Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,६ असोज। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले उपभोक्ताको हितलाई मध्यनजर गर्दै ‘दसैं सस्तो बजार’ संचालनमा ल्याउने भएको छ । असोज ८ देखि १२ गतेसम्म संघको भैरहवास्थित कार्यालय परिसरमा संचालन हुने बजारमा बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाँडाकुँडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहने बताइएको छ । संघका अध्यक्ष नेत्र प्रसाद आचार्यका अनुसार, बजारको मुख्य उद्देश्य आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवा एकै थलोबाट उपलब्ध गराउनु, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोगलाई प्रोत्साहन गर्नु, उपभोक्तामा उचित मूल्यबारे सचेतना बढाउनु, र दसैं, तिहार, छठ जस्ता पर्वहरुमा स्थानीय बजारलाई चलायमान बनाउनु रहेको छ। उनले बजारमा ५० देखि ६० लाख रुपैयाँसम्मको…

Read More

काठमाडौं, ५ असोज ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साइत रहेको बताएको छ । विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ। कुन देशमा उत्तम साइत कहिले ? हेर्नुहोस् सूची :

Read More

चितवन, ५ असोज । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने कार्य जारी गरिरहकेो छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाउने क्रममा निरन्तर रुपमा ढुंगा झरिरहेको भएपनि एकतर्फी सडक सञ्चालनमा ल्याउने प्रयासरत भइरहेको छ। शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि आइतबार पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्। यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनले निःशुल्क खाना /खाजा उपलब्ध गराएको छ।

Read More

काठमाडौं,५ असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य फेरी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० मा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो । यस्तै चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

रौतहट,५ असोज । भारततर्फ लैजाँदै गरेको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । तरकारीका साथमा गाँजा लुकाएर तस्करी भइरहेको अवस्थामा रौतहटको प्रहरी चौकी रामपुरखापको टोलीले इशनाथ नगरपालिका–८ मोतिपुर सडक खण्डबाट ३ सय ३४ किलो गाँजा बरामद गरेको हो । बरामद गाँजा २६ वटा पोकामा लुकाएर राखिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी राजु कार्कीका अनुसार मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी लोड पिकअप गाडीका चालक भागेपछि शंका लागेर चेकजाँच गर्दा गाँजा बरामद भएको हो । फरार गाडी चालक खोजीका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, ५ असोज। पत्रकार मनोरञ्जन शर्माको अन्त्येष्टि गरिएको छ। भैरहवामा उपचारको क्रममा शनिवार बेलुका उनको निधन भएको थियो। शर्माको स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा अन्तिम दाहसंस्कार गरिएको हो । विगत दुई वर्षदेखि क्यान्सर रोगबाट जुधिरहेका शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए। ०५४ सालदेखि पाल्पाबाट पत्रकारिकता गरेका उनी कारोबार दैनिक, न्यूज ओके लगायत सञ्चारमाध्यममा आबद्ध थिए । उनको श्रीमती, एक छोरी र एक छोरा छन्। लुम्बिनी प्रेस क्लब, रुपन्देहीका संस्थापक उपाध्यक्ष एवं सल्लाहकार समेत रहेका पत्रकार शर्माको निधनले सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको क्लबका अध्यक्ष कमल रायमाझीले बताए। क्लबले शर्माको पार्थिव शरीरमा…

Read More

काठमाडौं,३ असोज । पुँजीबजारको समस्या पहिचान गरी सुधारका लागि सुझाव दिने गरी कार्यदल गठन गरिएको छ । पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरिएको हो। कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठन भएको कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कामु कार्यकारी निर्देशक निरन्जन फूयाँल र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव टंक प्रसाद पाण्डेय रहेका छन्।

Read More

पर्सा,३ असोज। बाराको अमलेखगञ्जमा एउटा नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनासहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो। निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए। गत असारयता वन क्षेत्रमा चार जना मानिसको मुत्यु भएको थियो । उनका अनुसार बाघको आक्रमणबाट अमलेखगञ्ज आसपासका जनता त्रसित देखिएकाले बाघलाई नियन्त्रणमा लिइएको हो उनले नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको बताए।

Read More

सुर्खेत, ३ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई एक लाख घुससहित नियन्त्रणमा लिएको छ । विकास निर्माणको रकम भुक्तानीका लागि माग गरेको घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो अख्तियारले जनाएको छ। कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मंगलगढी चोकबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ।

Read More

भैरहवा,३ असोज। भैरहवामा नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ओमसतिया गाउँपालिका-५ का १५ वर्षिय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ। सिद्धार्थनगर नगरपालिका-९ गोनहियास्थित ड्याममा पौडी खेल्न पसेका गुप्ता बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार शुक्रवार नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीको क्रममा उनी मृत अवस्थामा भेटिएका छन् । मृतक बालकको शव पोष्टमार्टमको लागि भैरहवाको भिम अस्पतालमा पठाएर घटनका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More