Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाण्डौँ, ९ माघ ।सरकारले भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने स्पष्ट पारेको छ। गृह मन्त्रालयले मंगलबार १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै यस्तो बताएको हो । सरकारले जारी गरेको एडभाइजरीमा भिजिट भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरुसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिमा संलग्न भएको पाइएपछि सरकारले ट्राभल एडभाइजरी जारी गरेको हो। पछिल्लो समय भिजिट भिसामा रुस र युक्रेन गई त्यहाँको सेनामा नेपालीहरु भर्ना हुन थालेपछि सरकारले यस्तो बताएको हो।…

Read More

काठमाडौँ, ९ माघ ।सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलो बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो । यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो । अब घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सरकारले सबैमा अनुरोध गरेको छ । भिजिट तथा पर्यटकीय भिसामा यात्रा…

Read More

भैरहवा, ९ माघ ।विगत तीन दिन यता मुलुकमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार देखि सुनको मूल्य स्थित रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम छ भने तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ रहेको छ । गत ५ माघमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार रुपैयाँ रहेको थियो । सोमबार चाँदीको मूल्य भने २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, ९ माघ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययनको तयारी भइरहेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र समितिको मंगलबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका सांसदले चार विमानस्थल सञ्चालनका विषयमा चासो राखेका थिए । जवाफ दिने क्रममा मन्त्री किरातीले यसबारे अध्ययनका लागि समिति बनाउने तयारी भइरहेको जानकारी दिए । अहिले भैरहवा, पोखरा विमानस्थलको व्यवस्थापन फरक फरक संस्थालाई दिँदा समन्वय गर्न सहज नभएको भन्दै उनले भने, ‘चार वटालाई नै बण्डलिङ गर्ने र त्यसले निश्चित समयभित्र नयाँ एयरपोर्ट पनि बनाउने । सुरक्षाको प्रबन्ध नेपाल सरकारले गर्छ, अरु…

Read More

बारा, ८ माघ।अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन्। सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री डा. महतले भने, ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार…

Read More

काठमाडौं, ८ माघ ।अति मोटा र अति दुब्ला सशस्त्र प्रहरीलाई युएन मिसनमा जान रोक लगाइएको छ। उचाई अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा सशस्त्र प्रहरी कर्मचारी विदेश तालिममा जान पाउने छैनन्। यस्तै उनीहरूको बढुवा हुने छैन र कमान्डरको जिम्मा पनि पाउने छैनन्। सशस्त्र प्रहरी बल नेपालले विदेश तालिमसम्बन्धी नीति तर्जुमा गर्दे प्रहरी कर्मचारीलाई शारीरिक स्वस्थता कायम राख्नका लागि विशेष कार्यविधि बनाएको छ। तालिमका लागि विदेश जाने प्रहरी कर्मचारीको छनौटमा पारदर्शिता कायम गर्नका लागि सशस्त्र प्रहरी बलले शारीरिक स्वस्थता पनि कार्यविधि प्रयोगमा ल्याएको हो। यही कार्यविधिअनुसार नियमावली बन्ने क्रममा छ। सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार ‘बीएमआई परीक्षण’ स्वास्थ्य…

Read More

काठमाडौँ, ८ माघ ।अर्थ मन्त्रालयको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ मा सशस्त्र प्रहरी परिचालन सम्बन्धी निर्णय गरेका हुन् । माघ १ बाट इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका छन् । विमानस्थल भन्सारमा खटिएसँगै सशस्त्र प्रहरीले आइतबार आधा किलो सुन बरामद गरेको छ । कतारको दोहाबाट आएका झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई सशस्त्रले सुन सहित नियन्त्रणमा लिएको हो । सो घटनालाई सशस्त्र प्रहरीले विमानस्थल भन्सारमा खटिएपछिको पहिलो सफलता भनेको छ । त्रिभुवन विमानस्थल जस्तै अन्तर्राष्ट्रिय सीमा मानिने थप दुईवटा विमानस्थल सञ्चालनमा छन्…

Read More

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुने गरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताएका छन् । उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरूको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताएका हुन् । उनले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औँ योजनालाई उपेक्षा गर्ने गरी योजना निर्माण गरिरहेको आरोप लगाए । उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औँ योजनाको निर्माणमा अलमलिइरहेको बताए । उनले १६ औँ योजना निर्माण गर्दा अहिलेसम्म योजनाबद्ध विकासका अभ्यास,…

Read More

भदौपछि हाम्रा पर्व र जात्राहरूको मौसम सुरु हुन्छ। हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजबाट सुरु हुने पर्वहरूको उत्सवको लहरमा दशैं, तिहारलाई पछ्याउँदै क्रमशः छठ, क्रिसमस, इद, ल्होछार, माघी, फागु जस्ता महत्वपूर्ण पर्वहरू आउँछन्। यी हाम्रा सनातन पर्वहरू हुन् जसलाई हाम्रा पूर्वजहरूले मनाउँदै आए, हामीले मनाउँदैछौं र हाम्रा सन्ततिहरूले पनि मनाउने छन्। स्वाभाविक रूपमा पर्वहरू आउँदै गर्दा मानिसहरूका अनुहारमा चमक भरिंदै जान्छ, घरपरिवारमा खुशी भित्रिन्छ र समाजमा सौहार्दताको वातावरण देखिन्छ। जीवनकालमा पर्वहरू यसरी नै मनाउँदै आएको अनुभव छँदाछँदै यसपटक दशैंमा उड्ने चंगा सँगसँगै मन चंगा हुन सकेन, निधारमा लगाएको रातो टीका जस्तै जीवन रंगीन बन्न सकेन र मानिसहरू मान्यजनहरूले ‘भाग्यमानी हुनु’…

Read More

काठमाडौं, ८ माघ ।राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिंदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरुलाई निर्देशन दिएको छ । सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो । यसअघि परीक्षार्थीले ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसका लागि महँगो शुल्क तिर्नुपरेको गुनासो सार्वजनिक भएको थियो । त्यो गुनासोलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारले यसअघि नै ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । उद्योग तथा यातायात मन्त्री सरोज थापाले ट्रायल सेन्टरको सवारी साधन प्रयोग…

Read More