


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
मर्चवार । शिक्षालाई समाज परिवर्तनको संवाहक र विद्यालयलाई ज्ञानको मन्दिर मानिन्छ । जहाँ बालबालिकाले आफ्नो भविष्यको सुन्दर सपना बुन्छन्, त्यही ठाउँको एउटा घटना बाहिरिएको छ-जसले शैक्षिक जगतको मर्म र मर्यादामाथि नै आघात पुर्याएको भन्दै रुपन्देहीको मर्चवारमा चर्चा चुलिएको छ । जिल्लाको मर्चवारीमाई गाउँपालिका–३ स्थित श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयका कर्मचारी (लाइब्रेरियन) विकास यादवले विद्यालयमा अध्यनरत १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको दावीसहितको घटना बाहिरिएको छ । विद्यालयको पुस्तकालयमा कार्यरत यादवले जबरजस्ती करणी गरेको आरोप पीडितको छ । आफूसित शारीरिक सम्बन्ध नबनाए परीक्षामा फेल गराइदिने धम्की दिँदै कर्मचारी यादवले पटक–पटक जबरजस्ती करणी गरेको पीडित छात्राको दावी छ । विद्यालय प्रशासनको दबाब र…
काठमाडौं,१६ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निर्वाचित सांसदहरुलाई राजनीतिक विषय र भूमिकाबारे १२ बुँदे निर्देशन दिएका छन् । बुधवार बसेको संसदीय दलको अनौपचारिक बैठकमा उनले ‘मालिक बन्न खोज्नेको लागि रास्वपा नभई, सेवक र सहजकर्ताहरुको लागि’ भएको बताए। पार्टीका प्रवक्ता मनिष झाका अनुसार, यस्तो छ सभापति लामिछानेले सांसदहरुलाई दिएको सुझाव र निर्देशन । १) सांसद र मन्त्रीबीच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिव सहितको मन्त्रालयगत अन्तरक्रिया गरिनेछ। २) सरकार फेरियो अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ। यो अबको महत्त्वपूर्ण प्राथमिकता हो। ३) ‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन। यो दल सेवक र…
काठमाडौं,१६ बैशाख । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि सुकुम्बासीलाई सरकारले घरबारविहीन हुन नदिने बताएको छ । बुधबार बसेको संसदीय दलको बैठकले जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका सुकुम्बासीलाई पटक–पटक सूचना दिँदै सुरक्षित स्थानमा सहज रुपमा सारिएको जनाएको छ। बैठकपश्चात पार्टीका प्रवक्ता मनिष झाले विस्थापित सुकुम्बासीहरुको लगत संकलन र व्यवस्थापनमा सरकार जिम्मेवार ढंगले लागिरहेको बताए। ‘सरकारले घरबारबिहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुम्बासीहरुलाई घरबारबिहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ’,उनले भने,‘तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन । कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को…
भैरहवा,१६ बैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यालयले सहुलियत मूल्यमा औषधि उपलब्ध गराउनका लागि फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ। बुधवारदेखि पालिकाको मणिग्राम बजारमा ‘सुलभ फार्मेसी’ नामबाट संचालनमा आएको उक्त फार्मेसीमा औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेखितभन्दा १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने नगरपालिकाको कार्यालयले जनाएको छ। बजारका अन्य फार्मेसीहरुले सामान्यतया १० प्रतिशत मात्र छुट दिने गरेकोमा यहाँ नागरिकले बढी सहुलियत पाउने बताइएको छ। नगर प्रमुख रामकृष्ण खाणले संचालनमा ल्याइएको फार्मेसीबाट विपन्न नागरिकलाई ठुलो राहत मिल्ने विश्वास व्यक्त गरे। उनका अनुसार आगामी आर्थिक वर्षदेखि सुलभ प्याथोलोजी सेवासमेत सञ्चालन गर्ने तयारी भइरहेको छ।
काठमाडौं,१६ वैशाख। कृषि विभागले प्रतिकूल मौसमका कारण काटेर खेतमै राखिएको गहुँ सुरक्षित भण्डारण गर्न किसानहरुलाई आग्रह गरेको छ। मौसममा देखिएको फेरबदलले वर्षा लगायतका कारण गहुँमा क्षति हुने जोखिम बढेको विभागले जनाएको छ। विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले गहुँ भण्डारण गर्दा कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा ४–५ इन्च जति छहारीमा सुकाएको सुकिलो नीम, बकाइनो र तितेपातीका बोटबिरुवाको पात प्रयोग गर्न सुझाव दिएका छन्। कृषि सूचना केन्द्रले पनि उत्पादन वृद्धि, बाली संरक्षण र क्षति न्यूनीकरणसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ। केन्द्रले खेतमा बाँकी कृषि अवशेष नजलाउन आग्रह गर्दै यस वर्ष करिब २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरेको छ।
बुटवल,१६ वैशाख। रुपन्देहीको देवदह नगरपालिका-१० को भलुहीको गणेशनगरस्थित सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । बुधवार मध्यान्ह बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो । घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरुको परिचय नखुलेको प्रहरीको भनाइ छ ।
काठमाडौं,१५ बैशाख । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ। नेपाल टेलिकमका अनुसार ‘कम्बो–२९९’ प्याकको अवधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको थियो। सोही व्यवस्था अनुसार अन्य सबै २८ दिने प्याकेजहरु पनि वैशाख ११ गतेदेखि लागू हुनेगरी केही मूल्य समायोजनसहित ३० दिन अवधिका बनाइएको नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए। यस परिवर्तनसँगै ग्राहकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ। अब महिनामा एकपटक मात्रै रिचार्ज गर्दा पुग्ने भएकाले सेवा प्रयोग अझ सहज हुने टेलिकमको भनाइ छ। साथै, उही मूल्यमा दुई दिन अतिरिक्त सेवा…
काठमाडौं,१५ बैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र इन्धन दुरुपयोग आरोपको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएकी छन्। जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा मन्त्रालयका कर्मचारीहरुले इन्धन लिने गरेको आरोप पश्चात मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । गठित समितिले इन्धन दुरुपयोग भए/नभएको विषयमा छानबिन गर्ने बताइएको छ। घटनाका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गरी जलेका सवारीसाधनको नाममा इन्धनको दुरुपयोग नभएको व्यहोरा सार्वजनिक गरेकोले प्रकाशित समाचारमा भएको त्रुटि सम्पादन गरी सच्याइएको छ–सं. जलेका गाडीका नाममा इन्धनको दुरुपयोग भएको छैन: स्वास्थ्य मन्त्रालय
काठमाडौं,१५ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा दुवैविरुद्ध विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार, झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यको मिलेमतोमा करिब १ करोड रुपैयाँ बराबरको अनियमितता गरेका छन्। आरोपपत्रमा उल्लेख भएअनुसार नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी बिल भर्पाइ तयार गरी प्रधानाध्यापक र लेखापालले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएका छन्। त्यसैगरी, विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५२१ रुपैयाँ नगद हिनामिना गरिएको र…
काठमाडौं,१५ वैशाख। मुलुकमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिए पनि प्रतिव्यक्ति आयमा उल्लेख्य सुधार देखिएको छैन। प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकै अवस्थामा चालु आर्थिक वर्ष २०८२र८३ मा पनि सोही स्तर १ हजार ५३५ अमेरिकी डलरमै कायम रहने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भने बढ्ने भएको छ। आर्थिक वर्षको अन्त्यसम्म यस्तो उत्पादन २ हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान छ, जुन गत आर्थिक वर्षको १ हजार ९९४ अमेरिकी डलरको तुलनामा वृद्धि हो। यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आयमा…