Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१३ साउन। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको विरोध गर्दै आज चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्। चिकित्सकहरु सेवा बन्द गरेर आन्दोलनमा उत्रिँदा बिरामीहरुको उपचारमा समस्या परेको छ। नेपाल चिकित्सक संघको आह्वानमा बुधबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। साथै, काठमाडौंको माइतीघरमा उनीहरुले विरोध प्रदर्शन गरेका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरुलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो। संघका अध्यक्ष डा. बद्री रिजालका अनुसार, घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो न्याय माग्न गएकाहरुमाथि दुर्व्यवहार…

Read More

काठमाडौं,१३ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पदीय मर्यादा विपरीत कार्यगरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको आयोगले जनाएको छ। उनको श्रीमती अर्पना कुमारीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। आयोगका अनुसार, नियुक्ति मिति २०६५/०९/११ गतेदेखि २०८२/०३/२९ गतेसम्मको अवधिमा चौधरीले २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ आय आर्जन गरेका थिए। उक्त आम्दानीमा तलब,भत्ता,कर्जा,कृषि आय तथा बाबुको पेन्सन आयसमेत समावेश गरिएको छ। सोही अवधिमा उनले आफू र आफ्नो परिवारको नाममा जग्गा, घर, सवारी साधन, जीवन बिमा, छोराछोरीको खर्च, शेयर खरिद, बैंकिङ मौज्दातलगायत…

Read More

काठमाडौं,१३ साउन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुन्डी कारोबारमा संलग्न आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङ सत्यदेवी-८ घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेको प्रहरीले जनाएको छ। ब्यूरोका प्रवक्ता एवं एसएसपी अनुपम शमशेर ज.ब.रा.का अनुसार, शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषणको क्रममा पक्राउ परेका आरोपीले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुन्डीमार्फत कारोबार गरेको देखिएको छ। सोही आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर काठमाडौं महानगरपालिका–८,गौरीघाट मन्दिर क्षेत्रबाट रिजाललाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

Read More

दाङ,१३ साउन । दाङ जिल्लामा नयाँ प्रणालीमार्फत सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सुरु गरिएको छ। साउन १ गतेदेखि लागू गरिएको नयाँ इडीएलभीआरएस प्रणालीमार्फत लाइसेन्स नवीकरणको काम दाङबाट सुरु भएको यातायात व्यवस्था कार्यालय कार्यालय दाङले जनाएको छ। काम सुरु भएसँगै मुलुकमा पहिलो पटक चार जना सेवाग्राहीले यहाँ नयाँ प्रणालीबाट सेवा लिइसकेका छन्। कार्यालयका कम्प्युटर अधिकृत वीरेन्द्र घर्तीका अनुसार, देशभर नयाँ प्रणालीमा जाँदा प्राविधिक कारणले सेवा अवरुद्ध भइरहेको अवस्थामा दाङ कार्यालयले सफलतापूर्वक नयाँ प्रणाली लागू गरी सेवा प्रवाह गर्न सफल भएको बताए। नयाँ प्रविधिको प्रयोगले आगामी दिनमा सेवा प्रवाह थप चुस्त, पारदर्शी र सहज हुने विश्वास लिइएको छ।

Read More

पर्सा,११ साउन । पर्सा प्रहरीले १४० किलो लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँपको बगैंचामा लागुऔषधजन्य पदार्थ लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एंव डीएसपी चक्रबहादुर मल्लले जनाए । बरामद गाँजा १३ वटा पोकामा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,११ साउन। सर्वोच्च अदालतले संघीय सांसदलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णयबारे ‘कारण देखाऊ’ आदेश जारी गरेको छ। उक्त निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विपक्षीका नाममा सोमबार लिखित जवाफ पेश गर्न आदेश दिएको हो। सरकारले २०८३ असार ३० गतेको मन्त्रिपरिषद् बैठकबाट सांसदलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। जसको सूचना साउन ४ गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो। सो निर्णय बदरको माग गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि सरकारलाई उपस्थित हुन निर्देशन दिएको छ। सरकारले एकातिर मितव्ययिता अपनाएर २० अर्ब रुपैयाँ बचत…

Read More

काठमाडौं,११ साउन। सीडीएस एन्ड क्लियरिङ लिमिटेडले साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क नतिरेमा खाता रोक्का हुने जनाएको छ । लिमिटेडले सूचना जारी गर्दै तोकिएको समयभित्र शुल्क बुझाउन सबै हितग्राहीलाई आग्रह गरेको छ। सीडीएसका वरिष्ठ अधिकृत देवराज रिजालका अनुसार, साउन १५ गतेसम्म वार्षिक शुल्क नबुझाएका डिम्याट खाता साउन १६ गतेदेखि रोक्का गरिनेछ। खाता रोक्का भएपछि सम्बन्धित लगानीकर्ताले शेयर कारोबार गर्न समेत पाउने छैनन्। प्रत्येक वर्ष डिम्याट खाताका लागि १०० रुपैयाँ र ‘मेरो शेयर’ सेवाका लागि ५० रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्ने व्यवस्था छ। हाल डिम्याट खाताको संख्या ८० लाख नाघेको छ भने ‘मेरो शेयर’का सक्रिय खाताको संख्या ५१ लाखभन्दा…

Read More

काठमाडौं,११ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुनद्वारा प्रतिबन्धित वस्तुको आयात, भण्डारण तथा बिक्री–वितरण नगर्न चेतावनी दिएको छ। विभागले सोमबार सूचना जारी गर्दै प्रतिबन्धित वस्तुहरु अनलाइन माध्यम तथा भौतिक बजारमा बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएको भन्दै यस्ता कार्य नगर्न चेतावनी दिएको हो । विभागले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिम मात्र व्यापार–व्यवसाय सञ्चालन गर्न निर्देशन दिँदै उल्लंघन गरे निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

Read More

काठमाडौं,११ साउन। नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका ११ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। गैर हाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी जवान ८ जना र कार्यालय सहयोगी १ जना छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। उनीहरु गैरहाजिर हुनुको कारण खुलेको छैन । तोकिएको समयभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावलीको…

Read More

वीरगञ्ज, ९ साउन। पर्सा प्रहरीले डाँका तथा चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट ५ वर्ष कैद र रु. ५० हजार जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, विशेष सूचनाका आधारमा अदालतको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनीस्थित सडकखण्डबाट वीरगञ्ज महानगरपालिका–३० निवासी २८ वर्षीय आकाश यादवलाई पक्राउ गरेको हो। उनीविरुद्ध डाँका तथा चोरी सम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतले २०८१ चैत २२ गते ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयनका लागि फरार रहेका यादवलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Read More