


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २९ चैत। रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा अनलाइन जुवामा संग्लन भारतीय नागरिकसहित २० जनालाई पक्राउ गरेको छ। कोठा भाडामा लिएर अवैध रुपमा अनलाइन जुवा खेलाइरहेको सूचनाका आधार चेकजाँच गर्दा १८ जना भारतीय नागरिकसहित २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्ण कुमार चन्दले बताए। उनका अनुसार, गत चैत १९ गते तिलोत्तमा नगरपालिका–७ स्थितबाट ३ थान ल्यापटप, २० थान मोबाइल, ५ थान रजिष्टरसहित ९ जना भारतीय नागरिकलाई पक्राउ गरिएको थियो । त्यस्तै गत चैत २७ गते तिलोत्तमा नगरपालिका–१५ कोटिहवाबाट ९ जना भारतीय नागरिकसहित ११ जनालाई पक्राउ गरिएको हो। ‘कोठा भाडामा लिएर…
भैरहवा, २७ चैत। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनका खेलमा साई ग्लोबल क्रिकेट क्लबले दोस्रो जित निकालेको छ । गोलपार्क क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै साई ग्लोबलले दोस्रो जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले ३३ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा २ सय १८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा जितेन्द्र केवटले ९७, शैलेन्द्र यादवले अविजित ३६, जावेद खानले २८ र अजय चाईले नटआउट २३ रनको योगदान गरे । बलिङमा गोलपार्कका सुप्रिम कंडेलले ३ तथा प्रशान्त अर्याल र अनिश जोय गुरुङले १–१ विकेट लिए । गोलपार्कले…
भैरहवा,२७ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित पाठशाला प्रि–प्राइमरी विद्यालयले एक कार्यक्रमको आयोजना गरी आफ्नो प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। कार्यक्रममा विद्यालयका बालबालिकाहरुले नृत्य, नाटक प्रस्तुति दिएका थिए। जसले अभिभावक र उपस्थित अतिथिहरुलाई निकै प्रभावित बनाएको थियो । विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्याएको भन्दै कार्यक्रममा सहभागीहरुले प्रशंसा गरे। कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयका निर्देशक विवेक पौडेलले बताए । विद्यालयको प्रधानाध्यापक सपना पौडेलले शिक्षा केवल समानतामा सीमित नभई असल चरित्र र राम्रो मानवता निर्माणसँग जोडिएको भन्दै सधैं मन र…
काठमाडौं,२७चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले राप्रपालाई धोखा नदिएको बताएका छन्। राप्रपाका संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति लामिछानेसँगको कुराकानी भए पश्चात आफूहरुले उपसभामुखमा उम्मेदवारी दर्ता गराएको बताएका थिए। तर, रास्वपाले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । सोही विषयको प्रश्नमा सभापति लामिछानेले भने ‘ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो। उहाँ सधैँ साथी रहिरहनुहुन्छ। राजनीतिक सहकार्य हाम्रो कयौँ सहकार्य गर्न बाँकी नै छ। एउटा माघले कहाँ जाडो जान्छ ?’ उनले उपसभामुखबारे सबैसँग राजनीतिक संवादहरु हुने संवादलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। उनले थपे, ‘राजनीतिक संवादहरु त हुन्छन्, किन नहुनुरु अन्य सबै दलहरुसँग भएको हो।…
काठमाडौं,२७ चैत। प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। शुक्रवार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।पदोन्नतिसँगै उनीहरुलाई उपरथीको जिम्मेवारी औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो।
काठमाडौँ,२७चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता, कार्यकर्ता, सांसद र केन्द्रीय सदस्यहरुलाई अनावश्यक भिडभाड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार, शुक्रबार बसेको संसदीय दलको बैठकले अनावश्यक रुपमा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरुमा नेता,कार्यकर्ता, केन्द्रीय सदस्य र सांसदहरुलाई भिड नगर्न निर्देशन हो । बैठकले जनसम्पर्कको लागि प्रत्येक दिन एक जना केन्द्रीय सदस्य र एक जना सांसद केन्द्रीय कार्यालय बस्ने निर्णय समेत गरेको उनले बताए ।
काठमाडौं,२७ चैत। नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३३० जनाका लागि दरखास्त आह्वान गरेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरुका लागि दरखास्त आह्वान गरेको हो । योग्य उम्मेदवारहरुले शुक्रवारदेखि वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । हेर्नुहोस् सूचना:
काठमाडौं,२७चैत। संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेका हुन्। घोषित कार्यक्रमअनुसार चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया, चैत ३० देखि वैशाख ४ गतेसम्म देशभरका क्याम्पसमा छलफल तथा अन्तरक्रिया, र वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरुसँग संवाद गर्ने योजना छ। त्यसपछि वैशाख ७–९ गते क्याम्पसमा ब्यानर राख्ने, पर्चा बाँड्ने र हस्ताक्षर संकलन गर्ने कार्यक्रम तय गरिएको छ। त्यस्तै बैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र दिने, वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र वैशाख १५ गते काठमाडौँको बालुवाटारसहित देशभर कापी–कलमसहित…
काठमाडौं,२७ चैत। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। दुईजना मन्त्री थप्दै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। यससँगै मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरुले आजै राष्ट्रपति भवनमा आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।
काठमाडौं,२६चैत। प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। पार्टी सभापति रवि लामिछानेले अनुशासन समितिको सिफारिस पश्चात मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्राचार गरेपछि प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्। साहले पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्य पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेपछि आलोचना भएको थियो ।