Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

अछाम, २ असोज । नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँफेबगर नगरपालिका-४ जनकल्याणका ३२ वर्षीय महेश भुल रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले भुललाई पक्राउ गरेको हो। पक्राउ परेका युवकलाई हिरासतमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

नेपालगञ्ज,२ असोज । सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पाठकलाई नेपालगञ्जबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको हो । स्थानीय प्रशासनले तोडफोड, आगजनी, लुटपाट गर्नेहरुको प्रमाण, भीडियो लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।

Read More

काठमाडौं,२ असोज । प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् । कुराकानी आत्मीय भएको उनले बताएका छन्। मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारमा समवेदन पनि प्रकट गरेका थिए । उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका थिए ।

Read More

काठमाडौं२ असोज । जनमत पार्टीका ६ शीर्ष नेताहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएका हुन् । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । नेपालका विषम परिस्थिति र जनमानसको अपेक्षा अनुरुप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको र नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै नेताहरुले अपमान गरेको उनीहरुले आरोप लगाएका छन्।

Read More

झापा,२ असोज। प्रहरीले टेलिफोनको अप्टिकल फाइबर तार चोरीको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत दार्जिलिङका २४ वर्षीय कार्तिक अधिकारी, सोही स्थानका ३४ वर्षीय राहुल अधिकारी, झापाको बुद्धशान्ति गाउँपालिका सितलवस्तीका २५ वर्षीय विजय राजवंशी, कचनकवल गाउँपालिका–३ डाँगीवारिका ४२ वर्षीय सञ्जय माझी र इलामको माई नगरपालिका–३ का २७ वर्षीय दिनेश परियार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट ५ बोरा फाइबर तार बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

Read More

काठमाडौं,२ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको फाइदा उठाउँदै पार्टीको नाम लिएर धम्की दिनेलाई कारबाही गर्न आग्रह गरेको छ। बिहीवार रास्वपाले विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता कार्यमा रास्वपाको कुनै संलग्नता नरहेको र यस्ता गतिविधिमा लाग्ने जो कोही भएपनि आवश्यक छानबिन र कारवाहीका लागि अनुरोध गरेको छ। ‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरुको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई…

Read More

काठमाडौं,३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे (खुद्रे) आयोजना नअगाडि बढाउने निर्णयसँगै सरकारको १०० अर्ब रुपैयाँ स्रोत बचत हुने बताएका छन्। अर्थ मन्त्रालयमा पदबहालीपछि सोमबार आयोजित छलफलमा उनले यस्ता आयोजनाहरु हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय लिइएको जानकारी दिए। मन्त्री खनालले आगामी ६ महिनाभित्र निर्वाचन हुनुपर्ने अवस्थालाई उल्लेख गर्दै त्यसका लागि बजेट व्यवस्थापन गर्न टुक्रे आयोजना कटौतीबाट १०० अर्ब रुपैयाँ जोहो गर्न लागिएको बताए। उनका अनुसार राजनीतिक दबाबमा बजेटमा समावेश गरिएका यस्ता आयोजनाहरू कार्यान्वयनमा नल्याउने निर्णय गरिएको छ। साथै, वर्तमान सरकारले पूरक बजेट ल्याउने तयारी नभएको स्पष्ट पारे।

Read More

भैरहवा, ३० भदौ । काठमाडौंमा जेनजी प्रदर्शनको क्रममा समाचार संकलनका लागि पुगेका भारतीय पत्रकारहरुमाथी भएको कुटपिट तथा दुर्व्यवहार गर्नेहरुलाई कारवाही गर्न भारतीय पत्रकारहरुले माग गरेका छन् । भारत उत्तरप्रदेशको सीमवर्ती महारजगंज जिल्लाको प्रेस क्लब अफ महारजगंजले रुपन्देहीस्थित लुम्बिनी प्रेस क्लब मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र दिदैं कुटपिट तथा दुर्व्यवहार गर्नेहरुको पहिचान गरी कारवाहीको माग गरेका हुन् । प्रेस क्लब अफ महारजगंजका अध्यक्ष अमित त्रिपाठीसहितका भारतीय पत्रकारहरुको टोलीले लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीसहितको नेपाली पत्रकारको टोलीलाई सुनौली–बेलहियास्थित सीमा नाकामा ज्ञापनत्रपत्र बुझाएका थिए । ‘भारतबाट सामचार संकलनका लागि नेपाल गएका पत्रकारहरुमाथी केही सिमित व्यक्तिहरुद्वारा अभद्र व्यवहार गरिएको छ । कुनै…

Read More

काठमाडौं,३० भदौ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन्। एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । उनले फेसबुक मार्फत भनेका छन्, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ ।’ राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्दैन भन्दै बास्कोटाले लेखेका छन्, ‘समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।’

Read More

काठमाडौं,३० भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्दोलनका क्रममा आयोगको विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले एक सूचना जारी गर्दै इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरु फिर्ता गर्न आग्रह गरेको हो । अख्तियारका अनुसार तोडफोड, आगजनी गरी चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत उपकरणहरु चोरी भएको छ । कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अरु स्थानको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुमा बुझाउन नभए कारवाही हुने सूचनामा उल्लेख छ । चोरी…

Read More