Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२६ माघ। जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको समय तेस्रो पटक थप हुने भएको छ। अनुसन्धान प्रकृया अझै बाँकी रहेको र प्रमाणहरु जुटाउन कार्य भैरहेकाले २५ दिन थप गर्न आयोगले सरकारलाई प्रस्ताव गरेको छ। आयोगका प्रवक्ता पूर्वएआइजी विज्ञानराज शर्माका अनुसार केही प्राविधिक काम बाँकी रहेकाले २५ दिन समय माग गरिएको छ। ‘केही काम बाँकी छ’, उनले भने, ‘जसकारण समय थप गर्न सरकारसँग माग गरिएको छ।’ दोस्रो पटक थप गरिएको समय अगामी माघ २८ गते सकिँदैछ।

Read More

काठमाडौं,२६ माघ। निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो एआईको दुरुपयोग नियन्त्रणका लागि नेपाल प्रहरीले छुट्टै सेल गठन गर्ने तयारी गरेको छ । सोमवार काठमाडौंमा अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रसारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानुनी उपचारका लागि एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताए । उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए । ‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस…

Read More

काठमाडौं,२६ माघ। राष्ट्रिय सभाले सरकारले फिर्ता लिने निर्णय गरेको सामाजिक सञ्जाल विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ औपचारिक रुपमा फिर्ता भएको छ। सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत स्वीकृत भएको घोषणा गरे। यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभामा पेस गरेका थिए। उक्त विधेयक २०८२ भदौ १३ गते बसेको राष्ट्रिय सभाको बैठकबाट उत्पत्ति भई दफावार छलफलका लागि समितिमा पठाइएको थियो। समितिमा विधेयकमाथि ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। समितिका…

Read More

भैरहवा, २६ माघ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का नागरिकहरुलाई अहिले पनि सामान्य उपचारका लागि भैरहवा/बुटवल पुग्नुपर्ने बाध्यता छ। स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्य हुननसक्दा यहाँका नागरिकलाई दशकौंदेखि सास्ती झेल्नुपरेको छ । क्षेत्रका नागरिकलाई भैरहवा/बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने रुपन्देही–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य क्षेत्रलाई चुनावी एजेन्डा बनाउँदै उनले ‘स्वस्थ क्षेत्र नं. ५, खुसी नागरिक’ भन्ने अवधारणासहित विस्तृत योजना तयार पारिएको सुनाए । उनका अनुसार अब क्षेत्रका नागरिकले सामान्यदेखि विशेषज्ञ उपचारका लागि बाहिर जानुपर्ने अवस्था क्रमशः अन्त्य हुनेछ। उनले क्षेत्रको मध्यभाग (रुद्रपुर वा गजेडी क्षेत्र) मा निर्वाचन क्षेत्र…

Read More

भैरहवा,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ५० वटा सैन्य गाडी उपलब्ध गराएको छ । नेपाली सेनालाई उपलब्ध गराएको उक्त गाडीहरु बेलहिया (भैरहवा) नाका हुँदै नेपाल भित्राइएको छ। भारतीय सेनाले भारतको सोनौली नाकामा एक कार्यक्रमको आयोजना गरी नेपाली सेनालाई उक्त सैन्य गाडीहरु हस्तान्तरण गरेको हो । भैरहवा भन्सार कार्यालयका अनुसार, साढे २९ करोड मूल्यका उक्त गाडी नेपाल सरकारको निर्णय अनरुप भन्सार राजश्व छुटमा नेपाल भित्रिएका हुन्। उपलब्ध गराइएको उक्त सैन्य गाडीहरु ७.५ टन र २.५ टनका गरी २ प्रकारका छन्। जसमध्ये ७.५ टनका २० वटा र २.५ टनका ३० वटा मिनीट्रक…

Read More

काठमाडौं,२५ माघ । राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, चप्पल कारखानास्थित साहको डेरामा चोरीमा संलग्न आरोपीहरु जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए। पक्राउ परेकाहरुका साथबाट प्रहरीले वर्ल्डलिंकको एउटा राउटर र दुईवटा सीसीटीभी क्यामेरा बरामद गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

Read More

सुर्खेत,२५ माघ। प्रहरीले ‘खतरनाक खोपडी’ समूहका २५ जनालाई पक्राउ गरेको छ। स्थानीय प्रशासनको अनुमतिबिना मोटरसाइकल र्‍याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढ्थापाका अनुसार, वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा उक्त समूहमा रहेका युवाले कालो र सेतो झण्डा बोकी मोटरसाइकलमा र्‍याली निकाल्दै होहल्ला गरेको आरोपमा वीरेन्द्रनगर–३ तातापानीबाट पक्राउ गरिएको हो। साथै, आठ वटा मोटरसाइकल र ४ वटा स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि गर्नुका साथै…

Read More

बर्दिया,२५ माघ। नेपाली सेनाले बर्दियाको गुलरिया नगरपालिका–५ स्थित फेला परेको शंकास्पद वस्तु डस्पोज गरेको छ । सिंचाइ कार्यालय भवनको पछाडिको पर्खाल नजिकै झाडीमा सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेको सूचना पश्चात नेपाली सेनाको बज्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको बताइएको छ ।

Read More

काठमाडौं,२५ माघ । के तपाईँले सोचबिचार नै नगरी सामाजिक संजालमा कसैलाई गालीगलौच, गलत सूचना, व्यक्तिगत चरित्रहत्या हुने गरी जानी वा नजानी पोष्ट्, कमेन्ट, सेयर त गरिरहनु भएको छैन ? यदि गरिरहनु भएको छ भने कारवाहीमा पर्न सक्नुहुनेछ । किनभने नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक संजालको निगरानी गरिरहेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं डीआइजी अबि नारायण काफ्लेका अनुसार टोली नै बनाएर सामाजिक संजालको अनुगमन भइरहेको र गलत सूचना प्रवाह गर्ने, गालीगलौच गरी अन्यको चरित्रहत्या गर्नेहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको छ । उनले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरुको प्रयोगद्वारा गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक र…

Read More

परासी,२५ माघ। जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले अगामी निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेपनि अधिकांशले हातहतियार नबुझाएको पाइएको छ । स्थानीय प्रशासनका अनुसार, जिल्लामा चार सय आठ जनाले इजाजत लिएर हातहतियार राखेका छन् । तर, हालसम्म १८ थान मात्र हातहतियार सर्वसाधरणले बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी बीरदत्त पन्तले जानकारी दिए। उनले हातहतियार बुझाउनका लागि सूचना जारी भएको अवस्थामा समेत समयसीमा भित्र हतियार नबुझाए कारवाही हुने बताए ।

Read More