


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ३ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गरेको हुन्। सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भैरहवा, ३ चैत। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आइतबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेशले जित निकालेका छन् । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गर्दै जित हात पार्यो । १ सय ९० रनको लक्ष्य एपीएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउँदै पूरा गर्यो । एपीएफको जितमा दीपक बोहराले नटआउट सर्वाधिक ७० रन जोडे । यस्तै, सुमित महर्जनले नट आउट ३४, ओपनर आसिफ शेखले २५ तथा लोकेश बम र रोहित पौडेलले समान २२–२२ रन बनाए । कर्णालीका दिवान पुन र दीपेन्द्र रावतले समान २–२ तथा…
काठमाडौ, ३ चैत। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । उनले सरकारले मुलुकलाई श्रीलंका हुनबाट भने जोगाएको जिकिर गर्दै अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हाँसिल गर्न नसकिरहेको बताए । विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भुमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको भन्दै भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको बताए। उनले भने– ‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये…
भैरहवा, ३ चैत। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर चैत ४ गते (सोमबार) राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण कुँवर अवकाशमा गएसँगै नेपाल प्रहरीले नयाँ ३१ औं महानिरीक्षक (आईजीपी) पाउने भएको छ। तर, कुवँर अवकाशमा जानु एक दिनअघि सम्म पनि सरकारले ३१ औं आईजीपीको रुपमा नयाँ अनुहारको टुंगो लगाउन सकेको छैन । नेपाली सेनामा अवकाशमा जानु एक महिना अघि नै विदा बसेर नयाँ प्रधानसेनापतिलाई संगठनबारे बुझ्न निमित्त दिने चलन छ। तर, नेपाल प्रहरी संगठनमा राजनीतिक दाउपेच यदि हदसम्म पुगेको छ कि सरकारलाई पनि नेतृत्व छान्न सकस पर्ने गरेको छ। करिब…
भैरहवा, ३ चैत। नेपालको स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौ, ३ चैत। लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेश प्रहरीले उचालेको छ। नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गर्दै उपाधि उचालेको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे। गत फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली सहभागी थिए।
काठमाडौं,३ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बनेश्वारस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बैठक डाकिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी लिए। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक २०८१, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। बैठकमा आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
काठमाडौं, १ चैत। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन देखि क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क होस्टेल व्यवस्था सम्मका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ। संघले पत्रकार सम्मेलन गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी घोषणापत्र सार्वजनिक गर्दै हरेक विश्वविद्यालय तथा क्याम्पसमा ‘डिजिटल लाइब्रेरी’ र ‘निःशुल्क वाईफाई व्यवस्थापन’ का लागि पहल गर्ने समेत जनाएको छ। विद्यार्थी स्वयमको सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत ज्ञान सिर्जना, सङ्ग्रह र प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन, अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ। त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र संग्रह गरी अभिलेख निर्माण…
लुम्बिनी, १ चैत। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सकिएको छ। मायादेवी मन्दिर परिसरमा पाँचसय जनालाई बौद्ध धर्मगुरुहरुबाट चीवर दान गरी सुुरु भएको क्लपुत्र प्रबज्या ५ सय नवश्रामणेरलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम सकिएको हो। प्रबज्या समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवद्र्धन गर्न मात्र नभई विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुगेको बताए। उनले नयाँ भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेष गरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रबज्या कार्यक्रम महत्वपूर्ण रहेको बताए। गौतमबुद्धको पवित्र…
भैरहवा, १ चैत। आज होली अर्थात फागु पुर्णिमा तराईका विभिन्न जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईँदैछ। पहाडी र हिमाली क्षेत्रमा मनाइएको भोलीपल्ट तराईमा होली मनाउने गरिन्छ। रुपन्देही जिल्लाको विभिन्न स्थानको चोकमा साङ्गतिक कार्यक्रमका साथै एक आपसमा मित्रता, आत्मीयता र सद्भाव दर्शाउन परिवार, आफन्त, साथी भाईहरुलाई अबिर तथा रङ लगाई होली पर्व मनाईँदैछ। होली पर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि रुपन्देही प्रहरीले सुरक्षा योजना लागु गरेको छ। जसका लागि ८८० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा पिकेट, गाडी मोबाइल गस्ती, ठाउँठाउँमा चेकिङ प्वाइन्ट, पैदल गस्ती लगायतका लागि प्रहरीका टिमहरु विभाजन गरी खटाइएको जिल्ला…