


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १८ असार । भैरहवा बहमुखी क्याम्पसमा मनोमानी ढंगले कार्यहरु भईरहेको भन्दै नेपाल विधार्थी संघ र अखिल क्रान्तिकारी क्याम्पस ईकाइले २४ घण्टाको अल्टिमेटम दिदै क्याम्पस प्रमुखलाई मागपत्र बुझाएको छ । क्याम्पसमा भईरहेको विभिन्न गतिविधिहरुमा आफ्नो संगठनको ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपाल विधार्थी संघ सभापति नवराज अर्याल, उमर बादशाह खान र अखिल क्रान्तिकारीका अध्यक्ष मनिष ढकालले मगलबार संयुक्त रुपमा २४ घण्टाको अल्टिमेटम दिदै सात बुँदे माग सहित क्याम्पस प्रमुख अनिल कुमार झालाई पत्र बुझाएका छन् । दुवै संगठनले हालसम्म स्ववियूको सम्पूर्ण हिसाब सबै संगठन समक्ष पेश गर्न देखि लिएर बिबिएस चोथौ वर्षलाई भ्रमण वर्ष भनि छुट्टाईएको विवादित बजेट के आधारमा तोक…
भैरहवा, १८ असार । सरकारले नुनको मूल्य बढाएको छ । मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनको बसेको संचालक समितिको बैठकले नुनको मूल्य बढाएको हो । बैठकले मूल्य बढाउने निर्णय गरेपछि कर्पोरेसनले सोही अनुसार मूल्य समायोजनबारे मातहतका सम्पूर्ण कार्यालयलाई पत्राचार समेत गरेको छ । कार्यालयहरुलाई गरिएको पत्राचार अनुसार प्रति किलो २० रुपैयाँ रहेको आयो नुनको थोक मूल्य २३ रुपैयाँ र उपभोक्ता मूल्य २६ रुपैयाँ पुुगेको छ । त्यस्तै नयाँ मूल्यसूची अनुसार न्यू शक्ति नुनको प्रति किलो थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ भने भानु नुनको प्रति किलो ९ रुपैयाँ कायम गरिएको छ । समायोजन भएको मूल्य मंगलबार राति १२ बजेदेखि…
भैरहवा, १८ असार । नेपाली काँग्रेस र नेकपा एमालेवीच सत्ता साझेदारी गर्ने सहमति भएको छ। नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेसँगै एमाले र काँग्रेसबीच नयाँ सरकार बनाउने सहमती भएको हो । यद्यपि समझदारी (सहमती) पत्र सार्वजनिक भएको छैन । काँग्रेस र एमालेबीचको सहमतीले आलोपालो गरेर पहिलो चरणमा एमालेले र दोस्रो चरणमा काँग्रेसले नेतृत्व गर्ने बताइएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र काँग्रेस गृहसहिच १० वटा मन्त्रालय बाँडफाँड गरी लिनेछन् । दुबै दल नयाँ सत्ता साझेदार बन्न तयार भएसंग आवश्यक कानुनी परामर्शमा समेत जुटेका छन् । राष्ट्रपति पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बिषयमा छलफल…
भैरहवा, १७ असार । रुपन्देहीको बैकुण्ठपुर क्षेत्र स्थित रोहिणी नदीमा डुबेर नेपाल आयल निगमको मजदुर बेपत्ता भएका छन् । नदीको बगरमा नेपाल आयल निगमले इन्धन भण्डारका लागि डिपो निर्माणकार्य सुरु गरेको छ । निगमले डिपो निर्माण थालेको उक्त जग्गामा वर्षेनी डुबान हुने गर्दछ । सोही डिपो निर्माणकार्य गर्ने मजदुर मकवानपुर राक्सीराङ गाउँपालिका–८ का १९ वर्षीय सागर प्रजाको नदीमा डुबेर बेपत्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एंव सूचना अधिकारी मनोहर भट्टले जानकारी दिए । ‘दिउँसो साढे १२ बजे नदीमा तीन जना नुहाउन गएका थिए। एक जना मजदुर बेपत्ता भएका हुन्’ नेपाल आयल निगमको निर्माणाधीन डिपो आयोजनाका प्रमुख…
भैरहवा, १७ असार । मानव बेचबिखन, गैरकानुनी रुपमा बसाई लगायत आरोपमा नेपालका विक्रान्त थापा (३९) केन्या प्रहरीको सार्वधिक खोजीको सूचीमा छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि धेरै खोजबिन गर्यो । तर, पक्राउ गर्न नसकेपछि उसले अन्ततः अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग माग्नु पर्यो । केन्या प्रहरीको सिफारिसको आधारमा इन्टरपोलले विश्वभर (१९६ मुलुक) जहाँ देखिएपनि पक्राउ गर्नका लागि थापाविरुद्ध ‘रेड नोटिस’ जारी गर्यो । त्यस्तै एक दशमलव ७२ मिटर उचाईँ, ६५ किलो तौल, कालो रंगको कपाल र आँखा भएका बारा, कलैयाका नुर मोहम्मद अन्सारी भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् । नक्कली नोटको कारोबार र आतंकवादी गतिविधीमा संग्लन आरोपमा…
