Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २३ असोज। दसैं नआउँदै तिहारका लागि ल्याइएको ९ बोरा पटाका रुपन्देही प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले सूचनाका आधारमा बा २१ च २२४९ नम्बरको गाडीलाई रन्यौरामा चेकजाँच गर्दा ५ लाख मूल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, गाडी र पटाकाका साथै गाडी चालक रुपन्देहीको कोटहीमाई गाउँपालिका ५ का २५ वर्षीय धर्मराज यादव, १८ वर्षीय सुशिल यादव, सम्मरीमाई गाउँपालिका ७ का ३२ वर्षीय अक्लेश मौर्या र १९ वर्षीय सन्तोष कुर्मीलाई नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलबाट विष्फोटक पदार्थ ऐन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले…

Read More

भैरहवा, २३ असोज। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा योजना लागु गरेको छ । शान्ति, सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिन र सर्वसाधरणलाई शान्तिपूर्ण रुपमा उल्लासपूर्वक चाडपर्व मनाउनका लागि सुरक्षा योजना लागु गरेको जनाएको छ । ‘सर्वसाधरणले उल्लासपूर्वक चाडपर्व मनाइरहेको अवस्थामा अपराधिक मनोवृति हावी भएका व्यक्तिहरु सल्बलाउन खोज्छन्, रुपन्देहीका एसपी जनक बहादुर शाहीले सुरक्षा योजना सार्वजनिक गर्दै भने, ‘त्यसलाई निस्तेज पार्नका लागि जिल्लामा सुरक्षा योजना लागू गरेका हौँ ।’ उनले चाडपर्वमा जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि पूर्वप्रहरी, निर्वाचन प्रहरी (म्यादी), छिमेकी जिल्लासँग समन्वय भइरहेको र सादा…

Read More

भैरहवा, २२ असोज । रुपन्देही र पश्चिम नवलपरासीका नाकाबाट भइरहेको तस्करी नियन्त्रणका लागि लुम्बिनी प्रदेशका डिआइजी भूपेन्द्र बहादुर खत्रीको टोली सक्रिय देखिएको छ। दैनिक जसो उक्त टोलीले तस्करीका सामग्री बरामद गर्दै आएको छ। दाङबाट खटिएको उक्त विशेष प्रहरी टोलीले रुपन्देही र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट दुई दिनमा करिब १८ लाख बढी मूल्य बराबरको लत्ताकपडा, जुत्ता लगायतसामग्री बरामद गरेको छ। साथै, तस्करीका सामग्री ओसारपसारको आरोपमा गाडी र चालकलाई समेत नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, नवलपरासी पश्चिमको सुस्ता–१ बाट मात्रै ११ लाख ६८ हजार ७०० रुपैयाँ बराबरका साडी, कुर्था सुरुवाल, टिसर्ट, सेरवानी, लुङ्गी…

Read More

भैरहवा,२२ असोज। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा वडा अधिवेशनपछि पालिका अधिवेशन सुरु गरेको छ। केही जिल्लामा वडा तहकै संगठन निर्माणमा कठिनाइ भएपछि पालिका अधिवेशन प्रभावित भएको छ भने कतिपय स्थानमा अधिवेशन उत्साहका साथ अघि बढेको छ। लुम्बिनीका कुनै जिल्लाका पालिकामा र्‍याली, सभा र ठूलो उपस्थितिका साथ अधिवेशन भइरहेका छन् भने कतिपय स्थानमा भने सुनसान देखिएको छ। देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार, प्युठान र रोल्पामा वडा तथा पालिका अधिवेशन सम्पन्न भइसकेको छ। कपिलवस्तुका १० स्थानीय तहमध्ये चारवटाको अधिवेशन सकिएको छ भने बाँकी पालिकामा पनि क्रमशः अधिवेशन गर्ने तयारी छ। दाङमा पनि पालिका अधिवेशन गर्ने तयारी गरिएको…

Read More

पाल्पा,२२ असोज। मातृ तथा नवजात शिशुको मृत्यु घटाउने प्रयास भइरहे पनि पाल्पामा पछिल्लो वर्ष नवजात शिशुको मृत्यु बढेको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा एक जना आमाको मृत्यु हुँदा १९ जना नवजात शिशुको मृत्यु भएको छ। यसअघि आर्थिक वर्ष २०८०/८१ मा एक जना आमासहित १४ जना नवजात शिशुको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा मातृ मृत्यु शून्यमा झरे पनि १७ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। मृतजन्मको संख्या पनि उल्लेख्य छ। तीन आर्थिक वर्षमा क्रमशः ४१, ४३ र २१ वटा मृतजन्म भएको तथ्यांक छ। पाल्पा पूर्ण संस्थागत प्रसूतिसेवायुक्त जिल्ला घोषणा भए पनि…

