Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भदौपछि हाम्रा पर्व र जात्राहरूको मौसम सुरु हुन्छ। हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजबाट सुरु हुने पर्वहरूको उत्सवको लहरमा दशैं, तिहारलाई पछ्याउँदै क्रमशः छठ, क्रिसमस, इद, ल्होछार, माघी, फागु जस्ता महत्वपूर्ण पर्वहरू आउँछन्। यी हाम्रा सनातन पर्वहरू हुन् जसलाई हाम्रा पूर्वजहरूले मनाउँदै आए, हामीले मनाउँदैछौं र हाम्रा सन्ततिहरूले पनि मनाउने छन्। स्वाभाविक रूपमा पर्वहरू आउँदै गर्दा मानिसहरूका अनुहारमा चमक भरिंदै जान्छ, घरपरिवारमा खुशी भित्रिन्छ र समाजमा सौहार्दताको वातावरण देखिन्छ। जीवनकालमा पर्वहरू यसरी नै मनाउँदै आएको अनुभव छँदाछँदै यसपटक दशैंमा उड्ने चंगा सँगसँगै मन चंगा हुन सकेन, निधारमा लगाएको रातो टीका जस्तै जीवन रंगीन बन्न सकेन र मानिसहरू मान्यजनहरूले ‘भाग्यमानी हुनु’…

Read More

काठमाडौं, ८ माघ ।राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिंदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरुलाई निर्देशन दिएको छ । सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो । यसअघि परीक्षार्थीले ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसका लागि महँगो शुल्क तिर्नुपरेको गुनासो सार्वजनिक भएको थियो । त्यो गुनासोलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारले यसअघि नै ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । उद्योग तथा यातायात मन्त्री सरोज थापाले ट्रायल सेन्टरको सवारी साधन प्रयोग…

Read More

काठमाडौं, ८ माघ ।नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए । मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो ।

Read More

भैरहवा, ८ माघ ।रुपन्देही लुम्बिनीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका ३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार बाक्लो हुस्सु लागेको मौसम र पुल निर्माणका लागि एकतर्फी बनाइएको सांघुरो सडकमा विपरित दिशाबाट तीव्र गतिमा आइरहेका मोटरसाइकल जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए । घाइते भएका दुवैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको डीएसपी भट्टले बताए ।…

Read More

दार्चुला, ७ माघ ।दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। जिल्लाको महाकाली नगरपालिका १ दहका २५ वर्षीय उमेश कुवरले आज १२ बजेतिर डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। ‘उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन्’, उनले भने, ‘निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमणस्वरुप चक्कु प्रहार भएको हो।’ चक्कु प्रहार गरेर कुवर फरार भएका छन्। उनको खोजीका लागि…

Read More

भैरहवा, ७ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनको जित निकालेको छ । आइतबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा खराब मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२ ओभर २ बलमा १ सय २७ रनमा अलआउट अलआउट हुँदा पुलिसले जित दर्ज गर्यो । योसँगै नेपाल पुलिसले प्रधानमन्त्री कपमा लगातार तेस्रो जित निकालेको छ । त्रिभुवन आर्मी क्लब भने प्रतियोगितामा ४ खेलमा २ हार बेहोरिसकेको छ । पुलिसका बलर चम्किँदा आर्मीका शीर्ष तीन ब्याट्सम्यान खाता नखोली आउट भए । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की…

Read More

काठमाडौं, ७ माघ ।गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा विधुतिय सवारीसाधन (ईभी) आयात तीन गुणाले बढेको छ । गत आव २०७९÷८० पुस मसान्तसम्म १ हजार ७ सय ४९ युनिट ईभी आयात भएको थियो । चालु आव पुस मसान्तमा आइपुग्दा यो संख्या ५ हजार १ सय ७ भएको छ । गत आवभरि भित्रिएका ईभीको तुलनामा यो वर्ष पहिलो ६ महिनामै १ हजार १ सयभन्दा धेरै भित्रिएका छन् । गत आव भरिमा ४ हजार ५० युनिट ईभी भित्रिएको थियो । यो तीन पाङ्ग्रे ईभीबाहेक तथ्यांक हो । तथ्यांकअनुसार गत मंसिरसम्म ३ हजार ६ सय…

Read More

काठमाडौं, ७ माघ ।विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा आएका छन् । केही दिनअघि काठमाडौंमा आएका उनी बौद्धको एक गुम्बामा छन् । बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको स्रोतले जनाएको छ । जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला उक्त गुम्बामा पुगेकी थिइन् । रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए । उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् । सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौंमा आइपुगेका थिए । उनले त्यतिबेलाको नेपाल आगमनलाई आफ्नो जीवनको विशेष अवसरको रुपमा लिएको बताएका थिए । यसपटकको…

Read More

भैरहवा, ७ माघ । चिसो अत्याधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका विधालयहरु बन्द गरिने भएको छ ।बढ्दो शीतलहर प्रकोपको कारण अत्याधिक चिसोले विधार्थीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने सक्ने विषयलाई मध्यनजर गर्दै ६ दिनका लागि विद्यालयमा विदा गरिएको सिद्धार्थनगर नगरपालिकाका उपसचिव एवं शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । उनका अनुसार वर्षे विदाबाट कट्टा हुने गरी पालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विधालयमा माघ ७ गते देखि माघ १२ गतेसम्म बन्द रहने छ । साथै, विदा अवधीको बीचमा मौसम सुधार भएको अवस्थमा विधालय संचालनमा पुर्नविचार गरी सूचना जारी गरिने कार्यालयद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।

Read More

भैरहवा,६ माघ । भारतको अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा समारोह नजिकिएसँगै श्रद्धालु र निम्तालुहरु नेपालबाट भारत जान सुरु गरेका छन् । समारोहमा सहभागीताका लागि नेपालका विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई पनि निमन्त्रणा पठाईएको छ । जसअनुसार निमन्त्रणा प्राप्त गरेका धार्मिक गुरुहरु देखि लिएर ‘हाई प्रोफाईल’ व्यक्तिहरु अयोध्या जाने क्रम सुरु भएको छ । अयोध्यामा माघ ८ गते सोमबार प्राण प्रतिष्ठाको कार्यक्रम तय गरिएको छ । समारोह समितिको निम्तोमा समारोहमा सहभागी हुनका लागि शनिवार दिउँसो पशुपतिनाथ मन्दिरको मुलपुजारी गणेश भट्ट पनि रुपन्देहीको बेलहिया नाका हुँदै गाडीबाट अयोध्या तर्फ लागेको बुझिएको छ । यस्तै पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र पूर्वआईजिपी अच्यूतकृष्ण खरेल पनि…

Read More