भैरहवा, १७ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय हुने सम्भावना रहेकोले सर्तकता अपनाउनका लागि अनुरोध छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै भारी वर्षाका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका २६ जिल्लालाई मध्यम जोखिमको पूर्वानुमान गर्दै ‘डार्क यल्लो अलर्ट’ को सूचीमा राखेको छ । यस्तै बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिमका १७ जिल्लामा निम्न जोखिमको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशको ‘रेड अलर्ट’ मा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र…
भैरहवा, १६ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढेको हो। मूल्य बढेसँगै भलवारी, चारआली, विराटनगर, जनकपुर अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगंज वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६६, काठमाडौं, पोखरा, दिपायल वरपर प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५७, सुर्खेत र दाङ वरपर १५६ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी,…
डोल्पा, १६ असार । डोल्पाको चारवटा विद्यालयमा सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपलब्ध गराइएको छ । ठूलीभेरी नगरपालिकाद्धारा नगरको ४ वटा श्री आदर्श माध्यामिक विद्यालय, विद्यामन्दिर मा.वि., लक्ष्मी मा.वि. र सरस्वती मा. विद्यालयमा मेसिन उपलब्ध गराएको हो । ठूलाभेरीका नगर प्रमुख स्ववर्ण बुढा र निमित्ति प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले विद्यालयमा गएर मेसिनका साम्रगी उपलब्ध गराएका हुन् । महिनावारी भएको बेला विद्यालयका छात्राहरु तथा शिक्षिकाको सहजताका लागि मेसिन उपलब्ध गराइएको नगरपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले बताए । सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला स्कुल छाड्नपर्ने छात्राहरुको बाध्यता हट्ने नगरपालिकाले विश्वास लिएको छ ।
भैरहवा, १६ असार । प्रदेशस्तरीय स्नुकर प्रतियोगिताका विजेता सहितका खेलाडीलाई भैरहवामा सम्मान गरिएको छ । वान ब्लेक विल्लियर्डसद्धारा एक कार्यक्रमको आयोजना गरेर सिद्धार्थनगर नगरपालिकाबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भई प्रथम भएका र सहभागी खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रतियोगिताका विजेता शिशिर गुरुङ, राईजिङ खेलाडीको उपाधी पाएका रितेश चौधरी, अर्जुन थापा र प्रकाश कोइरालालाई सम्मान गरिएको वान ब्लेक विल्लियर्डसका संचालक सुमित भण्डारीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङले खेलको माध्यमले प्रदेशस्तरीय प्रतियोगितामा सिद्धार्थनगरको नाम उच्च राख्न सफल भएकोमा खेलाडीहरुलाई बधाई दिदै खेल क्षेत्रको समृद्धिका लागि आफुहरु लागेको र लागिरहने प्रतिवद्धता…
भैरहवा, १५ असार। भैरहवामा ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । जिल्ला वन कार्यालय रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा निर्माणधिन जिल्ला प्रहरी कार्यालयको भवन परिसरमा वृक्षारोपण गरिएको हो । भैरहवाको शान्तिनगर स्थित निर्माणधिन रहेको प्रहरी कार्यालयको भवन परिसरमा लिची, आँप, अमला, कटहर, बेलउती (अम्बा) निम, अशोक लगायत गरी चार सय पैतिस वटा विरुवा रोपण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं सूचना अधिकारी मनोहर भट्टले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्यावरण संरक्षणका लागि खाली जग्गामा वृक्षारोपण गर्ने र वृक्षको संरक्षण गर्नमा प्रत्येक नागरिक गम्भिर बन्नुपर्ने…