Read More

भैरहवा, २२ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको लत्ताकपडा भैरहवाबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको गाडी मोबाइल टोलीले भैरहवाको नारायणथान क्षेत्रबाट तस्करीको लत्ताकपडा बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार, गाडीमा लैजाँदै गरेको १५ लाख ४७ हजार रुपैयाँ बराबरको लत्ताकपडा चालकसहित नियन्त्रणमा लिइएको छ। बरामद सामान तथा नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Read More

लुम्बिनी,२२ असोज। लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिका लागि सरकारले खुला आवेदन आह्वान गरेको पाँच महिना बितिसक्दा पनि नियुक्ति प्रक्रिया टुंगिन सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उपाध्यक्ष, सदस्यसचिव, कोषाध्यक्ष, योजना प्रमुखसहित १२ पदका लागि ७२७ जनाले आवेदन दिएका छन्। सदस्यसचिव पदमा सबैभन्दा बढी २०९, योजना प्रमुखमा ११२, उपाध्यक्षमा १०४ र कोषाध्यक्षमा ८६ जनाको आवेदन परेको छ। बाँकी आवेदन कार्यकारी सदस्य तथा परिषद् सदस्य पदका लागि परेको हो । सरकारले गत वैशाख १९ गते सार्वजनिक पदाधिकारीसम्बन्धी विशेष व्यवस्था लागू गरेपछि तत्कालीन उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव दीपक श्रेष्ठलगायत कार्यकारिणी र परिषद् सदस्यहरु पदमुक्त भएका थिए।…

Read More

काठमाडौं,२१ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह नरहेको दावी गरेका छन्। पार्टीको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्र समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइराला, पौडेल लगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे। ‘विशेष न विशेष, कोइराला-पौडेल सबै गुट सकियो। कुनै समूह छैन।आजदेखि सबै सकियो गुट,’ उनले भने। उनले महाधिवेशनपछि पार्टीलाई गुटगत स्वार्थभन्दा माथि उठाएर एकताबद्ध रुपमा अघि बढाउने संकेत गरे। लामो समयदेखि देखिँदै आएको आन्तरिक समूहगत विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ। थापाले पार्टीको आन्तरिक व्यवस्थापनमा मात्रै केन्द्रित हुनुभन्दा कांग्रेसका नीति, विचार र मुलुकका समसामयिक विषयलाई समाज र जनताबीचको बहसको केन्द्रमा…

Read More

सर्लाही, २१ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर कौशल कुमार मधुकरलाई घुसरकमसहित नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यका लागि सेवाग्राहीसँग माग गरेको १ लाख रुपैयाँघुस लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको हो। साथै, स्रोत नखुलेको ३३ हजार ७०५ रुपैयाँ पनि बरामद भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकोछ।

Read More

भैरहवा,२१ असोज। रुपन्देहीको भैरहवामा ‘भैरहवा दसैं महोत्सव–२०८३’ आयोजना हुने भएको छ। लायन्स क्लब अफ भैरहवा लिगेसीको मुख्य आयोजनामा असोज २५ गतेदेखि कात्तिक ६ गतेसम्म भैरहवाको गल्लामण्डी रोडस्थित सुगरमिल क्षेत्रमा महोत्सव सञ्चालन हुने भएको हो। बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नारायणप्रसाद कोइरालाले दसैं पर्वको अवसरमा स्थानीय व्यापार–व्यवसाय र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारसँगै भारतका चर्चित कलाकारको प्रस्तुति रहने बताइएको छ। उनका अनुसार, महोत्सवमा दुर्गेश थापा, प्रीति पासवान, गंगु क्षेत्रीलगायत कलाकार र भारतबाट अभिनेत्री अक्षरा सिंह, राजा भोजपुरियालगायतको प्रस्तुति रहनेछ। भैरहवा नेपाल–भारत सीमा नाका, लुम्बिनीको प्रवेशद्वार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटकीय…

Read More