Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ४ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका प्रज्जवल बोहराले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । रोहिणी गाउँपालिकाको धकधईमा पत्रकार सम्मेलनको आयोजना गरी उनले ९ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा गरेको आन्दोलनलाई आत्मसात गर्दै निर्वाचनमा युवाको आवाज संसद्सम्म पुर्याउन आफूलाई जिताउन बोहराले आग्रह गरे। यस्ता छन् प्रतिवद्धता १) सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली पूर्णरुपले अधिकार सम्पन्न स्थानीय सरकार बनाइनेछ । ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शिता अपनाएर हरेक वर्ष जनतासँग…

Read More

भैरहवा, ४ फागुन । रुपन्देहीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल को प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य श्रीनिवास यादव रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका थिए । सोमबार उनले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जनाए । एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकालले यादवको पार्टी प्रवेशले रुपन्देही–३ मा पार्टी विजयीको सुनिश्चित भएको दावी गरे । ‘मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायीत्व र निकासका लागि नेकपा एमालेले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने…

Read More

लुम्बिनी, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज रुपन्देही आउने भएका छन् । पार्टीको घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम अन्तर्गत शाह रुपन्देही आउन लागेका हुन् । शाहले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्साल, २ का सुलभ खरेल, ३ का डा.लेखजंग थापा, ४ का कन्हैया बनियाँ र ५ का तौफिक अहमद खानका साथ पार्टीका नेता-कार्यकर्ता, मतदाता र शुभेच्छुकहरुसँग पनि भेटघाटको कार्यक्रम तय गरिएको छ। रुपन्देहीमा आउन लागेका बालेनलाई मध्यान्ह १ बजे लुम्बिनीको पर्सा चोकमा स्वागत गर्ने तयारी गरिएको पार्टीले जनाएको छ। रास्वपाका अनुसार, शाहको जिल्लामा आगमन तथा भेटघाटले पार्टीलाई थप मजबुत…

Read More

भैरहवा,१ फागुन । रुपन्देहीको सीमानाकासँगै जोडिएको भारतको सोनौलीमा भारतीय सुरक्षाकर्मीहरुले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले ७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । नौतनवाका क्षेत्राधिकारी अंकुर गौतमका अनुसार, प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका आरोपीहरुले नेपालको बाटो हुँदै गाँजा भारत भित्राइएको र यसलाई भारतका अन्य राज्यहरुमा आपूर्ति गर्ने योजना रहेको स्वीकार गरेकाा छन् । सुरक्षा निकायहरुले यस गिरोहको सम्बन्ध कुनै ठूलो अन्तर्राष्ट्रिय तस्करी नेटवर्कसँग छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेका छन् भने गिरोहको सञ्जाल पत्ता लगाउन आरोपीहरुको मोबाइल फोन र अन्य कागजातहरुको प्राविधिक जाँच…

Read More

काठमाडौं,१ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को गत माघ २६ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सभाको अधिवेशनको अन्त्य गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सभाको १९ औँ अधिवेशन यही माघ ४ गतेदेखि चालु भएको थियो ।

Read More

काठमाडौं,१ फागुन। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आएको संकट समाधानका लागि सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने बताएका छन्। ‘जनयुद्ध दिवस’ मा शुभकामना सन्देश दिँदै उनले फागुन २१ को चुनावबाट सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरु गर्न अपरिहार्य रहेको पनि बताए। रुकुममा रहेका प्रचण्डले भने, ‘हामी सहिदका सपना पूरा गर्ने, रुकुम, रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई फेरि एकपटक देशभरि स्थापित गर्ने जिम्मेवारी पूरा गर्नु छ। म त्यही उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको छु ।’ अहिले देशको परिस्थिति नयाँ बनेको भन्दै उनले थपे, ‘जेन–जी आन्दोलन र…

Read More

काठमाडौं,१ फागुन । नेपालको स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५० रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं,१ फागुन । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन्। यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँराजदूत पठाएको हो। चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप-महानिर्देशकहरूमध्ये एक हुन्। नयाँ राजदूत चाङ शुक्रबार बिहान एयर चाइनाको जहाजबाट काठमाडौं आइपुगेका बुझिएको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई ओहोदाको प्रमाण पत्र बुझाएपछि चाङले आफ्नो नियमित काम सम्हाल्ने बताइएको छ।

Read More

बंगलादेश,१ फागुन । बंगलादेशमा सम्पन्न निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले बहुमत हासिल गरेसँगै त्यहाँ करिब ३५ वर्षपछि पुरुष प्रधानमन्त्री हुने भएका छन् । निर्वाचनबाट पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित छ। कुल ३०० सिटमध्ये २९९ सिटमा भएको मतदानमा पार्टीले २०९ सिट जितेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको निर्वाचन स्थगित गरिएको थियो। १७ वर्ष लामो लन्डन निर्वासनपछि पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा सक्रिय राजनीतिमा फर्किएका तारिक रहमानले यस निर्वाचनमा पार्टीको नेतृत्व गरेका थिए। उनैलाई अब नयाँ प्रधानमन्त्रीका रूपमा हेरिएको छ। शेख हसिनाको पार्टी अवामी लिग निर्वाचनमा सहभागी नभएका कारण बीएनपीलाई यसको प्रत्यक्ष…

Read More

काठमाडौं,२९ माघ । नेपालमा अपराध गरेर विदेशमा फरार भएका दश जनालाई अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँगको समन्वयमा विभिन्न देशबाट पक्राउ गरेर ल्याइएको छ । नेपाल प्रहरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको थियो । जसमध्ये रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो । गत आर्थिक वर्षमा ३४ जनाविरुद्ध रेड नोटिस र दुई जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन नोटिस जारी भएकालाई पक्राउ…

Read More