Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाण्डौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने ६ गते आइतबार विश्वासको मत लिने भएका छन्। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली असार ३० गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । धारा ७६ (२) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।

Read More

अमेरिकी बिलियनर एलन मस्कले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्प समर्थक चुनावी समूहलाई महिनामा ४५ मिलियन डलर दिने अमेरिकी मिडियाले जनाएका छन् । उनलाई सहयोग गर्ने गरी सुपर पोलिटिकल एक्सन कमिटी (सुपर प्याक) मार्फत दिने जनाइएको छ । मस्कको चन्दा अमेरिका पीएसी भनिने समूहमा जाने बताइएको छ । जसअन्तर्गत ट्रम्पलाई मदत गर्ने गरी मतदाता दर्ता, चाँडो मतदान जस्ता कुरालाई प्रवर्द्धन गरिनेछ । सोसम्बन्धी विषयमा वाल स्ट्रिट जर्नलले समाचार लेखेको थियो । मस्कले औपचारिक रूपमा गएको शनिबार पेन्सिलभानियामा हत्या प्रयासमा ट्रम्प जोगिएपछि भावी राष्ट्रपतिको रूपमा उनलाई समर्थन गरेका थिए । उनले सामाजिक सञ्जाल एक्समा त्यतिबेला लेखेका थिए, “म पूर्ण रूपमा राष्ट्रपतिमा…

Read More

भैरहवा, १ साउन । बारा जिल्लामा यात्रुवाहक बस दुर्घटना भएको छ । भैरहवा देखि वीरगंज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस बाराको जीतपुर उपमहानगरपालिका २३ भलुहीमा अनियन्त्रित भई सडक छेउमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा सवार २२ जना यात्रुहरु मध्ये १७ जना घाइते भएका छन् । जसमध्ये तीन जना गम्भिर, सात जना मध्यम र सात जना सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवं सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिए । घाइते यात्रुहरुको उपचारका लागि वीरगंजको बयोधा अस्पतालमा पठाइएको र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए । हेर्नुहोस् घाइतेहरुको…

Read More

बारा, १ साउन । जिल्ला प्रहरी कार्यालय बाराले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बरियापुरबाट खटिएको टोलीले महागढीमाई नगरपालिका ११ मधुरीजब्दीका ५४ वर्षीय रमजान अंसारीले जमिन मुनी लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल बरामद गरेको हो । हतियार बरामद घटनामा संग्लन आरोपमा रमजान अन्सारीसहित सोही स्थानका २५ वर्षीय सुल्तान अंसारी र ४५ वर्षीय रामकृपया साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवं सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेकाहरुविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिकाको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले मंगलबार महानगरपालिकाको श्रम बैंकमार्फत भएको उपलब्धी सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गर्दै तीन सय २९ जनालाई निजी क्षेत्रमा र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी उपलब्ध गराइएको बताएका छन् । महानगरपालिका अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा सीप मेलामार्फत दुई हजार पाँच सय ५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत एक हजार चार सय ६७ जना र अनलाइनमार्फत दुई हजार गरी कुल ६ हजार २२ जनालाई तालिम प्रदान गरिएको थियो । जसमध्ये तीन सय २९ जनालाई विभिन्न निजी कम्पनीहरुमा र…

Read More

भैरहवा, ३१ असार । भैरहवा भन्सार कार्यालयले सिद्धार्थनगर–९ (भैरहवा) कठौतिया स्थित एक घरको सटरभित्रको गोदाममा लुकाएर राखिएको अवस्थामा सूर्ती र चुरोट बरामद गरेको छ । भारतबाट भन्सार छलेर भित्राइएको सूचनाको आधारमा गोदाममा छापा मारेर आठ लाख ६० हजार रुपैयाँ बराबरको सूर्ती र चुरोट बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । पछिल्लो समय भैरहवा भन्सार राजस्व छलीप्रति आक्रमक रुपमा उत्रिएको छ । कार्यालयले भन्सार छलेर भित्राउने साम्रगीहरु ठुलो परिमाणमा प्रायजसो बरामद गरिरहेको छ । ‘भन्सार राजस्व चुहावट विरुद्ध हामीले अभियान चलाएको छौँ’, भन्सार प्रमुख गौतमले भने, ‘जसअनुसार हामीले विभिन्न स्थानमा साम्रगीहरु बरामद र संग्लन व्यक्तिहरुलाई पक्राउ गरेर कारवाही…

Read More

काठमाण्डौँ, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरित नेपालको प्रधानमन्त्री नियुक्त गरेको दावी गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर गरेका हुन् । उक्त रिट दर्ता भएको र साउन ६ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । यस अघि धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर रिट निवेदकले…

Read More

काठमाण्डौँ ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । ओली नेतृत्व सरकारको मन्त्रिपरिषद् २२ सदस्यीय रहेको छ । ओलीले गठन गरेको मन्त्रिपरिषद्मा नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी गरी चार दल सहभागी छन् । यीमध्ये काँग्रेसबाट दश जना, एमालेबाट आठ जना, जसपा नेपालबाट दुई र लोसपाबाट एक जना मन्त्री सरकारमा गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । हेर्नुहोस् ओली क्याबिनेटमा कुन दलबाट कसलाई कुन मन्त्रालय ? नेपाली काँग्रेस १. प्रकाशमान सिंह– उपप्रधानमन्त्री, शहरी विकास मन्त्रालय २. रमेश लेखक– गृह मन्त्रालय…

Read More

काठमाण्डौँ, ३१ असार । नेपाली काँग्रेसले नयाँ मन्त्रिपरिषद्का लागि मन्त्रीहरुको नाम टुंगो लगाएको छ । निकै रडाको बीच पार्टीले प्रकाशमान सिंहको नेतृत्वमा दश मन्त्री केपी ओली सरकारमा पठाउने भएको छ । इतर समूहले ४ मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएपनि पार्टी सभापति शेरबहादुर देउवाले तीन मन्त्रालयमात्र दिने बताएपछि उक्त समूहले बद्री पाण्डे, प्रदीप पौडयाल र रामनाथ अधिकारीका नाम दिएका हुन् । हेर्नुहोस् कसलाई कुन मन्त्रालय ? १. प्रकाशमान सिंह- उप प्रधानमन्त्री, शहरी विकास मन्त्रालय २. रमेश लेखक- गृह मन्त्रालय ३. आरजु राणा- परराष्ट्र मन्त्रालय ४. दीपक खड्का- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय ५. बद्री पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय…

Read More

काठमाण्डौँ, ३० असार । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली चौथो पटक नेपालका प्रधानमन्त्री नियुक्त भएका छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा दुई दिनअघि नै बहुमत दाबीसहितको दस्तखत बुझाएका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रतिनिधिसभा सदस्य ओलीलाई आईतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार अपरान्ह ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read More