Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

तपाईंले बोलीचालीको भाषामा मिनिरल वाटर भनिने बोतलबन्द पानी कत्तिको पिउने गर्नुहुन्छ ? हालैको एक अध्ययनले बोतलको पानीले खतरनाक हुने र स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउने तथ्यको खुलासा गरेको छ । उक्त अध्ययन अनुसार एक लिटर बोतलबन्द पानीमा औसतमा २ लाख ४० हजार प्लास्टिकका टुक्रा हुने गरेका छन् । यसअघिको अध्ययनको तुलनामा यो संख्या १० देखि १०० गुणाले धेरै हो । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरुले अमेरिकामा बिक्री हुने सर्वाधिक लोकप्रिय ब्राण्डका बोतलबन्द पानीहरुको जाँच गर्दा यस्तो तथ्यको खुलासा भएको हो । माइक्रोप्लास्टिकको आकार एक माइक्रोमिटर अर्थात् एक मिटरभन्दा १० लाख गुणा सानो आकारसम्मको हुन्छ भने यसको अधिकतम आकार चाहिं ५ मिलिमिटरसम्म रहन्छ…

Read More

काठमाडौं, २९ पुस । सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार निर्माण व्यवसायीहरूसँग छलफल गर्दै भुक्तानी प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार आजैदेखि भुक्तानी प्रक्रिया अगाडि बढाइने छ। लामो समयदेखि भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू आन्दोलित बनेका थिए। काम गरेको भुक्तानी माग गर्दै निर्माण व्यवसायीहरूले सिंहदरवारदेखि बालुवाटारसम्म घेराउ गरेका थिए । प्रधानमन्त्री दाहालले गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि…

Read More

चन्द्र गिरी, २९ पुस । नेपालीका लागि मुग्लान पस्ने चलन नयाँ होइन, गाउँ र सहर नै खाली हुने गरी बिदेसिने क्रम भने नयाँ हो । यसको कारण भने पहिले पनि त्यही थियो, अहिले पनि फेरिएको छैन । मूलतः नेपालीहरू आर्थिक अवसरको खोजीमा बिदेसिन्छन् । कसैकसैले परिवारमा सामेल हुन र अध्ययनका लागि पनि देश छाडेका छन् । द्वन्द्व, उत्पीडन, मानव अधिकार उल्लङ्घन वा प्रतिकूल वातावरणका कारण बिदेसिने निकै कम छन् । बिदेसिने क्रम आगामी वर्षहरूमा अझ बढ्नेछ, घट्ने नामोनिसान देखिँदैन । मुग्लान पस्ने लहरले त्यो व्यक्तिको र उसको परिवारको मात्र होइन, समग्र समाज र देशलाई समेत गहिरो प्रभाव पार्ने भएकाले उनीहरूप्रतिको…

Read More

रमेश खरेल, २९ पुस । नेपाल प्रहरी मुलुकभर कानुन कार्यान्वयन, अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिकको जिउधनको सुरक्षा गर्ने अग्रणी संगठन हो। यो संगठनको प्रभावकारिताले देशभर कानुनको शासन, सुशासन र मानव अधिकारको प्रवर्द्धन गर्नुका साथै मौलिक अधिकारको निर्वाध उपभोगको सुरक्षित वातावरण बनाउँछ। त्यसैले सार्वजनिक सरोकार, चासो र आमअपेक्षा रहेको संगठन हो नेपाल प्रहरी। नेपाल प्रहरीका हरेक गतिविधिबारे सर्वसाधारणले जिज्ञासा र सार्वजनिक चासो राख्नु पनि स्वाभाविक हो। २०१२ सालमा जारी भई प्रहरी ऐनअन्तर्गत स्थापना भएको संगठन अब संघीयतासँगै नेपाल प्रहरी र प्रदेश प्रहरीमा रूपान्तरण गर्ने तयारी सरकारले गरिरहेको छ। समायोजनपछि नेपाल प्रहरीको जिम्मेवारी बाँडफाँट हुनुका साथै संगठन पनि विभिन्न इकाइमा विभक्त हुन…

