


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने भएका छन्। संवाद सचिव फणि पाठकका अनुसार शाह पत्नी कोमल शाहसहित माघ १२ गते जनकपुर जान लागेका हुन् । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
स्याङ्जा,७ माघ। स्याङ्जा प्रहरीले बन्दुक-बारुदसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विरुवा गाउँपालिका-३ सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी, ६५ वर्षीय मिनबहादुर पुलामी र रणबहादुर थापा रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी विरुवाबाट खटिएको टोलीले पक्राउ परेका तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम बारुद, ३१ थान छर्रा, छर्रा बनाउन प्रयोग हुने सिसा र फलामको घोडा बरामद भएको प्रहरीले जनाएको छ। मिनबहादुरको घरबाट एक नाल भरुवा बन्दुक एक थान, १७ थान छर्रा, ५० ग्राम बारुद र दुई थान केप फेला परेको छ भने रणबहादुरको घरबाट एक नाले भरुवा बन्दुक, २३ थान छर्रा, ३७० ग्राम बारुद र ५…
काठमाडौं,७ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर ‘कल सेन्टर’ संचालनमा ल्याएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संचालनमा ल्याइएको कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिनेछ । आयोगले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन्। यसमा एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
काठमाडौं,७ माघ । प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको हो। बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरुले सम्पादन गरिरहेका कार्यहरु, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरिएको थियो। बैठकमा निर्वाचनको सुरक्षा अवस्था र चुनौतीबारे विश्लेषण गरिएको छ। बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरुलाई सक्रिय बनाउने निर्णय गरेको छ। त्यस्तै राजनीतिक दल र उम्मेदवारहरुको प्रचारप्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र…
काठमाडौं,७ माघ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको अवधिभित्र आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको छ। आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम चिर्दै निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न र रायसुझाव लिन पाइने स्पष्ट पारे। तर, उनले ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता गतिविधि दलगत रुपमा गर्न नपाइने बताए। निर्वाचन आचारसंहिता लागू भइसकेकोले आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी आएमा छानबिन गरी आवश्यक निर्णय लिने अधिकार रहेको उनको भनाई छ ।
काठमाडौं,७ माघ। नेपालको स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बुधवार सुन प्रतितोला ३ लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला २ लाख ९५ हजार १०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । यस्तै चाँदीको मूल्य पनि आकासिएको छ। महासंघका अनुसार बुधवारप्रतितोला चाँदीको मूल्य ५ हजार ९२० रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो।
भैरहवा, ७ माघ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हातहतियार बुझाउनका लागि आग्रह गरेको छ। निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्लाभित्र रहेका ईजाजत प्राप्त हातहतियार तथा खरखजानाहरु बुझाउनका लागि आग्रह गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाध पाध्याले जनाए। माघ १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा हातहतियार बुझाउन सकिने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ। बुझाइएको हातहतियार निर्वाचन सम्पन्न भएको एक महिना पश्चात फिर्ता गर्न सक्ने र नबुझाए कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । हेर्नुहोस् सूचना :
भैरहवा, ६ माघ । आगामी प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नीति विशेषज्ञसमेत रहेका तौफिक अहमद खानले उम्मेदवारी दर्ता गराएका छन् । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल समेत रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा दशकौं देखि विकासको रुपमा फड्को मार्न सकेको छैन् । पर्यटकको आगमन भएतापनि टिकाउन मुस्किल छ । रुपन्देही-५ मा मतदाताले परिवर्तन खोजेकोले परिवर्तन ल्याउनका लागि उम्मेदवारी दिदैं अघि बढेको उम्मेदवार खानले बताए । क्षेत्रमा उम्मेदवार खानको राम्रो पकड रहेको मानिन्छ । खान एक रणनीतिक सल्लाहकार, वातावरणीय अभियन्ता र नीति विशेषज्ञ हुन्। खानको करियर १५ वर्षभन्दा बढी समयदेखि…
भैरहवा,६ माघ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले प्रमोदकुमार यादवलाई टिकट नदिएपछि उनले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन्। रुपन्देही-४ बाट यादवले उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसले आशुतोष मिश्रलाई टिकट दिएपछि यादव एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन्। रुपन्देही-४ बाट ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका यादव ०७९ को निर्वाचनमा पराजित भएका थिए । उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कन्हैया बनिया, जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीबाट भोपेन्द्र यादव लगायत स्वतन्त्रसहित २२ जनाले ले उम्मेदवारी दिएका छन् ।
काठमाडौं,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभर कुल ३ हजार ४ सय २८ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीको १६५ सीटका लागि देशभरिबाट पुरुष ३ हजार ३७ र महिला ३ सय ९१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधि सभा सदस्यका लागि मनोनयन प्रक्रिया सकिएपछि अब दाबी-विरोध, अन्तिम नामावली र चुनावी तालिका अनुसारको प्रक्रिया अघि बढ्नेछ। पहिलो हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ। सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा…