Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२२ वैशाख। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई पक्राउ गरेको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट ४५ वर्षीय जोशीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले जनाए । स्मार्ट टेलिकमले नवीकरण नगरेकोले ०८० वैशाख ३ गते अनुमति पत्र स्वतःरद्द भएपछि बन्द रहेको छ । बन्द भएपछि टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका जोशीमाथी सोही सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरी ठगी तथा अपराधिक विश्वासघात गरेको आरोप छ ।

Read More

भैरहवा, २२ वैशाख। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) लुम्बिनी प्रदेशमा र मधेश प्रदेशका केही जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो लुम्बिनी प्रदेशका रुपन्देही,बाँके, दाङ, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको छ । त्यस्तै राति रुपन्देही, कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । महाशाखाले हावाहुरीबाट जोगिने उपायहरु अपनाउन अनुरोध समेत गरेको छ ।

Read More

काठमाडौं,२१ बैशाख । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेश पुन: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। आइतबार राष्ट्रपति पौडेलले पुनरविचारका लागि भन्दै उक्त अध्यादेश सरकारलाई फिर्ता पठाएका थिए।

Read More

पोखरा,२१ बैशाख । प्रहरीले एक युवतीलाई फेरी चोरीको कसुरमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–३ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१० राम बजारमा बस्दै आएको २५ वर्षीया अम्बिका पुलामी मगरलाई पक्राउ गरिएको हो। पोखरा महानगरपालिका–२५ हेम्जास्थित रामचोककी ६ वर्षीया बालिकाले कानमा लगाएको २८ लालको सुनको मुन्द्रा चोरीको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार सुन चोरी गर्नका लागि पक्राउ परेकी युवतीले ‘म तिम्रो ममीको साथी हुँ’ भन्दै विश्वासमा लिएर जुस, आइसक्रिम जस्ता खानेकुरा खान दिएर फकाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उक्त युवतीले घटनाका…

Read More

काठमाडौं,२१ बैशाख । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरीको मनोबल बढाउँदै परिणाममुखी कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न ग्रहण गर्दै उनले संगठनलाई थप उचाइमा पुर्‍याउनका लागि समेत आफूले काम गर्ने बताए। सरकारको सय बुँदे शासकीय सुधारको कार्ययोजना अनुसार सशस्त्र प्रहरी बलले गर्नुपर्ने कार्यहरुलाई पुरा गर्न योजना तयार गर्दै अघि बढ्ने उनको भनाइ छ । संगठनको आधुनिकीकरण र समयसापेक्ष मार्गनिर्देशनका लागी सकारात्मक एवं रचनात्मक सहयोग हुने उनको विश्वास छ। पौडेलले विभिन्न सुरक्षा चुनौतीहरुको सामना गर्न सूचना प्रविधिमा आधारित वैज्ञानिक, द्रुत परिचालनलाई ध्यान दिइने उल्लेख गरे। त्यस्तै गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी…

Read More

काठमाडौं,२१ बैशाख। प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्। सुकुम्बासीको उठिबास लगाएको भन्दै सरकारको आलोचना भएपछि सामाजिक संजाल फेसबुकमार्फत उनले नियोजित रुपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका हुन्। ‘सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रुपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ’ ,उनले भनेका छन्,‘कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।’ दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रुपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरु अध्यादेशमार्फत खारेज गरिएको उनको दाबी छ। कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरुको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा…

Read More

काठमाडौं,२१ बैशाख । नेपालको स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार १०० पुगेको थियो। यस्तै चाँदीको मूल्य सामान्य वृद्धि भएको छ। महासंघका अनुसार आज २० रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौं,१६ बैशाख । नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले तीन सहायक रथीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधवार जङ्गी अड्डामा उपरथीमा बढुवा भएका प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारी, माधव थापा र शक्ति जंग बस्नेतलाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। उक्त कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौं,१६ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेले प्रतिनिधिसभा सदस्य एवं निर्वतमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुने बताएका छन् । बुधवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि जानकारी गराउने बताए । ‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ। कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ उनले भने, ‘उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ।’ विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक साझेदारी देखिएपछि गुरुङेले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

Read More

काठमाडौं,१६ बैशाख। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) इ–बिडिङ ह्याक प्रकरणमा संलग्नताको आरोपमा थप एक जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौली रहेको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार, सरकारी बोलपत्र प्रणालीमा अनधिकृत पहुँच स्थापना गरी ठेक्का प्रक्रियामा प्रभाव पार्ने गतिविधिमा उक्त निर्माण कम्पनीको समेत संलग्नता देखिएपछि अध्यक्ष गौलीलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कम्पनी र ह्याकिङमार्फत सरकारी ठेक्का प्रक्रियामा हस्तक्षेप गर्ने समूहबीच मिलेमतोको संकेत भेटिएको सीआईबीका एसएसपी शिव श्रेष्ठले जनाए ।

Read More