Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भक्तपुर,२४ साउन। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार बिरुवास्थित उत्साहित सुधार केन्द्रमा उपचाररत ४१ वर्षीय उमेश खड्गीको आइतबार बिहान मृत्यु भएको छ। घटनापछि मृतकका आफन्तले सुधार केन्द्रमा कुटपिट भएको आशंका गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। मृतककी श्रीमती भगवती शाहीले सुधार केन्द्रमा रहेका व्यक्तिहरुले कुटपिट गरेको देखिने सीसीटीभी फुटेज आफूहरूले प्राप्त गरेको दाबी गरेकी छन्। उनका अनुसार, खड्गीलाई बिहीबार मात्रै सुधार केन्द्रमा भर्ना गरिएको थियो र स्वास्थ्य अवस्था सामान्य थियो। जिल्ला प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान अघि बढाउँदै पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

Read More

कपिलवस्तु,२४ साउन।कपिलवस्तु प्रहरीले विजयनगर गाउँपालिका–४ जगदिशपुरबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८, दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेको प्रहरीले जनाएको छ। कृष्णनगर नगरपालिका–८, बहादुरगन्जका स्थानीयलाई गाउँघरमा डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो। खोजी गर्ने क्रममा जगदिशपुरबाट उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार, उनीहरूको साथबाट एक थान पेस्तोल र लु ६१ प ७०७२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। घटनाका सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा,२४ साउन। सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा चार किलो लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाको टोलीले गस्ती गर्ने क्रममा सिद्धार्थनगर नगरपालिका–१ बाइपासस्थित धानबारीमा फालिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजा आवश्यक कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रका प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईले जानकारी दिए।

Read More

काठमाडौं,२४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम अघि बढाउन लागिएको पार्टीले जनाएको छ। रास्वपाका सहमहामन्त्री असिम शाहका अनुसार सरकारमा सहभागी मन्त्रीहरु महिनामा कम्तीमा एकपटक अनिवार्य रुपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भएर नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा सहभागी हुनेछन्। कार्यक्रमले आम नागरिकका आवाजलाई प्रत्यक्ष रुपमा राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्‍याउने पुलको काम गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा नागरिक संवाद सञ्चालन हुनेछ। उक्त समय आम नागरिकका लागि खुला रहनेछ।…

Read More

कपिलवस्तु, २४ साउन। कपिलवस्तु नगरपालिकाका पूर्वमेयर पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन् । तीन दिनदेखि सम्पर्कविहीन रहेका सिंहको शव कपिलवस्तुको गोरुसिङ्गे जंगल क्षेत्रमा आइतबार फेला परेको कपिलवस्तुका एसपी मनोहर भट्टले बताए। शुक्रबार दिउँसो कपिलवस्तु–३ स्थित घरबाट निस्किएका ६५ वर्षीय सिंहले प्रयोग गरेको मोटरसाइकल जंगल क्षेत्रमा भेटिएको थियो। तालिमप्राप्त कुकुर ड्रोनबाट समेत खोजी गर्ने क्रममा उनको शव सोही जंगलक्षेत्रमा फेला परेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा,२३ साउन। लुम्बिनी प्रदेशका १२ जिल्लाका पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन व्यवसायी एकजुट भएका छन्। पर्यटन व्यवसायीको हकहितसँगै प्रदेशका गन्तव्यको प्रवर्द्धन गर्न पहिलोपटक होटल संघ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरिएको हो। बुटवलमा आयोजित कार्यक्रममा रुपन्देहीका पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति घोषणा गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा प्रवीणबहादुर पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा, द्वितीय उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ र महासचिवमा टेकनाथ बस्याल रहेका छन्। समितिले प्रदेशका विभिन्न जिल्लामा रहेका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय गन्तव्य पहिचान गरी तिनको प्रवर्द्धन गर्ने जनाएको छ। समितिका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटनको प्रचुर सम्भावना बोकेको लुम्बिनी प्रदेशका गन्तव्यलाई…

Read More

भैरहवा,२३ साउन। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस) ले अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान सेवा तथा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले रेडियोलोजी विभागको ‘रजत जयन्ती’का अवसरमा शनिबारदेखि दुवै सेवा सुरु गरेको हो। ०५४ सालमा स्थापना भएको अस्पतालले बिरामीलाई आधुनिक तथा गुणस्तरीय रेडियोलोजिकल निदान सेवा उपलब्ध गराउने उद्देश्यले १२८ स्लाइसको नयाँ सिटी स्क्यान र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले बताए। उनका अनुसार, नयाँ प्रविधिसहितको सिटी स्क्यान सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध हुनेछ। अत्याधुनिक सिटी स्क्यान सेवाले यस क्षेत्रका बिरामीलाई थप सहजता प्रदान गर्ने र आवश्यक…

Read More

काठमाडौं,२२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा अख्तियारको टोलीले खत्रीलाई घुससहित नियन्त्रणमा लिएको थियो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, सेवाग्राहीसँग १ लाख ६० हजार घुस लिएको पुष्टि हुनआएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर ठहर भएकाले बिगो रकम १ लाख ६० हजार रुपैयाँ कायम गरी उनीविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो । अख्तियारले खत्रीलाई ऐनको…

Read More

भैरहवा, २२ साउन । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तरगतको बम्पर उपहारको नतिजा सार्वजनिक गरेसँगै योजनाप्रति उपभोक्ताहरुको चासो बढेको छ । उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्दै कर प्रणालीलाई थप पारदर्शी बनाउनका लागि योजना संचालनमा ल्याइएको हो । यस कार्यक्रम अन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ नगद र अन्य १५ जनालाई एक–एक लाख रुपैयाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मराज भुसालका अनुसार, गोपनीयता कायम गर्नका लागि नगद उपहार पाउनेहरुको परिचय खुलाइएको छैन। शुक्रवार नतिजा सार्वजनिक भएसँगै कार्यक्रममा कसरी सहभागी हुने विषयमा उपभोक्ताहरुमा अन्यौलता देखिएपछि हामीले यहाँ…

Read More

दाङ,२२ साउन । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ। यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्ने बताइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा सञ्चार प्रविधि परिषद् को बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीलाई प्रविधिमैत्री, सुरक्षित, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतीकरण गरिएको हो। बैठकमा चालु आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास तथा स्तरोन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ। प्रदेश सरकारले एकद्वार…

Read More