


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२९ साउन। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन्। शुक्रबारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एकताबद्ध भएर अघि बढे कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे। कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति पूर्ण समर्थन जनाउँदै देउवा नै पार्टीका नेता र सभापति भएको बताए। वीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उनले बनारसमा रहँदाका स्मृतिहरु साझा गर्दै देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्ने विश्वास व्यक्त गरे। उनले पार्टीभित्रको एकता र उत्साहले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिए।
भारत, २९ साउन। भारतको झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा १० वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ। दु रौतहटबाट भारतको प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाम र बासुकीनाथको दर्शन तथा पूजाआजा गरी फर्किंदै गरेको तीर्थयात्री सवार बस झारखण्डको कोडरमा जिल्लास्थित पोखरडीहा मोडनजिकै ट्रकसँग ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटनामा मृत्यु हुनेमध्ये रौतहटका १० वर्षीय शिवम कुमारको पहिचान खुलेको छ। अन्य दुई मृतकको भने पहिचान हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ। बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको बताइएको छ। जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको…
काठमाडौं,२९ साउन। गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा समितिमा गरिएको व्यवहारप्रति आपत्ति जनाएका छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिको बैठकमा मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृह सचिव र प्रहरी प्रमुखप्रति गरिएको व्यवहार तथा प्रस्तुतिप्रति आपत्ति जनाउँदै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले उजुरी वा आरोप लाग्दैमा कसैलाई दोषी करार गर्दै चरित्र हत्या गर्न नमिल्ने भन्दै न्यायिक तथा कानुनी प्रक्रिया पूरा नगरी समितिमा त्यस्तो व्यवहार गरिनु अनुचित भएको धारणा राखे। उजुरीकै आधारमा कोही पनि न्यायाधीश बन्न नहुने उल्लेख गर्दै मन्त्री गुरुङले वर्तमान सरकारको स्पिरिटअनुसार प्रहरी प्रशासन दिनरात खटिरहेको बताए। प्रहरीको पोसाक र अन्य सामग्री खरिदको विषयमा परेको उजुरीलाई…
काठमाडौं,२९ साउन। सभामुख डोलप्रसाद (डिपी) अर्यालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रुपमा सञ्चालनमा आउने बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले दुवै विमानस्थलको नियमित सञ्चालनका लागि सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताए। उनले भैरहवा र पोखरा विमानस्थलबाट हवाई सेवा निरन्तर सञ्चालन गर्ने विषयमा सरकारको तहमा घनिभूत छलफल भइरहेको जानकारी दिए। ‘भैरहवा र पोखरा विमानस्थलका विषयमा घनिभूत छलफल भइरहेको छ । मलाई विश्वास छ, छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारु रुपमा सञ्चालन हुनेछ,’ उनले भने। उनले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि…
काठमाडौं,२८ साउन। प्रहरीले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले श्रेष्ठको निजी निवासमा खानतलासी गर्नुका साथै सञ्चारमाध्यमको कार्यालयमा समेत छापा मारेर कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति आपत्ति जनाएको हो। बिहीबार जारी विज्ञप्तिमा काउन्सिलले सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी सामग्री जफत गरिएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ। सम्पादक श्रेष्ठलाई पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको तथा बिहानै सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी सामग्री जफत गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ।
काठमाडौं,२८ साउन। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले घटनाबारे जानकारी प्राप्त भएको जनाउँदै बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। साथै, विद्यमान कानुनी व्यवस्थाबारे आवश्यक राय–सुझाव लिएर छलफल भइरहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ। राष्ट्र बैंकका अनुसार, बैंकको तरलता अवस्था तथा वित्तीय सबलतासम्बन्धी सूचकहरु तोकिएको मापदण्डअनुसार सन्तोषजनक छन्। बैंकको दैनिक कारोबार तथा सञ्चालनमा तत्काल कुनै जटिलता उत्पन्न हुने अवस्था नरहेको पनि राष्ट्र बैंकले जनाएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका साथै…
काठमाडौं,२८ साउन। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल पुनरावलोकन वा खारेज नगर्ने स्पष्ट पारेको छ। बिहीबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर दुई दिने बिदा लागू गरिएको बताइन्। उनका अनुसार इन्धन खपत घटाउने, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्ने, कर्मचारीको कार्य–जीवन सन्तुलन मिलाउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो व्यवस्था प्रभावकारी देखिएको छ। बिहान ९ बजेदेखि कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई समेत सहज भएको सरकारको दाबी छ। सांसदहरुले भने दुई दिने बिदाले शिक्षा, व्यापार तथा…
काठमाडौं,२८ साउन। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। सिंगापुरमा उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले अपिलपत्र जारी गर्दै विगतका विभाजनका घाउ निको पार्दै प्रतिशोधको राजनीति त्यागेर मेलमिलाप र सहकार्यबाट समुन्नत नेपाल निर्माण गर्न आह्वानसमेत गरेका छन्। उनले आफ्नो जीवन राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान, कानुन र नैतिक मूल्य–मान्यतालाई सर्वोपरि मानेर बिताएको दाबी गर्दै आगामी दिनमा पनि जनताको सर्वोत्तम हितमा काम गर्ने प्रतिबद्धता जनाए। ‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं’, उनले भनेका छन्,‘यस्तो नेपाल निर्माण गरौं,जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक…
काठमाडौं,२८ साउन। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी पत्नी आरजु राणा देउवासहित उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। नेपाल फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित स्वागत गरिएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देउवलाई विमानस्थलमा भेला भएका कार्यकर्ताले समर्थनमा नाराबाजी गर्दै स्वागत गरेका थिए।
बुटवल,२७ साउन। रुपन्देही प्रहरीले बुटवल र तिलोत्तमा क्षेत्रका २५ वटा स्पामा छापा हानेर १२ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार छापाका क्रममा अमर्यादित गतिविधिमा संलग्न आरोपमा ७ महिला र ५ पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको हो। उक्त क्रममा केही स्पाका संचालकलाई सचेत गराउँदै प्रहरीले भारतीय नागरिकको परिचय खुल्ने कागजात र नेपाली ग्राहकको नाम र ठेगाना अनिवार्य रुपमा अभिलेख राख्न निर्देशन दिएको छ। उनले पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए। स्पा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन तथा गैरकानुनी गतिविधि हुन नदिन नियमित निगरानीलाई निरन्तरता दिने प्रहरीले जनाएको…