । अफ्रिकी मुलुक कंगोको एक कारागारमा भागदौड मच्चिदा १२९ जनाको मृत्यु भएको छ । ७ वर्षअघि ४ हजार कैदीबन्दीलाई राख्न सकिने गरी निर्माण भएको कंगोको सबैभन्दा ठुलो कारागारमा चेतावनीस्वरुप गोली चलाउँदा भएको भागदौडमा उक्त घटना भएको बताइएको छ ।किन्शासाको मकाला जेलबाट भाग्न खोज्ने २४ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । अन्य सबैको भाग्ने क्रममा लडेर, निसास्सिएर मृत्यु भएको हो । कंगोका आन्तरिक मन्त्री ज्याकमिन शाबानीका अनुसार घटनामा ५९ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त कारागारमा करिब १२ हजार कैदीबन्दी रहेको बताइएको छ । भागदौडपछिको असहज अवस्थामा कारागारभित्र रहेका…
भैरहवा, १८ भदौ । मुलुकमा बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको…
काठमाडौँ, १८ भदौ। काठमाडौँ महानगरका मेयर बालेन साह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरि आक्रामक भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बालेनले आफु गलत भए पक्राउ गर्न चेतावनी दिदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका छन् । बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोस्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन् । यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोस्ट् कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ । यसै प्रसंगमा बालेनले पोस्ट् उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गरेका हुन् । उनले स्ट्याटस लेख्दै भनेका…
भैरहवा, १८ भदौ। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँच तारे टाइगर प्यालेस रिर्सोटले आफ्नो तीनवटा उद्देश्य सार्वजनिक गरेको छ । नयाँ व्यवस्थापनले संचालन गरेको वर्ष दिनको पुगेको अवसरमा रिसोर्टले कार्यक्रम आयोजना गरी उद्देश्य सार्वजनिक गरेको हो । आगामी दिनमा आफ्ना सेवालाई नयाँ दिशा प्रदान गरेर अन्तराष्ट्रिय स्तरको ख्याती प्राप्त रिर्सोट बनाउन यस्ता उद्देश्य सार्वजनिक गरिएको जनाएको छ । पहिलोवर्ष रिर्सोटलाई पूर्ण सञ्चालनका लागि आवश्यक तयारीमा बिताएको व्यवस्थापनले व्यवस्थापन, कर्मचारी र समुदायको सहकार्यमा आगामी वर्ष उपलब्धीपूर्ण बनाउने जनाएको छ । त्यसकालागि कर्मचारीलाई उत्साहित तुल्याएर समुदायसित सहकार्य गरिने व्यवस्थापनले जनाएको छ । नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको एक वर्ष पुगेको उपलक्ष्यमा सोमबार ‘सेलिब्रेटिङ आवर…
हृदयराम गुप्तामर्चवार, १८ भदौ। गत साउन ३१ गते रुपन्देहीको मर्चवारी गाउँपालिका-५ स्थित श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा राखिएको रकम चोरी भयो । घटना भएको १९ दिन बितिसक्यो । तर, शान्ति-सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले चोर समाउन सक्यो न चोरी भएको रकम बरामद गर्न नै । घटनाको अनुुसन्धानले तिव्रता नपाउँदा प्रहरीले अनुसन्धानको किनारा लाग्न नसक्ने देखिएको छ । घटनामा सहकारीको कर्मचारी र पदाधिकारीकै संलग्नता हुन सक्ने मर्चवारी गाउँपालिका–४ का सुग्रिम यादवको आरोप छ । ‘धेरै रकम सहकारीमै व्यवस्थापन गर्नु र कहाँ, कति रकम राखिएको छ भन्ने कर्मचारी र पदाधिकारीहरुबाहेक अन्यलाई थाहा हुदैन’,उनले भने, ‘तसर्थ, सहकारीका कर्मचारी र पदाधिकारीहरुलाई…
भैरहवा, १८ भदौ। नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ । हेर्नुहोस् सूची- https://www.facebook.com/share/p/n5hVrKP7pfJBqGcE
भैरहवा, १८ भदौ। प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन्। परिवारसगँ वर्षौ अघि विच्छेद भएका प्रकाशलाई ‘हेर्ने कथा’ को टिमले पुर्नमिलन गराएको थियो । नागरिकता समेत प्राप्त नगरेको प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले उनको घर भोजपुर षडानन्द नगरपालिक (१० छाप्लेगाउँमा पुगेर नागरिकता दिएका थिए । प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन्।
काठमाडौं, १७ भदौ । अर्थ मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) ६० करोड रुपैयाँ ऋण दिने भएको छ । संस्थानले किसानहरुको दुधको भुक्तानी दिन सकेको छैन । जसकारण उसले शर्तसहित अर्थबाट ऋण लिन लागेको हो । अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले रकम प्राप्त गरेपछि किसानहरुलाई तत्काल रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा…