


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
पोखरा, ८ चैत। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-१७ मा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका आरोपीहरुको साथबाट नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँ र १० बुक तास बरामद भएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं,८ चैत। नेपाली कांग्रेसले आन्तरिक विवादका कारण प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा प्राप्त नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठककाबीच सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारणले नै अपेक्षित मत नआएको प्रारम्भीक निष्कर्ष रहेको बताए। त्यसका अतिरिक्त निर्वाचन क्याम्पेनिङमा भएका त्रुटि समेत देखिएकाले बैठकमा विस्तृत रुपमा छलफल भइरहेको उनले बताए। कतिपय क्षेत्रहरुमा संगठनात्मक कमजोरी मात्रै नभइ पार्टीप्रति जनताको विश्वासमै पनि प्रश्न उठेको आभाष बैठकले गरेको उनले उल्लेख गरे । पार्टीको क्रियाशिल सदस्यको संख्या बढ्दै जाँदा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित भएर…
काठमाडौं,३ चैत। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासमा भइरहेको कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई निःशुल्क हटलाइन ११३७ मा सम्पर्क गर्न आग्रह गरेको छ। पछिल्ला दिनमा ग्यास लुकाएर अभाव सिर्जना गर्ने र चर्को मूल्यमा बिक्री गर्ने गुनासो बढेपछि विभागले यस्तो आग्रह गरेको हो। उपभोक्ताले सहज रुपमा सूचना दिन सकून् भनेर देशभरबाट निःशुल्क फोन गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ। नेपाल आयल निगमले आधा सिलिण्डर वितरणको व्यवस्था गरे पनि बजारमा अभाव कायमै रहेको छ। यस्तो अवस्थामा गैरकानुनी कारोबार गर्नेहरुमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ। विभागले अनुगमनलाई तीव्र बनाउँदै उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिरहेको जनाएको…
काठमाडौं,३ चैत। मध्यपूर्व र पश्चिम एसियामा बढ्दो युद्धको प्रभाव देखाउँदै इन्धनमा गरिएको भारी मूल्यवृद्धिप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा निर्माणको मुख्य सिजनमै डिजेल, पेट्रोल, मट्टितेललगायतमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायीहरुलाई ठूलो आर्थिक भार परेको र यसले सरकारी पूर्वाधार खर्चसमेत बढाउने जनाएको छ। महासचिव रोशन दाहालले सीमित आयातकर्ताहरुले कार्टेलिङ गरी बिटुमिनमा कृत्रिम अभाव सिर्जना गरी निर्माण व्यवसायीहरुलाई ठूलो आर्थिक समस्यामा पारेको महासंघको दाबी छ। बिटुमिनको अभाव र मूल्य प्रतिलिटर ४० रुपैयाँसम्म बढ्दा कालोपत्रे काम प्रभावित भएको महासंघको भनाइ छ। साथै भारतले बिटुमिन निर्यात रोकेपछि समस्या झन् बढेको उल्लेख गरिएको छ। फलामे डन्डी र सिमेन्टमा समेत मूल्यवृद्धि…
विराटनगर,३ चैत। सिटिजन्स बैंक इन्टरनेशनलमा करिब पाँच करोड रुपैयाँ हिनामिना भएको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको छ। बैंकको आन्तरिक छानबिनका क्रममा विराटनगरस्थित कञ्चनबारी शाखामा नक्कली ऋणी खडा गरेर चार करोड ९१ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो । रकम हिनामिनामा बैंकका कर्मचारीहरुकै प्रत्यक्ष संलग्नता देखिएको छ । बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार, नियमित रुपमा गरिने आकस्मिक लेखापरीक्षणका क्रममा ऋण लगानीमा शंकास्पद विवरणहरु भेटिएका थिए । केही कर्मचारीको मिलेमतोमा नक्कली ऋणीका नाममा ऋण प्रवाह गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘नक्कली ऋणी खडा गरेको देखिएपछि हामीले सूक्ष्म अध्ययन गर्यौं,’ उनले भने,…
काठमाडौं,३ चैत। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ४२ वर्षीय अब्दुल खालिक अब्दुल हानन्न सिद्धिकी र ४० वर्षीय रिजवान मोद युसफ रहेका छन् । त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरुलाई जाँच गर्दा अब्दुलको साथबाट २ किलो १ सय ग्राम र रिजवानको साथबाट १ किलो ६० ग्राम उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ,३ चैत। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ सालको स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाएका उम्मेदवारहरुको जरिवाना छुट दिने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। करिब तीन वर्षपछि न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो। भण्डारीको निर्णयविरुद्ध अधिवक्ता सविन पोखरेलले २०७९ फागुन १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसअघि निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई कानुनअनुसार जरिवाना गर्ने निर्णय गरेको थियो। आयोगले निर्वाचन खर्च विवरण नबुझाएका १ लाख २३ हजार ६२४ जना उमेदवारबाट जरिवाना असुल गर्ने निर्णय भएको थियो । देशैभरिका ती उमेदवारको कुल जरिवाना रकम…
काठमाडौं,२ चैत। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तबरले सहिद स्मारक ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लबहरुले प्रर्दशन गरेका छन् । एन्फा र क्लबहरुबीच यसअघि भएको सहमति कार्यान्वयन गर्नुको साटो एकलौटी तबरले ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लबहरुले सोमबार एन्फा कम्प्लेक्स सात दोबाटोमा प्रदर्शन गरेका हुन्। प्रदर्शनसहित एन्फा कार्यालय जान लागेका प्रदर्शनकारीलाई प्रहरीले गेटमा नै रोकेपछि उनीहरुले बाहिर धर्ना दिएका थिए। ए डिभिजन क्लबहरुले कार्तिक १७ गते भएको कार्यतालिकासहितको सहमति कार्यन्वयन हुनुपर्ने, विदेशी खेलाडीहरुको हकमा विन्ड खुला गरी एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अबिलम्ब गर्नुपर्ने माग राखेका छन् । साथै, उनीहरुले सहिद…
कैलाली,२ चैत। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएका कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले भट्ट विरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा पक्राउ गरिएको बताए। उनका अनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मुख्यमन्त्रीले घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले भट्टसँग स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । भट्टले हालै एकअन्तर्वार्तामा मुख्यमन्त्रीले आफूसँग पाँच लाख घुस मागेको र रकम नदिएपछि सरुवा गरेको…
भैरहवा,२ चैत। भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रुपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन्। पर्यटन क्षेत्रमा झण्डै एक खर्बभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताए। लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्वपूर्ण गन्तव्य हुन्। ती क्षेत्रको प्रवद्र्धनमा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भए पनि पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी पहल हुन नसक्दा यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुन सकेको छैन्। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले पर्यटन प्रवद्र्धन र…