Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ७ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनको जित निकालेको छ । आइतबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा खराब मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२ ओभर २ बलमा १ सय २७ रनमा अलआउट अलआउट हुँदा पुलिसले जित दर्ज गर्यो । योसँगै नेपाल पुलिसले प्रधानमन्त्री कपमा लगातार तेस्रो जित निकालेको छ । त्रिभुवन आर्मी क्लब भने प्रतियोगितामा ४ खेलमा २ हार बेहोरिसकेको छ । पुलिसका बलर चम्किँदा आर्मीका शीर्ष तीन ब्याट्सम्यान खाता नखोली आउट भए । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की…

Read More

काठमाडौं, ७ माघ ।गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा विधुतिय सवारीसाधन (ईभी) आयात तीन गुणाले बढेको छ । गत आव २०७९÷८० पुस मसान्तसम्म १ हजार ७ सय ४९ युनिट ईभी आयात भएको थियो । चालु आव पुस मसान्तमा आइपुग्दा यो संख्या ५ हजार १ सय ७ भएको छ । गत आवभरि भित्रिएका ईभीको तुलनामा यो वर्ष पहिलो ६ महिनामै १ हजार १ सयभन्दा धेरै भित्रिएका छन् । गत आव भरिमा ४ हजार ५० युनिट ईभी भित्रिएको थियो । यो तीन पाङ्ग्रे ईभीबाहेक तथ्यांक हो । तथ्यांकअनुसार गत मंसिरसम्म ३ हजार ६ सय…

Read More

काठमाडौं, ७ माघ ।विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा आएका छन् । केही दिनअघि काठमाडौंमा आएका उनी बौद्धको एक गुम्बामा छन् । बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको स्रोतले जनाएको छ । जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला उक्त गुम्बामा पुगेकी थिइन् । रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए । उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् । सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौंमा आइपुगेका थिए । उनले त्यतिबेलाको नेपाल आगमनलाई आफ्नो जीवनको विशेष अवसरको रुपमा लिएको बताएका थिए । यसपटकको…

Read More

भैरहवा, ७ माघ । चिसो अत्याधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका विधालयहरु बन्द गरिने भएको छ ।बढ्दो शीतलहर प्रकोपको कारण अत्याधिक चिसोले विधार्थीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने सक्ने विषयलाई मध्यनजर गर्दै ६ दिनका लागि विद्यालयमा विदा गरिएको सिद्धार्थनगर नगरपालिकाका उपसचिव एवं शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । उनका अनुसार वर्षे विदाबाट कट्टा हुने गरी पालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विधालयमा माघ ७ गते देखि माघ १२ गतेसम्म बन्द रहने छ । साथै, विदा अवधीको बीचमा मौसम सुधार भएको अवस्थमा विधालय संचालनमा पुर्नविचार गरी सूचना जारी गरिने कार्यालयद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।

Read More

भैरहवा,६ माघ । भारतको अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा समारोह नजिकिएसँगै श्रद्धालु र निम्तालुहरु नेपालबाट भारत जान सुरु गरेका छन् । समारोहमा सहभागीताका लागि नेपालका विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई पनि निमन्त्रणा पठाईएको छ । जसअनुसार निमन्त्रणा प्राप्त गरेका धार्मिक गुरुहरु देखि लिएर ‘हाई प्रोफाईल’ व्यक्तिहरु अयोध्या जाने क्रम सुरु भएको छ । अयोध्यामा माघ ८ गते सोमबार प्राण प्रतिष्ठाको कार्यक्रम तय गरिएको छ । समारोह समितिको निम्तोमा समारोहमा सहभागी हुनका लागि शनिवार दिउँसो पशुपतिनाथ मन्दिरको मुलपुजारी गणेश भट्ट पनि रुपन्देहीको बेलहिया नाका हुँदै गाडीबाट अयोध्या तर्फ लागेको बुझिएको छ । यस्तै पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र पूर्वआईजिपी अच्यूतकृष्ण खरेल पनि…

Read More

काठमाडौं, ४ माघ ।सर्वोच्च अदालते भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको इजलासले दंगा र भीड नियन्त्रणमा घातक हतियार प्रयोग भएको रिट निवेदनमाथि लिखित जवाफ पेश गर्न आदेश दिएको हो । शान्तिपूर्ण रुपमा हुने प्रदर्शन, भीड र दंगाहरुमा सु्रक्षाकर्मीले घातक हतियार प्रयोग गरी नागरिकको ज्यान गएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । उनले घातक हतियारमा रोक लगाउन आदेशको माग गरेका छन् । अनि शान्तिपूर्ण प्रदर्शनमा धातुको गोली (मेटल बुलेट) प्रयोगमा रोक लगाउनुपर्ने आदेश हुनुपर्ने भनेका छन् । विहीबार…

Read More

रौतहट, ६ माघ । रौतहटमा सशस्त्र प्रहरीले स्रोत नखुलेको झन्डै ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलका प्रमुख इन्स्पेक्टर नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार ५ लाख ९४ हजार रुपैयाँसहित परोहा नगरपालिका- ८ का ४५ वर्षीय दिनेशप्रसाद कुशवाहालाई पक्राउ गरेको हो। जिल्लाको बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको इन्स्पेक्टर पाटामगरले बताए । बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय  कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला  भन्सार…

Read More

काठमाडौं, ४ माघ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भत्काउने संकेत गरेका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले देशलाई बर्बाद बनाएको आरोप लगाए। सरकारले नै भ्रष्टचारी र कमिसनखोरीको संरक्षक बनेको उनको आरोप छ। ‘यिनीहरू सबैको घाँटी एकैठाउँमा जोडिएको छ। घाँटीमात्र होइन, सिंगै शरीर जोडिएको छ। यी भ्रष्टाचारी र कमिसनतन्त्रीय बंशका हुन्। यिनको गोत्र निकम्मा हो। यिनको जात देशद्रोही हो’, उनले भने। गठबन्धन सरकार देशका लागि हानिकारक भएको बताउँदै उनले मिसन ८४ अघि नै गठबन्धन भत्काउने अवस्था आउनसक्ने बताए। ‘गठबन्धन देशका लागि एकदमै हानिकारक छ। यसले देशलाई बर्बाद पारिसक्यो। कमजोर…

Read More

भैरहवा, ४ माघ । गण्डकी प्रदेशलाई १ सय ८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्न सफल छ । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २ सय १ रनको बलियो योगफल बनाएको थियो । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित सर्वाधिक ६० रन जोड्न सफल भए । यस्तै, नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाए । एक समय ७२–६ को दयनीय…

Read More

टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका- ८, बुद्धपथ, भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो । पढ्न आएका श्रेष्ठले पढाइको अतिरिक्त आफूले सोचेजस्तो काम नपाएपछि डिप्रेसनमा पर्दै गएका थिए । करिब १ वर्षअगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए। शुरूवातमा उनको व्यवहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए। उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसँगै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार…

Read More