Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१६ चैत। गृहमन्त्री सुधन गुरुङले सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। निर्देशनालय तथा विभिन्न विभागहरुको अवलोकनपछि उनले उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै सर्वसाधारणसँगको व्यवहार र बोलीचाली सुधार्न आवश्यक रहेको बताए। साथै, प्रहरीले समाजमा उदाहरणीय संस्था बन्नुपर्ने उनको धारणा थियो। उनले भने,‘प्रहरीको सेवा सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने कार्य हाम्रो प्राथमिकता हो। तपाईँहरुले काम गरेर देखाउनुपर्छ।’

Read More

काठमाडौं,१६ चैत।। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरुसँग उनीहरूको निर्वाचन क्षेत्र तथा जिल्लामा देखिएका तत्कालीन समस्या र समाधानका उपायबारे छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रुपमा सांसदहरुलाई बोलाएर उनले क्षेत्रगत समस्या र समाधानका सम्भावनाबारे जानकारी लिएका हुन्। छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशस्तरका साझा समस्या तथा आ–आफ्ना क्षेत्रका समस्या जानकारी गराएको बताए। ‘उहाँले हामीले आ–आफ्ना निर्वाचन क्षेत्रमा भएका समस्या र एक जिल्ला वा एक क्षेत्र बढीका समस्या राख्यौँ’, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘बजेट र प्राथमिकता निर्धारण गरेर समस्या समाधान गर्न सकिने विचार राख्नुभयो।’ उनका अनुसार, प्रधानमन्त्री शाहले समस्या समाधानका उपायबारे पनि चासो…

Read More

काठमाडौं,१६ चैत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सकक्षासम्बन्धी कार्यक्रम बन्द गर्ने सूचना वेबसाइटबाट हटाएको छ। मन्त्रालयले आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्स कक्षाहरु आगामी १ वैशाखदेखि लागू हुनेगरी बन्द गर्ने निर्णय गरेको थियो । तर, सोमबार उक्त सूचना मन्त्रालयले आफ्नो वेबसाइटबाट हटाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार, निर्णय फिर्ता लिइएको नभई केही विषय स्पष्ट पार्न आवश्यक भएकाले सूचना अस्थायी रुपमा हटाइएको हो। उल्लेखित भाषा परिमार्जन गरी पुन: सूचना प्रकाशित गरिने उनको भनाई छ।

Read More

काठमाडौं,१५ चैत। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। ओलीको रिहाइको माग गर्दै एमालेको जिल्ला कमिटीहरुले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइरहेको छ । गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रह्रीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । सो क्रममा एमालेका नेता कार्यकर्ताले प्रशासन कार्यालय बाहिर धर्ना समेत दिएका थिए ।

Read More

काठमाडौं,१५ चैत। मुलुकका तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान गर्न थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुको चल–अचल सम्पत्ति र आम्दानीका स्रोतबारे छानबिन प्रक्रिया अघि बढाएको हो। विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेका हुन्। प्रहरीले तीन पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति, आम्दानीका स्रोत तथा अन्य वित्तीय गतिविधिबारे विस्तृत अनुसन्धान गर्नेछ। भदौ २४ मा भएको आगजनी घटनापछि देउवा र दाहालको घरबाट जलेको अवस्थामा रकमका टुक्रा फेला परेको थियो। पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको बताइएको छ। अनुसन्धानका लागि स्थानीय प्रशासनले देउवाको बुढानीलकण्ठस्थित…

Read More

काठमाडौं,१५ चैत।नेपाल विद्युत् प्राधिकरणले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। यससम्बन्धी सूचना प्रकाशित गर्दै प्राधिकरणले शहीद परिवारलाई सम्पर्कमा आउन आग्रह गरेको छ। प्रकाशित सूचनाअनुसार जेन जेड प्रदर्शन तथा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई राहत तथा सहायता उपलब्ध गराउने कार्यविधि, २०८२ को बुँदा नं. ११ अनुसार, शहीद परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ०८२ पुस २० गतेको पत्रका आधारमा प्राधिकरणमा पेश भएका निवेदनहरु प्राप्त भइसकेका छन्। शहीदसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात अपूर्ण भएका वा नपठाएकाहरुलाई ३५ दिनभित्र काठमाडौंस्थित प्राधिकरणको केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क…

