


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २ भदौ। जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देही-३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयसँग स्पष्टीकरण माग गरेको छ। लुम्बिनी प्रदेश सरकारलाई निर्णयविपरीत मतदान गरेके भन्दै पार्टीले पाण्डेयसँग सात दिनभित्र लिखित जवाफसहित स्पष्टीकरण माग गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभामा विश्वासको मत लिँदा जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। तर, पाण्डेयले पार्टीको निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेको भन्दै जसपाले उनको कदमलाई पार्टी नीति, निर्णय र निर्देशन उल्लंघनका रुपमा लिएको छ। महासचिव डा. सुरेन्द्रकुमार झाले हस्ताक्षर गरेको पत्रमा पाण्डेयसँग पार्टी निर्णयविपरीत मतदान गर्नुको कारण र अनुशासन उल्लंघन भए–नभएकोबारे जवाफ…
भैरहवा, २ भदौ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले भन्सार छलेर भित्राइएको ठूलो परिमाणमा कपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) का सूचना अधिकारी एवं डीएसपी अनिल पण्डितका अनुसार, बिल बिजक नभएको भन्सार छलेर अबैध सरसामान ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कावासोती नगरपालिका-८ स्थित फलफुल चोकमा ना ३ ख ४६७२ नम्बरको ट्रक चेकजाँदा ६२ लाख ५० हजार बढी मूल्य बराबरको कपडा बरामद भएको हो। पश्चिमबाट पूर्व नारायणगढतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रकबाट विभिन्न रंगका कुर्था सुरुवाल २१६० थान, साडी १५०० थान, काँचो कपडा २२५ थान (६८७५ मिटर), काँचो कपडा ३१५ थान (७६८७ मिटर)…
काठमाडौं,२ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार दुवैजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७८र७९ देखि सेवाग्राहीको लेखापरीक्षण तथा कर निर्धारणसम्बन्धी काम गरिदिने र कर फर्छ्यौट गराइदिने भन्दै उनीहरुले ५ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ। अनुसन्धानको क्रममा पाल र यादवबीचको मिलेमतोमा सेवाग्राहीसँग रकम असुलिएको पुष्टि भएपछि दुवैजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
दाङ,१ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगर गरे। प्रदेश सभा बैठकमा आठजना सांसद अनुपस्थित रहेका थिए । हाजिरी अभिलेखअनुसार अनुराग खड्का,अम्बिका काफ्ले,आशिष…
काठमाडौं,१ भदौ। सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ। अर्थ मन्त्रालयका अनुसार, ३५० रुपैयाँ बराबरको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको मुख्य पुरस्कार जितेका छन्। मुख्य पुरस्कार जित्ने उपभोक्ताले गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका थिए। यस्तै, सरकारले एक लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने १६ जना विजेताको नामसमेत सार्वजनिक गरेको छ। साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबार गर्ने उपभोक्तालाई उक्त पुरस्कार योजनामा सहभागी गराइएको थियो। यस अवधिमा नगद कारोबारतर्फका ३ लाख ५७ हजार १४९ वटा बिल उपहार योजनाका लागि दर्ता (अपलोड) भएका थिए। साउनको पहिलो १५ दिनमा…
बुटवल, १ भदौ। भन्सार छलेर रुपन्देहीको बुटवलमा ठूलो परिमाणमा भण्डारण गरी राखिएको जुत्ता तथा चप्पल बरामद गरिएको छ। पछिल्लो समय विशेष गरी रुपन्देहीको धकधई क्षेत्रबाट जुत्ता र चप्पलको निरन्तर तस्करी हुँदै आएको छ। रुपन्देहीमा छ्याप्छ्याप्ती घुमुवा प्रहरी रहेपनि छिटफुट सामान बरामदगी बाहेक तस्करको कुनै ठूलो गोदाममा छापा मारेर सामग्री बरामद गर्न नसकेको देखिएको छ। रुपन्देहीको विभिन्न नाकाबाट प्रहरी संग्लनतामा तस्करी हुँदै आएको आरोप छ। यसैबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवको क्षेत्र (नाकैमुनि) मा रहेको गोदाममा छापा मारेर ठूलो परिमाणमा तस्करीको सामग्री बरामद गरेर देखाएको छ। लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीले जिल्ला तथा इलाका…
दाङ,१ भदौ। रोल्पाको थबाङ गाउँपालिका–५ मा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ। नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरालगायत सत्ता साझेदार दलका नेताहरु सहभागी थिए। बैठकले घाइतेको निःशुल्क उपचार, प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। बैठकले विपद् प्रभावित क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरी राहत, खोज तथा उद्धारलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ।
भैरहवा,१ भदौ। भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको टोलीले बेलहिया नाकाको भन्सार गल्लीबाट अवैध रुपमा भित्र्याइएको करिब साढे ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद कपडा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको बताइएको छ।
हृदयराम गुप्तामर्चवार, १ भदौ। सुख्खा मौसम सुरु भएसँगै रुपन्देहीको मर्चवार क्षेत्रका सडकमा धुलो उड्छ।खाल्डाखुल्डी छल्दै अघि बढ्ने सवारीसाधनका पाङ्ग्रा वर्षायाम लागेपछि भने त्यही सडकमा जमेको हिलो र पानीमा फस्न थाल्छन्। सडकको यही दुर्दशाबीच वर्षौँदेखि बजेट छुट्याइँदै आएको छ, योजना बन्छन्, आश्वासन दोहोरिन्छन्। तर, सडकको अवस्था भने उस्तै छ। दैनिक यही बाटो भएर यात्रा गर्ने नागरिकको गन्तव्य फरक–फरक भए पनि उनीहरुको प्रश्न एउटै छ-वर्षौँदेखि सडक सुधारका नाममा बजेट खर्च भइरहँदा पनि मर्चवारका सडक किन सुध्रिएनन् ? भंगहियादेखि बेतकुइयाँ, थुम्हवा, करौता, सेमरा, अमवा, बगौली हुँदै तुनिहवासम्म फैलिएको करिब ३३ किलोमिटर लामो यो सडक मर्चवारका तीन स्थानीय तहका १५ वडालाई आपसमा जोड्छ। यस…
काठमाडौं,१ भदौ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले विरोध जारी राखेपछि सभामुख अर्यालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्। सभामुखले भने, ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिने म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’ सीमा सम्बन्धी अभिव्यक्ति र प्रश्नोत्तरमा सहभागी भई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित विपक्षी दलहरुले लामो समयदेखि सदनमा विरोध जनाउँदै आएका छन्। सभामुखको निर्देशनपछि विपक्षी दलका सांसदहरूले आसन ग्रहण गरेका छन्। प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित…