


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२९ चैत। नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख ४ गते छनौट गर्ने भएको छ। कांग्रेसको निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीका अनुसार, वैशाख ३ गते सहमति प्रयास गर्दा नजुटेमा ४ गते निर्वाचन गर्ने तयारी भएको छ। दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे र मोहन आचार्यसहितका सांसदहरु दौडमा छन् । ‘वैशाख २ गते निर्वाचन समितिको बैठक बसेर संसदीय दलको नेता चयनका लागि तालिका ल्याउने तयारी गरेका छौँ’,उनले भने, ‘वैशाख ३ गते सर्वसम्मतिका लागि प्रयास हुनेछ। त्यहाँ सहमति हुन नसकेमा चुनावबाट दलको नेता चयन हुन्छ।’ नेताहरु प्रदेशगत निर्वाचन समीक्षामा खटिएकाले संसदीय नेता चयनमा ढिलाइ भएको उनको भनाई छ ।
काठमाडौं,२९ चैत। गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। औपचारिक कार्यक्रममा उच्च ओहदाका व्यक्तिलाई पिर्कामा चढाएर सलामी दिने गरिए पनि गृहमन्त्री गुरुङले आफू पिर्कामा नजाने निर्णय गरेका हुन्। आइतबार नवलपुरको सशस्त्र प्रहरी बलको कार्यालय पुगेका गृहमन्त्री गुरुङले पिर्के सलामी नलिने निर्णय गरेको उनको सचिवालयले जनाएको छ। उक्त समारोहमा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी राना,एसपी युवराज खड्का, राष्ट्रिय अनुसन्धान विभाग कार्यालयका प्रमुख अभिनय कुमार सिंहलगायत सहभागी थिए।
भारत । प्रसिद्ध भारतीय गायिका आशा भोसलेको आइतबार निधन भएको छ। अत्याधिक थकान र छातीमा सङ्क्रमणको समस्या देखिएपछि शनिबार मुम्बईस्थित ब्रिच क्याण्डी हस्पिटल अस्पताल भर्ना गरिएकी भोसले उपचारको क्रममा आइतबार ९२ वर्षको उमेरमा निधन भएको हो । भारतीय संगीत क्षेत्रमा उनी एक ठूलो व्यक्तित्वका रूपमा चिनिन्थिन् र पाश्र्व गायिकाको रूपमा उनले धेरै स्मरणीय गीतहरू दिएकी थिइन्। सयौँ नेपाली गीतहरुमा स्वर दिएकी भोसलेले आफ्नो करियरमा १२ हजारभन्दा बढी गीतहरु गाइसकेकी छन्। ७ दशकभन्दा बढी लामो करिअरमा उनले विभिन्न भाषा र शैलीमा हजारौं गीत गाइन। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज…
भैरहवा, २९ चैत। लुम्बिनी मनि चेन्जर व्यवसायी संघ भैरहवा, रुपन्देहीको दशौं साधारण सभा तथा पाँचौं अधिवेशनले पंकज उदासको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा नवराज जोशी र वासुदेव खनाल, सचिवमा इरफान खान, सह–सचिवमा राजीव उदास र कोषाध्यक्षमा लोकनाथ ज्ञवाली निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा टीका देवी न्यौपाने, बसन्त पोखरेल, अवध किशोर अग्रवाल, अफताब अन्सारी, यदुनाथ लम्साल, अशोक क्षेत्री र आमना शाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यस्तै संघको सल्लाहकारमा विष्णु प्रसाद शर्मा, गोपाल भण्डारी र नरहरी घिमिरेलाई चयन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश…
भैरहवा, २९ चैत। रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा अनलाइन जुवामा संग्लन भारतीय नागरिकसहित २० जनालाई पक्राउ गरेको छ। कोठा भाडामा लिएर अवैध रुपमा अनलाइन जुवा खेलाइरहेको सूचनाका आधार चेकजाँच गर्दा १८ जना भारतीय नागरिकसहित २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्ण कुमार चन्दले बताए। उनका अनुसार, गत चैत १९ गते तिलोत्तमा नगरपालिका–७ स्थितबाट ३ थान ल्यापटप, २० थान मोबाइल, ५ थान रजिष्टरसहित ९ जना भारतीय नागरिकलाई पक्राउ गरिएको थियो । त्यस्तै गत चैत २७ गते तिलोत्तमा नगरपालिका–१५ कोटिहवाबाट ९ जना भारतीय नागरिकसहित ११ जनालाई पक्राउ गरिएको हो। ‘कोठा भाडामा लिएर…
भैरहवा, २७ चैत। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनका खेलमा साई ग्लोबल क्रिकेट क्लबले दोस्रो जित निकालेको छ । गोलपार्क क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै साई ग्लोबलले दोस्रो जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले ३३ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा २ सय १८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा जितेन्द्र केवटले ९७, शैलेन्द्र यादवले अविजित ३६, जावेद खानले २८ र अजय चाईले नटआउट २३ रनको योगदान गरे । बलिङमा गोलपार्कका सुप्रिम कंडेलले ३ तथा प्रशान्त अर्याल र अनिश जोय गुरुङले १–१ विकेट लिए । गोलपार्कले…
भैरहवा,२७ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित पाठशाला प्रि–प्राइमरी विद्यालयले एक कार्यक्रमको आयोजना गरी आफ्नो प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। कार्यक्रममा विद्यालयका बालबालिकाहरुले नृत्य, नाटक प्रस्तुति दिएका थिए। जसले अभिभावक र उपस्थित अतिथिहरुलाई निकै प्रभावित बनाएको थियो । विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्याएको भन्दै कार्यक्रममा सहभागीहरुले प्रशंसा गरे। कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयका निर्देशक विवेक पौडेलले बताए । विद्यालयको प्रधानाध्यापक सपना पौडेलले शिक्षा केवल समानतामा सीमित नभई असल चरित्र र राम्रो मानवता निर्माणसँग जोडिएको भन्दै सधैं मन र…
काठमाडौं,२७चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले राप्रपालाई धोखा नदिएको बताएका छन्। राप्रपाका संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति लामिछानेसँगको कुराकानी भए पश्चात आफूहरुले उपसभामुखमा उम्मेदवारी दर्ता गराएको बताएका थिए। तर, रास्वपाले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । सोही विषयको प्रश्नमा सभापति लामिछानेले भने ‘ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो। उहाँ सधैँ साथी रहिरहनुहुन्छ। राजनीतिक सहकार्य हाम्रो कयौँ सहकार्य गर्न बाँकी नै छ। एउटा माघले कहाँ जाडो जान्छ ?’ उनले उपसभामुखबारे सबैसँग राजनीतिक संवादहरु हुने संवादलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। उनले थपे, ‘राजनीतिक संवादहरु त हुन्छन्, किन नहुनुरु अन्य सबै दलहरुसँग भएको हो।…
काठमाडौं,२७ चैत। प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। शुक्रवार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।पदोन्नतिसँगै उनीहरुलाई उपरथीको जिम्मेवारी औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो।
काठमाडौँ,२७चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता, कार्यकर्ता, सांसद र केन्द्रीय सदस्यहरुलाई अनावश्यक भिडभाड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार, शुक्रबार बसेको संसदीय दलको बैठकले अनावश्यक रुपमा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरुमा नेता,कार्यकर्ता, केन्द्रीय सदस्य र सांसदहरुलाई भिड नगर्न निर्देशन हो । बैठकले जनसम्पर्कको लागि प्रत्येक दिन एक जना केन्द्रीय सदस्य र एक जना सांसद केन्द्रीय कार्यालय बस्ने निर्णय समेत गरेको उनले बताए ।