Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ। क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्द बहादुर खत्रीको नाम उम्मेदवारमा सिफारिस गरेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले जानकारी दिए। त्यस्तै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) लाई सिफारिस गरिएको छ। उनका अनुसार यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सोमनाथ शर्मा (खस आर्य), मिननाथ शर्मा (अपाङ्ग), भिम प्रसाद न्यौपाने (खस…

Read More

काठमाडौंं,२१ मंसिर।। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ। हाल आयोगमा दर्ता भएका १४३ दलमध्ये ११४ दलले आगामी निर्वाचनमा सहभागिता जनाउने योजना बनाएका छन्। ती दलमध्ये १२ दलका पाँच समूहले संयुक्त रुपमा एकल निर्वाचन चिह्न लिएर चुनाव लड्ने भएका छन् भने १०२ दलले स्वतन्त्र रूपमा आफ्ना छुट्टाछुट्टै चुनाव चिन्ह प्रयोग गर्नेछन्। जसअनुसार, कुल एक सय सात फरक निर्वाचन चिन्ह आगामी निर्वाचनमा प्रयोग हुनेछन्।

Read More

काठमाडौं,२१मंसिर। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक (डिजी) प्रदीप अधिकारीलाई पूर्पक्षका लागि थुनामा (कारागार) पठाउन आदेश भएको छ। विशेष अदालतको न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला संयुक्त इजलासले अधिकारीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ।

Read More

काठमाडौं,२१ मंसिर। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्। आइतबार भएको उक्त भर्चुअल सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले अपराध नियन्त्रण तथा अनुसन्धान, राजस्व चुहावट तथा तस्करी नियन्त्रण, सवारी दुर्घटना नियन्त्रण, आसन्न निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन, प्रहरी आचरण तथा व्यवहार, नागरिकमैत्री सेवा प्रवाहलगायत समसामयिक विषयवस्तु र समग्र प्रहरी कामकारबाहीमा थप प्रभावकारी बन्न सबै प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका हुन्। सोही अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले पनि सम्बोधन गर्दै सबै अनुसन्धान कार्यलाई पूर्ण…

Read More

काठमाडौं,२१ मंसिर। विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ। विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको हो। कांग्रेसका ७ जना सांसदको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्म खातीले रिट निवेदन पेस गरेका हुन्। निवेदकमा प्रमुख सचेतक घिमिरेसहित, सचेतक सुशीला थिङ, सांसदहरु दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा छन्। नेकपमा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो। गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। सोही भेटपछि कांग्रेसले पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च…

Read More

काठमाडौं,२१ मंसिर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणमा आठ अर्ब ३६ करोडको भ्रष्टाचार भएको दावीसहित पूर्वमन्त्रीहरु रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटीविरुद्ध आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । त्यस्तै, सचिवहरु मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ भने सहसचिवहरु रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। यस्तै सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डययन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्य सचिव मदन खरेल,…

Read More

भैरहवा,२१ मंसिर। रुपन्देहीको भैरहवामा आयोजना गरिएको ७ औं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) सकिएको छ । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजार प्रवर्द्धन गरी, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ मंसिर ३ देखि मङ्सिर २१ गतेसम्म आयोजना गरेको महोत्सवमा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सवमा १ लाख २० हजार दर्शकले अवलोकन आयोजक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताए । स्थानीय उत्पादन र बजार प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा ३ सय वटा स्टल राखिएका थिए। यसपटक…

Read More

भैरहवा,२१ मंसिर। लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गराईएको छ । गत हप्ता १२ औं अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत शिवहरी अधिकारीले पदस्थापन गराएका हुन्। पदस्थापन कार्यक्रममा बोल्दै नेपाल ईटा उद्योगी व्यवसायि महासंघका केन्द्रिय सचिव रमेश खनालले ईटा व्यसायलाई प्रबिधि मैत्री बनाउदै थप व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । उनले पर्यावरण जोगाउदै उद्योग सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै बिकसित प्रबिधि अनुसार उद्योगी व्यवसायी पनि अगाडि बढ्नु पर्ने बताए। महासंघका सल्लाहकार हरी अधिकारी, संघको लुम्बिनी प्रदेश सल्लाहकार टंकनाथ पराजुली, निर्वतमान अध्यक्ष अजय गुप्ता, वर्तमान बरिष्ठ उपाध्यक्ष अजय अधिकारी लगाएतले बोल्दै सस्थागत बिकासमा एक ढिक्का भएर अगाडि बढ्नु पर्ने…

Read More

काठमाडौं,१७ मंसिर। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ। शाक्यलाई ललितपुरको जावलाखेल भनिमण्डलबाट पक्राउ गरिको सिआईबीका प्रवक्ता एंव एसएसपी शिवकुमार श्रेष्ठले जनाए । सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत बैंकका उच्च अधिकारीहरुलाई पक्राउ गरिसकिएको छ ।

Read More

रौतहट, १७ मंसिर । प्रहरीले नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी ०९८३ नम्बरको मोटरसाइकललाई चेकजाँचको क्रममा आरोपीहरुको साथबाट नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको साथबाट १ हजार रुपैयाँ दरका १ सय १८ थान नक्कली नेपाली नोट बरामद भएको छ ।

Read More