


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२२ असोज। नेकपा एमालेका नेता महेश बस्नेतले संसद् पुनर्स्थापनाका लागि अदालत जाने बताएका छन्। बुधवार पत्रकार सम्मेलन गर्दै उनले आतंककारीका मतियारहरुविरुद्ध देशभर उजुरी हाल्ने र देशभर डिजिटल जेनरेसन फोर्स निर्माण गरिने बताए । ‘त्यो भन्दा अगाडि संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौ’, उनले भने– ‘त्यसमा पार्टी आधिकारिक ढङ्गले जाने वा वकिलमार्फत जाने भनेर हामी अन्तिम छलफल गर्दैछौं ।’ नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहेका बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन्। उनले प्रश्न गर्दै भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ? उनले…
काठमाडौं,२१ असोज। ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपी रामकुमार यादव हटाइएका छन्। उनको स्थानमा जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रशासन शाखामा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको बुझिएको छ। यादवले प्रभावकारी सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ।
काठमाडौं,२१ असोज। नेपाल प्रहरीका १८ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आफूखुसी कार्यालयमा हाजिर नभएका उनीहरु पटकपटक सूचना जारी हुँदा पनि सम्पर्कमा नआएका हुन्। उनीहरुलाई सात दिनभित्र हाजिर हुन आउन कार्यालयले अनुरोध गरेको छ। सूचनामा सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन नआएमा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ। प्रहरी सहयाक हवल्दार देखि कार्यालय सहयोगी दर्जाका १८ जना गत असार महिनादेखि सम्पर्कबिहीन छन् । हेर्नुहोस् सूचना:
काठमाडौं,२१ असोज। भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा अनुसन्धान र कारवाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने बताएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले मंगलवार विज्ञप्ति जारी गर्दै असोज ९ को गृह मन्त्रालयको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। यसअघि गृह मन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनाबारे तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो। आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा फौजदारी कसूरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने उल्लेख छ।
काठमाडौं,२१ असोज। नेपालमा विदेशी पर्यटक आगमनको संख्यामा कमी आएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत अगष्ट महिनाको तुलनामा करिब दश हजारको संख्याले सेप्टेम्बर महिनामा पर्यटन आगमनको संख्यामा कमी आएको हो । बोर्डका अनुसार सन् २०२५ मा सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। गत वर्षको सेप्टेम्बर तुलनामा १८.३ प्रतिशतले पर्यटक अगामनमा कमी आएको छ। अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए। गत अगष्ट महिनामा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए। बोर्डको तथ्यांक अनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९,…
उदयपुर,२१ असोज। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार भएका त्रियुगा नगरपालिका-८, शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवारको शव मंगलबार दिउँसो घरबाट करिब सय मिटर टाढा रहेको सिसौको रुखमा फेला परेको थियो। सुनसरी जिल्ला अदालतको फैसला अनुसार २० वर्ष कैद सजाय पाएका दनुवार झुम्का कारागारमा कैद थिए। । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको बताए। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा,२१ असोज। रुपन्देही प्रहरीले ५० क्विन्टल खरबुजाको बिउसहित एक मिनि ट्रक नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ डण्डास्थित चेकजाँचका क्रममा बिउसहितको उक्त मिनि ट्रक नियन्त्रणमा लिएको हो। बा.प्र.०३-००१ ख १६८४ नम्बरको मिनि ट्रक चेकजाँच गर्दा १२५ बोरा (५० क्विन्टल) खरबुजाको बिउ फेला पारेको थियो। बरामद खरबुजाको बिउ र मिनि ट्रकसहितको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले सामानसहित मिनि ट्रकका चालक रुपन्देही मायादेवी गाउँपालिका-६ का २२ वर्षीय राजकुमार मल्लाहलाई समेत नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिउसहित मिनि ट्रक र चालकलाई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला…
भैरहवा,१९ असोज। वर्षाका कारण भैरहवा आसपास अलपत्र परेका यात्रुहरुलाई चार्टर विमानमार्फत काठमाडौं पठाउन थालिएको छ। आज राति आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरुलाई रुपन्देही प्रशासनले विमान चार्टर गरेर काठमाडौं पठाउन थालेको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार अलपत्र परेका र आज राति पुग्नैपर्ने यात्रुहरुको सूची तयार गरेर नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं पठाउन लागिएको हो। उनले काठमाडौंबाट साँझ ७ बजे भैरहवा आउने नेपाल एयरलाइन्सको विमानमार्फत अलपत्र यात्रुहरुलाई काठमाडौं पठाइने बताए। उनका अनुसार १ सय ५८ जना यात्रुहरुलाई विमानमार्फत काठमाडौं पठाइनेछ । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ। यात्राबारे बुझ्न…
काठमाडौं,१९ असोज। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले नेपालमा धनजनको क्षति गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्। उनले सामाजिक सञ्जाल एक्समा भारी वर्षाका कारण नेपालमा भएको धनजनको क्षतिमा दुःख व्यक्त गर्दै भारत नेपाली जनता र सरकारको साथमा रहेको उल्लेख गरेका छन्। ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं। एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ’, प्रधानमन्त्री मोदीले भनेका छन्।
काठमाडौं,१९ असोज। निरन्तर वर्षासँगै देशमा आएको बाढी–पहिरोबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका संरचनामा ठुलो क्षति भएको छ। मन्त्री कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलनमा दिएका जानकारी अनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा १० करोड रुपैयाँ बारबरको क्षति भएको छ। कन्काइले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लोतटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होक्लबारी गाउँका करिब ११४ घर डुबाएको छ। त्यहाँको ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका–२ को कुवाडीमा २०० मिटर तटबन्ध कटान हुँदा ७५ लाख रुपैयाँको क्षति भएको छ। यसैगरी, मेची नदीले ठाउँठाउँमा रहेको स्परमा करिब रु ५० लाख, विराटनगरस्थित केशलिया नदीमा डुबान…