


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ९ साउन । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । बुधवार विमान दुर्घटनापश्चात मन्त्रिपरिषद्को बसेको आकस्मिक बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको…
भैरहवा, ९ साउन । नेकपा एमालेमा गुटबन्दी राजनीतिको प्रभाव लुम्बिनी प्रदेशमा देखिएको छ । केन्द्रमा काँग्रेस–एमालेले गठबन्धन गरेर नयाँ सरकार गठन सहित प्रदेशहरुमा नेतृत्वको समेत भागबण्डा गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशमा सरकार नेतृत्व एमालेको भागमा परेको थियो । सोही सहमती अनुसार काँग्रेसको समर्थनमा एमालेका संसदीय दलका नेता लिला गिरीले सोमबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी थियो । तर, दावी पेश गर्नु केही घण्टा अघि मात्र केन्द्रबाट संसदीय दलका नेता गिरीको स्थानमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन आएपछि असन्तुष्टिका साथ गिरी ‘ब्याक’ हुनुपर्यो । प्रदेश र जिल्लाका पार्टीपंक्तिमा गुटको प्रभावले मुख्यमन्त्री फेरिएको सबैले सहजै अनुमान लगाए । पार्टी…
भैरहवा, ९ साउन । सरकारले काठमाण्डौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्ने भएको छ । इन्जिन परिक्षणका लागि काठमाण्डौँबाट पोखराका लागि उडान भरेलग्त्तै विमान दुर्घटना भएको थियो । विमानमा चालक दलसहित सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष शाक्य अस्पतालमा उपचारत अवस्थामा छन् । विमान दुर्घटना भएपश्चात विमानस्थलमा निरीक्षणका लागि पुगेका संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विमान दुर्घटनाबारे छानबिन गरिने बताए । ‘घटना दुःखद छ। दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति सरकार दुःख व्यक्त गर्दछ’, उनले भने, ‘प्रारम्भिक जानकारी लिएका छौं। छिट्टै छानबिन हुन्छ।’ त्यस्तै प्रधानमन्त्री केपी…
भैरहवा, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेर मृत्यु भएका व्यक्ति सौर्य एयरलाइन्सका कर्मचारी र तीनका परिवारका सदस्यहरु रहेको खुलेको छ । विमानमा चालक दलसहित १९ जना सवार थिए । विमानको पाइलट मनिष शाक्य र को-पाइलट एस कटुवाल रहेका थिए । सौर्य एयरलाइन्सको यात्रु विवरण सूची अनुसार उक्त विमानमा चालकदल सहित ईन्जिनियर, प्राविधिक, कर्मचारी परिवारका सदस्यहरु सवार रहेको पाइएको छ । विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मर्साइन, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पून्यरत्न शाही र एरिफ रेडा…
भैरहवा, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । साथै एक जना अस्पतालमा उपचारत अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । घाइते भएका व्यक्ति विमानका पाइलट हुन् । विमानमा १९ जना सवार थिए । ‘सौर्य एयरलाइन्सको (नाइन एन एएमई) विमान बुधवार बिहान ११ः११ बजे पोखरा उडानका क्रममा उड्ने बित्तिकै दाहिने तिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो’ विमानस्थल कार्यालयको खोज तथा उद्दार समन्वय केन्द्रद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘तत्कालै उद्दार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा एक…
भैरहवा, ९ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएपछि काठमाण्डौँ अवतरण गर्नका लागेका विमानहरुलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ ।विमानस्थल बन्द भएको कारण भैरहवा देखि काठमाण्डौँ र धनगढी देखि काठमाण्डौँ आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएका कारण अवतरण गर्न नपाएका विमानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट भई अवतरण भएका छन्’ उनले क्लिक लुम्बिनीसगँ भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खुल्ला छ र आवश्यक परे हामी अन्तर्राष्ट्रिय विमानहरु पनि अवतरणका लागि अनुमति दिने तयारी अवस्थामा छौँ ।त्रिभुवन विमानस्थल बन्द हुदाँ उडान…
भैरहवा, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा चालकदल सहित १९ जना सवार भएको खुलेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार ९ एन एएमई कलसाइन भएको उक्त विमान बुधवार काठमाण्डौँबाट पोखराका लागि उडान भरेसँगै दुर्घटना भएको बताइएको छ । दुर्घटनाग्रस्त विमानका क्याप्टेन मनिष शाक्यलाई उद्दार गरी उपचारका लागि केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।
काठमाडौं, ९ साउन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा विमान दुर्घटनामा भएको बताइएको छ । ९ एनए एमई कलसाइनको भएको विमान दुर्घटना भएको हो । अग्नि नियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ।
भैरहवा, ९ साउन । लुम्बिनी प्रदेशमा नौ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री र मन्त्रीहरुले प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले काँग्रेस र एमालेबाट विना विभागीयको रुपमा आठ जनालाई मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । आचार्यले काँग्रेस र एमालेबाट चार-चार जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन् । त्यस्तै कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्रीको बनेका छन् । लुम्बिनी प्रदेशका साना दललाई पनि सरकार समेट्ने…
काठमाडौं, ८ साउन । नेपाल विद्युत प्राधिकरणद्धारा लाइन काटिएको उद्योगमा पुनः लाइन जोड्ने भएको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन विद्युत उपयोग गरेबापत रकम बक्यौता रहेको केही उद्योगहरुको लाईन काटेको थियो । रिलायन्स स्पीनीङ, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको लाइन काटिएको थियो। यी उद्योगहरुमा मंगलबार साँझबाट लाइन जोडिने भएको छ । प्राधिकरण सञ्चालक समिति बैठकको निर्णयका सम्बन्धमा कार्यकारी निर्देशक कुलमान घिसिङले माइन्युट उठाएका थिए। प्राधिकरण सञ्चालक समिति सचिव समेत रहेका घिसिङले बक्यौता रहेका उद्योगीहरूलाई तीन महिनाभित्र महसुल तिर्नुपर्ने म्याद पनि दिएका छन्। उक्त माइन्युटमा लेखिएको छ, ‘तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् महशुल भुक्तानी…