


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१९ माघ। ०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तरघातले रुपन्देही-३ मा हार व्यहोरेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा रुपन्देही-३ का क्षेत्रिय सभापति सुशील गुरुङलाई मैदानमा उत्रादै चुनावी तयारीमा होमिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा खेमाका गुरुङले उम्मेदवारी दर्ता गराएर चुनावी मैदान उत्रिएपछि चुनावी टिकट छाडेका पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँणबाट उम्मेदवारलाई सहयोग हुने/नहुने लगायतका विषयमा स्थानीय नेता/कार्यकर्ताहरुबीच विभिन्न टिकाटिप्पणी सुरु भएको थियो । जसपश्चात पार्टीले सोमबार एकताको सन्देश प्रवाह गर्नका लागि पूर्वगृहमन्त्री समेत रहेका खाँण र उम्मेदवार गुरुङलाई एउटै मञ्चमा राखेर कार्यक्रम गरेको छ। आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले विगतका कमी-कमजोरी, परिश्रमलाई सुझावको रुपमा लिदैं विगतका दिनभन्दा अझ…
भैरहवा, १९ माघ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईमा पनि निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार एक कार्यक्रमकाबीच स्थानीय नागरिकमार्फत उक्त कार्यालयको उद्घाटन गरिएको छ । रुपन्देही-५ बाट रास्वपाका उम्मेदवार तौफिक अहमद खानले मुलुक परिवर्तनका लागि यस पटकको निर्वाचनमा मतदाताले पनि मतपरिवर्तन गर्नुपर्ने अवस्था रहेको भन्दै पुरानो ढर्राले क्षेत्र र मुलुकको विकास हुन नसक्ने बताए । उनले मुलुकमा बढ्दो बेथिती, भ्रष्टाचार, नातावाद, ढिलासुस्ती लगायतका कारण पुराना राजनीतिक दलप्रति बढ्दो निराशाका कारण मतदाताले नयाँ विकल्प रोज्नु पर्ने अवस्था रहेको बताए ।…
काठमाडौं,१९ माघ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन लक्षित ‘एक्जिट पोल’ संचालन गर्ने वेबसाइटहरु बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको हो । आयोगले रेट माइ नेता डट कम, एक्जिट पोल नेपाल डट कम, नेपाल पोल डट कम, एचओआर २०२६ डट भर्सेल डट एप, इलेक्सन नेपाल राइटस् डट कम, पोलिमार्केट डट कम नामक वेभसाइट बन्द गर्न लगाएको छ । त्यस्तै कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको रेट डट ईकान्तिपुर डट कम नामक वेब पोर्टलमा गरिरहेको एप्रुभल रेटिङ आचारसंहिता विपरीत…
काठमाडौं,१९ माघ। प्रधानमन्त्री सुशीला कार्कीले निष्पक्ष निर्वाचनका लागि नेपाल प्रहरीको भूमिका निर्णायक हुने बताएकी छन् । सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन्। उनले सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको भन्दै कुनै राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन्। परम्परागत अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरु देखा परिरहेका अवस्थामा प्रहरी निरीक्षकको भूमिका केवल आदेश पालनामा मात्रै सीमित नरही समाधानकर्ताको रुपमा विकसित हुनुपर्नेमा उनले जोड दिइन्…
काठमाडौं,१९ माघ। प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३० जिल्लाको ३९ लाख ९८ हजार मतपत्र छपाइ कार्य पुरा भएको निर्वाचन आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा नियमित रुपमा मतपत्र छपाइ भइरहेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ कार्य सकिएको छ । त्यस्तै मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
टोकियो, १९ माघ। राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरुसँगको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गरेका हुन्। उनले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे। उनले जापानी व्यापारिक समुदायको उत्साहजनक सहभागिताले नेपाल र जापानबीच तिब्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुने विश्वास व्यक्त गरे। उनले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरु सामाजिक न्याय, सुशासन र जनताको…
काठमाडौं, १९ माघ। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले २ सय ६७ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। विभिन्न कसुरमा युएई (दुबई) को जेलमा रहेका २ सय ६७ जना नेपाली नागरिकहरुलाई दुबई सरकारले ५४ औं राष्ट्रिय दिवस (ईद अल इत्तेहाद) को अवसरमा आममाफी दिएको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ। नेपाल सरकारले यसलाई मानवीय र मैत्रीपूर्ण कदमको रुपमा स्वागत गर्दै यूएई सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासको पहल र मन्त्रालयको निर्देशनअनुसार गरिएको अनुरोधपछि आमाफीको निर्णय भएको हो । अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध नभएमा आममाफी पाएका नेपाली नागरिक आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्नेछन् ।
भैरहवा, १९ माघ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टिम तयारका निम्ति सोमबारदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा हुनेछ। माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ वटा जिल्लाका टीम सहभागी हुने खेल संयोजक एवं संघका प्रदेश सदस्य प्रथम पराजुलीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टीम प्रतयोगितामा सहभागी हुनेछन्। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट मान्यता नपाएकाले प्रदेशका अन्य…
काठमाडौं,१९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगले वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई १ लाख ४६ हजार ४२० रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। आयोगका अनुसार कुरियर कम्पनीमार्फत विदेश पठाउने विभिन्न सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसररिसवत माग गरेको उनीहरुविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले आइतबार उनीहरुलाई डिल्लिबजारस्थित…
भैरहवा, १९ माघ। बिगत दुई दशकदेखि रुपन्देहीको पत्रकारितामा क्रियाशिल रहेका पत्रकार दीपक घिमिरे पुरस्कृत तथा सम्मानित भएका छन्। सार्वजनिक सेवा प्रशारण, नेपाल टेलिभिजनको ४१ औं बार्षिकोत्सवको अवसरमा पत्रकार घिमिरे उत्कृष्ट जिल्ला समाचारदाताको रुपमा पुरस्कृत तथा सम्मानित भएका हुन् । नेपाल टेलिभिजनले पत्रकार घिमिरेलाई व्यवसायिक, जिम्मेवार र जवाफदेहि भएर निरन्तर गर्नुभएको समाचार सम्प्रेषण कार्यको उच्च मुल्याँकन गर्दै यसबर्षको उत्कृष्ट सम्वाददाताको रुपमा नगदसहित पुरस्कृत गरिएको जनाएको छ। पत्रकार घिमिरे बिगत ४ बर्षदेखि नेपाल टेलिभिजनमा रुपन्देही जिल्ला समाचरदाताको रुपमा कार्यरत छन्। २०६१ सालबाट पत्रकारिताको सरुवात गरेका उनले नयाँ भावना दैनिक, बुटवल टुडे दैनिक, दैनिक पत्र दैनिक, बुद्ध टेलिभिजन, तराई टिलिभिजन, ईमेज च्यानलहुँदै पछिल्लो…