Read More

नेपालका विभिन्न हिस्सामा कैयौं आन्दोलन र संघर्ष भए, तिनले मुलुकको केही अपेक्षा पूरा गरे भन्दैमा केवल अतीतजीवी बनेर बस्न सकिँदैन । तर वर्तमानलाई एक प्रकारको जडता वा भनौं यथास्थितिले ग्रस्त पारेको छ । यसले गर्दा भुइँतहमा छटपटी छ, बेचैनी छ । आम जनतालाई उकुसमुकुस भएको बेला हो यो । भनिन्छ, असन्तोष तमाम प्रगतिको, वैभवको मूल हो— ‘असंतोषः श्रियो मूलम् ।’ जो असन्तुष्ट छ, उसैले संघर्ष गर्छ । अनि पो सुध्रिन, सप्रिन, सुनिश्चित यात्रातर्फ अघि बढ्न समर्थ होइन्छ । असन्तुष्टि जोसँग छ, अन्ततः पुगिने कहाँ हो भन्ने दृष्टि उसैमा हुन्छ । चाहनालाई संरचनाले कसरी असर पारेको छ रु चाहना र संरचनाको सम्बन्ध कस्तो छ रु असन्तुष्ट तप्काले त्यतातिर ध्यान दिएको हुन्छ ।…

Read More

नयाँ केही व्यक्तिको हालीमुहाली हुने कुलिनवादी पद्धति ? बिल्कुलै अस्पष्ट छ। नेपालमा पछिल्लो राजनीतिक परिवर्तन २०६४ सालपछि सुरु भयो। तर, यसबेला भएको राजनीतिक सिन्डिकेट अब हरेक क्षेत्रमा विस्तार हुन पुगेको छ। सिन्डिकेटले अहिले राजनीतिलाई मात्रै बिकृत बनाएको छैन, मुलुकका हरेक क्षेत्र सिन्डिकेटले आक्रान्त बन्न पुगेका छन्। न्यायालयमा गरिएको न्यायाधीशको नियुक्ति होस् अथवा संवैधानिक निकायका प्रमुखहरूको नियुक्ति। त्यतिमात्र होइन, नेपालको प्रतिनिधित्व गर्दै विश्व समुदायमा नेपालको प्रभाव विस्तार गर्ने महत्वपूर्ण पद राजदूतको नियुक्तिमा समेत राजनीतिक सिन्डिकेटले अड्डा जमाएको छ। ‘राइट म्यान, राइट प्लेस’ भन्नुभन्दा पनि अब खुला रूपमा पार्टीका नेता शब्दमा नै ‘भागबन्डा’ भनी बाँडीचुँडी गरिरहेका छन्। यद्यपि २०४६ मा बहुदलीय व्यवस्थाको…

Read More

काठमाडौं, २९ पुस ।निर्वाचन आयोगले २०८० माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ। आयोगका अनुसार उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म निर्वाचन खर्च गर्न पाउने हद तोकेको हो। आयोगले आइतबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन ऐन,२०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची १ ले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्। आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधान, सवारी साधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा…

Read More

भैरहवा, २९ पुस । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको थियो भने आइतबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय २० रुपैयाँ कायम भएको छ ।

Read More

काठमाडौं, २९ पुस ।माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले माघ १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले पुसको तुलनामा अधिकतम ०.२ प्रतिशतदेखि अधिकतम १.७५२ प्रतिशत बिन्दुसम्मले ब्याजदर घटाएका हुन् । कृषि विकास बैंकले १.७५२ प्रतिशत बिन्दुल‍ले ब्याजदर घटाएको छ । माघमा ७.२६ प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै माघ महिनाका लागि माछापुच्छ्रे, लक्ष्मी सनराईज, नेपाल र एभरेष्ट बैंकले ब्याजदर ८ प्रतिशतमा पुर्याएका छन् भने प्रभु र एनआईसी एशिया बैंकले ८.०६५ प्रतिशत पुर्याएका छन् । माघमा स्टयान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले ८.०७ प्रतिशत र सिद्धार्थ प्राइम कमर्शियल, ग्लोबल…

Read More

भैरहवा, २९ पुस ।नेपाली चलचित्र ‘२ रुपियाँ’ मा समावेश गरिएको एउटा गीत युट्युवमा २० करोड भन्दा बढी पटक हेरिएको छ । आइतबार दिउँसोसम्म उक्त चलचित्रको ‘कुटुमा कुटु’ गीत २० करोड भन्दा बढी पटक हेरिएको हो । उक्त गीत रिलिज भए देखि नै चर्चा बटुल्न सफल भएको थियो । गीतले २० करोड भ्यूज प्राप्त गरेपछि संगीतकार शिवाकोटीले यो उपलब्धिको खुशि बाँडेका छन् । उनले फेसबुकमा गीतको शब्द लेखिएको चिर्कटो पनि सेयर गरेका छन् । ‘नेपाली मौलिक गीत संगीतले संसारभरिका गीत संगीतप्रेमीको मन जित्न सकोस्’ उनले लेखेका छन् । यो गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह, बुद्धि तामाङ लगायतले अभिनय…

Read More