Read More

इरान, १५ चैत। इरानको इस्लामिक रेभोलुसनसरी गार्ड कोर्प्स (आईआरजीसी)ले मध्यपूर्व क्षेत्रमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउने चेतावनी दिएको छ। तेहरानस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भएको आक्रमणपछि आइआरजीसीले विश्वविद्यालयहरुलाई निशाना बनाउने चेतावनी दिएको हो । ‘इरानी विश्व विद्यालयहरुमा भएका आक्रमणको बदला नलिएसम्म क्षेत्रभरिका विश्वविद्यालयहरु ‘वैध निशाना’ मानिने छन्’,आइआरजीसीले चेतावनी दिँदै भनेको छ, ‘अमेरिकी विश्वविद्यालयका सबै कर्मचारी, प्राध्यापक, विद्यार्थी तथा आसपास बस्ने व्यक्तिहरुले सुरक्षाका लागि ती विश्वविद्यालयहरुबाट कम्तीमा एक किलोमिटर टाढा रहनुहोस् ।’ यसका लागि मंगलबार दिउँसो १२ बजेसम्मको समय सीमा तोकिएको छ। इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बागेइले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी (मध्य इरान)…

Read More

काठमाडौं,१५ चैत। गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमसम्बन्धी अनुसन्धानका लागि दीपक खड्कालाई पक्राउ गरिएको जानकारी दिएका छन्। गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसकुबमार्फत पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेसका नेता खड्का पक्राउको कारण सार्वजनिक गरेका हुन्। ‘पूर्वऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ’,उनले लेखेका छन् । जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीहरुले तोडफोड तथा आगजनी गरेका थिए। आगलागीपछि मुद्रा जलेको भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं,१५ चैत। नेपाल बार एसोसिएसनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णयलाई पूर्वाग्रही भएको टिप्पणी गरेको छ। आइतबार काठमाडौंमा आयोजित अन्तरसंवादमा बारका अध्यक्ष डा.विजयप्रसाद मिश्रले ओली र लेखकलाई पक्राउ गर्ने निर्णय मन्त्रिपरिषदबाट गराउनु सरकारको अधिकार क्षेत्रभित्र नपर्ने जिकिर गरे। उनले कार्की आयोगको प्रतिवेदन नै पूर्वाग्रही भएको दाबी गर्दै त्यसलाई कार्यान्वयन गर्न क्याबिनेटबाट निर्णय गराउनु गलत भएको बताए। ‘यो क्याबिनेटले गर्ने भनेको पोलिसी डिसिजन, बजेट चलाउने, राज्यको शान्ति सुरक्षा कायम गर्ने भन्ने हो। कुनै जाहेरी परेको अवस्थामा प्रहरीले प्रारम्भिक छानविन गर्ने अनि सो प्रतिवेदन सरकारी वकिलकोमा लैजाने हो’, उनले भने, ‘अनि सरकार वकीलले मुद्दा चलाउने वा…

Read More

काठमाडौं,१५ चैत। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट उपस्थित गराउने तयारी गरिएको छ। स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई शारीरिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको हो । शनिबार बिहान गुन्डुबाट पक्राउ परेका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। शनिबार साँझ र आइतबार बिहान गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरुले उनलाई अस्पतालमै राख्न सुझाव दिएका थिए। उक्त सुझावका आधारमा सरकारी वकिल कार्यालयले उनलाई भिडियो कन्फ्रेन्सिङमार्फत अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइएको हो। यस्तै शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ।…

Read More